रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या सात पुग्यो
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ स्थित कोटलबारामा अविरल वर्षापछिको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । पहिरोमा परेर अन्य पाँच जना बेपत्ता भएका छन् ।
पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन्...



























