धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । गत आर्थिक वर्षमा १० करोड ८९ लाख ३४ हजार दई सय ४७ रुपैयाँ पुँजी रहेकोमा सहकारीले चालु आर्थिक वर्षमा १७ करोड पुर्याएको छ । सहकारीमा पाँच सय ८४ महिला र छ सय ६६ पुरुष गरी जम्मा एक हजार ती...
प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । यस्तै नगर सचिवमा राजेन्द्र प्रसाद शाह, सह-सचिवमा आर्यन कुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् । यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह-छात्रा प्रमुखमा...
मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा-६ का २६ वर्षीय अतीत राई छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्या...
त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुद्रप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । २८ औं वार्षिक साधारण सभामा दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा विमला बस्नेत थापा, सचिवमा बाबुकाजी थापा र कोषाध्यक्षमा लीलाराम बास्तोला चयन भएका छन् । सदस्यहरूमा कृष्णराज चौधरी, बन्दीका भट्टराई दाहाल, तुलसा न्यौपाने काफ्ले, ख्याम...
विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगर । विराटनगरमा तीन हजार किलो गाँजा जलाएर नष्ट गरिएको छ । तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा शनिबार जलाएर नष्ट गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म बरामद भएको गाँजा एकै स्थानमा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका ...
धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार भएको शिविरमा एक हजार पाँच सय बढीको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मे...
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरे छन् । आज बिहान दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको स्था...
सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको विभिन्न स्थानबाट प्रहरीले एक सय १० किलो चार सय ग्राम गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ६५ वर्षीय भीम लिम्बु र सोही स्थानका ३० वर्षीय ख्याम लिम्बुलाई पक्राउ गरेको हो । अन्य व्यक्तिहरू फरार रहेका सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-१३ छोटी पुलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ...
कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

विराटनगर । कोशी प्रदेशमा धान उत्पादन घटेको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा झण्डै २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो । गतवर्ष प्रदेशभरि ११ लाख २२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष ११ लाख दुई हजार नौ सय ४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । यो गतवर्षको तुलनामा १९ हजार दुई सय ७२ मेट्रिक टनले कमी हो । गतवर्ष दुई लाख ७५ हजार दुई सय ६८ हेक...
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-४ स्थित नोबेल अस्पताल नजिकबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका-७ का ५२ वर्षीय हबिब खाँ र हरिनगर-४ का ३० वर्षीय इरसाद आलम छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले हबिबको साथबाट १ सय ३१ ग्राम ब्राउन सुगर बरामद गरिए...
विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहबाट भागेका एक बाल बिज्याइँकर्ता पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका-६ का १९ वर्षीय उनलाई आज बिहानको राति करिब १ः१५ बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई विराटनगर महानगरपालिका-४ स्थित कञ्चनबारी नजिकबाट पक्राउ गरिएको मोरङका निमित्त प्रहरी प्रमुख डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनु...
कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

विराटनगर । विराटनगरको कोशी अस्पतालबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-१ का २० वर्षीय मोहमद राजु छन् । उनलाई आज बिहान ४ः२५ बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो । कारागारमा रहेक...
श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । आज पार्टीको भेलालाई सम्बोधन गर्न धनकुटा आएका साम्पाङले यस्तो दाबी गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरे । देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै उनले आफूभन्दा देशभक्त देशमा कोही पनि नभएको उल्लेख गरे । पा...
धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ स्थित जितपुरमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँ...
विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगर । विराटनगर महानगरपालिका-३ मा निजी क्षेत्रको लगानीमा विराट स्पोर्ट्स जोन खुलेको छ । आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोडको लगानीमा स्पोर्ट्स जोन खुलेको हो । स्पोर्ट्स जोनको मंसिर २७ गते शनिबार औपचारिक उद्‌घाटन गरिने आज पत्रकार सम्मेलनमार्फत सञ्चालक समितिले जानकारी दिइएको छ । ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको संरचनाले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने...
धनकुटाको धारापानी विद्यालयका विद्यार्थीलाई न्यानो कपडा 

धनकुटाको धारापानी विद्यालयका विद्यार्थीलाई न्यानो कपडा 

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ स्थित धारापानी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । ईसीडी देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको हो । विद्यालयका शिक्षक तथा कर्मचारीहरूले रकम संकलन गरेर विद्यार्थीहरूलाई कपडा वितरण गरेका हुन् । चिसोका कारण विद्यार्थीहरू बिरामी पर्नुका साथै विद्यालय आउन समस्या भएपछि न्यानो कपडा वितरण गरिएको विद्या...
धनकुटा अस्पताल हस्तान्तरणको पर्खाइमा मनमोहन प्राविधिक विश्वविद्यालय

धनकुटा अस्पताल हस्तान्तरणको पर्खाइमा मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय धनकुटा अस्पताल हस्तान्तरणको पर्खाइमा छ । विश्वविद्यालयले अस्पताल हस्तान्तरण भएको खण्डमा चाँडै मेडिकलतर्फ बिएससी नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ विषयको पाठ्यक्रम तयार भइसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धता अनुसार चाँडो धनकुटा जिल्ला अस्पताल हस्तान्तरण भए मनमोहनले आगाम...
मोरङको रंगेलीबाट नौ क्विन्टल बढी गाँजा बरामद

मोरङको रंगेलीबाट नौ क्विन्टल बढी गाँजा बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थित विद्युत कार्यालय नजिकैबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सुरेशमान श्रेष्ठको खेतको बीचमा रहेको डुम्रीको रूखमुनि परालले छोपेर लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार गएराति ९ बजे २९ वटा बोरामा प्याक गरेर राखेको अवस्थामा ९ सय २१ किलो बढी गाँजा बरामद भएको छ । ‘खेतमा रहेको परालभित्र लु...
झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विराटनगरमा पक्राउ

झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विराटनगरमा पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २९ वर्षीय पप्पु सिंह भनिने पप्पुकुमार यादव छन् । उनलाई आज दिउँसो विराटनगर-१८ भेडियारीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनी कर्तव्य ज्या...
धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना घट्दै

धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना घट्दै

धनकुटा । धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना गतवर्षको तुलनामा केही कम भएको पाइएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क पाइएको हो । इन्सेकले सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ ओटा घटना अभिलेख गरेको जनाएको छ । जसमा बालअधिकार विरुद्धका ७ः, हत्या १, कुटपिट १, महिलाविरुद्...
धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक धरान-१९ का २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२...
धनकुटाको जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

धनकुटाको जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । स्वास्थ्य शिविर मंसिर २५ र २६ गते बिहान ८ः१५ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति, शल्य चिकित्सा, छाला रोग,...
मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

धनकुटा । धनकुटा नगरपालिका-८ सान्ताङ स्थित लेक्सेरे टोलका ४९ वर्षीय चौतिशलाल आठपहरियाले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेका छन् । लामो समयदेखि मृगौला रोगबाट पीडित आठपहरियाले उपचारका लागि खर्च अभाव भएको भन्दै सहयोगको अपिल गरेका हुन् । आठपहरिया करिब दश महिनादेखि मृगौला रोगबाट पीडित छन् । उपचारका लागि विभिन्न अस्पताल धाइसकेको उल्लेख गर्दै उनले हालसम्म करिब १६ लाख खर्च भइसकेको बताए । आर्थिक अवस्थ...
एसईईमा उत्कृष्ट अंक ल्याउने धनकुटाका दुई विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट अंक ल्याउने धनकुटाका दुई विद्यार्थीलाई सम्मान

धनकुटा । एसईईमा उत्कृष्ट अंक ल्याउने धनकुटाका दुई विद्यार्थी नगदसहित सम्मानित भएका छन् । खतिवडा कुल वंश प्रतिष्ठान छथर जोरपाटी गाउँपालिकाले वार्षिक साधारण सभामा सम्मान गरेको हो । प्रतिष्ठानले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने महालक्ष्मी नगरपालिका-७ स्थित जनता माध्यामिक विद्यालय जितपुरकी स्वर्णीम पराजुली सम्मानित भएकी हुन् । उनले प्राविधिक धारतर्फ एसईईमा ३.९२ जिपिए ल्याएकी थिइन् ।...
उदयपुर र तेह्रथुममा दुर्घटना हुँदा दुई जनाको मृत्यु

उदयपुर र तेह्रथुममा दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । उदयपुर र तेह्रथुममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ थुलुङडाँडामा २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बर्खेडाँडाबाट बसाहाथानतर्फ जाने भित्री पक्की सडक खण्डमा बसाहाथानबाट बर्खेडाँडा जाँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०५-००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका...
धनकुटामा यःमरी महोत्सव सम्पन्न (फोटो फिचर)

धनकुटामा यःमरी महोत्सव सम्पन्न (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सिरान बजारमा पाँच दिनसम्म सञ्चालन भएको यःमरी महोत्सव सम्पन्न भएको छ । मंसिर १८ देखि २२ गतेसम्म सञ्चालन भएको  यःमरी महोत्सव सम्पन्न भएको हो । नेपाल भाषा मिसाः खल, नेवा मिसा देय दवू, नेपाल खड्की समाज, जोशी समाज र शाक्य समाजको सहयोगमा सिरान बजार युवा समूहको संयोजन तथा नेवाः पुच धनकुटाको आयोजना यःमरी महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा यःमरी र नेवारी खाजाका...
चौबिसेको राजारानी तालमा बोटिङ गर्दै आन्तरिक पर्यटक (फोटो फिचर)

चौबिसेको राजारानी तालमा बोटिङ गर्दै आन्तरिक पर्यटक (फोटो फिचर)

धनकुटा ।  धनकुटाको चौबिसे गाउँपालिका-६ स्थित राजारानी तालमा घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्या बढ्न थालेको छ । सुन्दर पर्यटकीय गन्तव्यका रूपमा परिचित राजारानीस्थित राजारानी तालमा बोटिङ गरेर पर्यटकहरू रमाउने गरेका छन् । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
हुलाकी राजमार्गअन्तरगत मोरङको रामचोक-हाटखोला सडकको ठेक्का तोडियो

हुलाकी राजमार्गअन्तरगत मोरङको रामचोक-हाटखोला सडकको ठेक्का तोडियो

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रामचोक-हाटखोला सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । हुलाकी सडकको रतुवा‍-केशलिया खण्डमा पर्ने ६ किलोमिटर लामो सडकको ठेक्का तोडिएको हो । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता तोडेको जनाएको छ । उक्त कम्पनीसँग २३ कात्तिक २०७६ म...
श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने, सम्बोधन गर्न हर्क साम्पाङ आउने

श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने, सम्बोधन गर्न हर्क साम्पाङ आउने

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर २५ गते वृहत जनसभा गर्न लागिएको जानकारी दिएको हो । जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ आउने जनाइएको छ । सभा धनकुटाको तल्लो टुँडिखेलमा हुनेछ । धनकुटा बसपार्कबाट निकालिने र्‍याली टुँडिखेलमा पुगेर कोणसभामा परिणत हुने पार्टीका जिल्ला अध्यक्ष आकाश राईले...
पाख्रीबासका नगरप्रमुखले संघीय सरकारलाई भने– दिनदिनै नयाँ हाकिम पठाइदिनुहोस् 

पाख्रीबासका नगरप्रमुखले संघीय सरकारलाई भने– दिनदिनै नयाँ हाकिम पठाइदिनुहोस् 

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै पत्र पठाएका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उनले दिनहुँ फरक-फरक प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै व्यङ्ग्य गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ गरिएको पत्रमा पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक तथा आर्थिक कामकाज हुँदा...
नख्खु कारागारबाट भागेका भारतीय नागरिक विराटनगरमा पक्राउ

नख्खु कारागारबाट भागेका भारतीय नागरिक विराटनगरमा पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा काठमाडौंको नख्खु कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका ५५ वर्षीय निपुन गुप्ता छन् । उनलाई आज विराटनगर-७ बाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । अपहरण तथा शरिर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गुप्ता गत भदौ २४ गते भागेका थिए । विशेष सूचनाका आधारमा खटिएको...
error: Content is protected !!