संगालोखबर

विराटनगर । उद्योगी-व्यवसायीहरुको अग्रणी संस्था मोरङ उद्योग व्यापार संघको नयाँ नेतृत्व चयन गर्नका लागि आज निर्वाचन हुँदैछ ।

Advertisement

संघका मुख्य कार्यकारी निर्देशक कृष्ण रेग्मीका अनुसार आज निर्वाचनबाट संघको १६ जना सदस्य चयन हुनेछन् । तिनै सदस्य मध्येबाट कार्यसमिति बनाइनेछ ।

कार्यसमिति बनेपछि तीनजनालाई सदस्यमा मनोनीत गरिने प्रावधान रहेको उनले जनाए । संघमा करिब ५ सय मतदाता छन् । सदस्य निर्वाचित भएपछि सकेसम्म आजै कार्यसमितिको पनि टुंगो लाग्न सक्ने रेग्मीले जानकारी दिए ।

संघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको सम्भावना छ । संस्थाको चलनअनुसार सामान्यतया वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने यसअघिको उदाहरण छ ।

हाल अध्यक्ष रहेका नवीन रिजालको दुई वर्षे कार्यकाल सकिँदैछ । उनले फेरि अध्यक्षमा नदोहोरिने बताएपछि राठी नै संघको अध्यक्ष बन्ने पक्कापक्की रहेको एक सदस्यले बताए ।

वि. सं. २००८ मा स्थापित मोरङ व्यापार संघ नेपालाका उद्योगी–व्यवसायीको अग्रणी संस्था हो । यसको नाम हालै परिवर्तन गरी मोरङ उद्योग व्यापार संघ बनाइएको हो ।

संस्थामा हाल उद्योग, वाणिज्य र वस्तुगत गरी झण्डै ९ सय सदस्यहरू आबद्ध रहेको मुख्य कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!