संगालोखबर संवाददाता


विराटनगर । धनकुटा र झापाका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–७ बाट नियन्त्रित विभिन्न नामका औषधि औषधि १८० ट्याब्लेट, लागूऔषध गाँजा ३०० ग्रामसहित स्थानीय १९ बर्षीय किरण राई र २३ बर्षीय ओम तामाङलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस्तै, झापाको बिर्तामोड नगरपालिका–६ मा प्रहरी चौकी बुट्टाबारीबाट खटिएको टोलीले हिजो साँझ दुईजनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–३ का २९ बर्षीय रमेश मगर र झापाको मेचीनगर नगरपालिका–७ का २२ बर्षीय अजय राजबंशी छन् । उनीहरुको साथबाट ६३० मिलिग्राम ब्राउनसुगर र १ हजार १ सय ८० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!