संगालोखबर

विराटनगर । कोशी प्रदेशका तीन प्रमुख धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोशी प्रदेश सरकारले यो कामलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङस्थित पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका हुन् ।

हलेसीमा हिजो हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका ती तीन महत्वपूर्ण धार्मिकस्थललाई जोड्ने योजनालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

हलेसी, बराहक्षेत्र र पाथीभरालाई जोड्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने उल्लेख गरे । यसका लागि पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना बनाउन वडा र पालिका अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ मा विनियोजन गरेको एक करोड ४४ लाख ८४ हजार चार सय ९० रुपैयाँ लगानीमा हलेसीमा हवन कुण्ड निर्माण भइरहेको छ । असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको जनाइएको छ ।

कार्यक्रममा खोटाङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!