भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना हुँदा तीर्थ गएका चार नेपालीको मृत्यु

विराटनगर । भारतमा गाडी दुर्घटना हुँदा तीर्थयात्रामा गएका चार नेपालीको मृत्यु भएको छ । दाङका तुलसीपुरबाट तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी बिहीबार बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको जनाइएको छ । ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको प...
कोठाभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालाको हत्या

कोठाभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालाको हत्या

विराटनगर । पाल्पाको तानसेन नगरपालिका-११ मा कोठाभाडा नदिएको भन्दै घरबेटीले डेरामा बस्नेको हत्या गरेका छन् । एक हजार चार सय रुपैयाँ कोठाभाडा नदिएको भन्दै ३१ वर्षीय घरबेटी माधव विष्टले भाडामा बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् । विष्टले मादक पदार्थ सेवन गरेका र भाडा नदिएको विषयमा विवाद हुँदा हँसियाले हानेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । उनलाई कर्तव्य ज्यानको कसुरमा ...
डस्टबिनमा भेटियो नवजात शिशुको शव 

डस्टबिनमा भेटियो नवजात शिशुको शव 

विराटनगर । प्युठानमा एक नवजात शिशुको शव डस्टबिनभित्र भेटिएको छ । सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएका हो । स्थानीयवासीले डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार सालनालसमेत नकाटिएको अवस्थामा शव फेला परेको छ । उक्त सम्बन्धमा जिल्ला प्रहरी कार्यालय प्युठानले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ ।
प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

दाङ । दाङको भालुवाङमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दारले नाबालिकाहरूलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कार आरोपमा राप्ती गाउँपालिका-१, भालुबाङ पुल्चोकस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका छन् । दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बलात्कार आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइर...
लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली काङ्ग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवाल आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन् । तिमिल्सिना र कलवार काङ्ग्रेसका हुन् भने अग्रवाल जसपाका ह...
पहिरोमा घरसहित पुरिँदा चार जनाको मृत्यु

पहिरोमा घरसहित पुरिँदा चार जनाको मृत्यु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम बिक, साढे दुई वर्षकी रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको हो । पहिरोमा पुरिएका मुना बिक र विष्णु बिकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका...
लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् । आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गरेका हुन् । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा रहेका छन्...
लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य  मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता  धर्मा अर्यालले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ ।  यसअघि आचार्यले कांग्रेस एमालेका ५६ ...
घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएका थिए । उनलाई...
पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

विराटनगर । अविरल वर्षापछि आएको पहिरोले पुरिएर गुल्मी र स्याङ्जामा ६ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सुतिरहेका बेला गएराति झरेको पहिरोमा घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको हो । एकजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया ...
पाहुना आएका दाजुभाइको डुबेर मृत्यु

पाहुना आएका दाजुभाइको डुबेर मृत्यु

तुलसीपुर । भारतबाट पाहुना आएका दाजुभाइको पौडी खेल्ने क्रममा दाङस्थित बबई नदीमा डुबेर मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । भारतबाट आफ्नी फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । डुबेर सिकिस...
दाङको राजापुरमा २३ घरगोठ जले

दाङको राजापुरमा २३ घरगोठ जले

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लक अनुसार आगलागीबाट ८७ लाख ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट विस्थापित भएका ९९ जनालाई नजिकैको आ–आफ्नो पाखो बारीमा बस्ने व्यवस्था मिलाएको उनले बताए ।
error: Content is protected !!