संगालोखबर संवाददाता

विराटनगर । साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रह लोकार्पण गरिएको छ । विराट साहित्य संगमले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।

Advertisement

कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा–११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले संग्रहको लोकार्पण गरे ।

‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहका बारेमा साहित्यकार हरि कट्टेल र निर्मला कोइरालाले समीक्षा गरेका थिए । उनीहरुले विमोचित कृति पठनीय भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अग्रज साहित्यकार प्रमोद प्रधानले नेपाली साहित्यमा निबन्ध विधाको छुट्टै महत्व र इतिहास रहेको चर्चा गरे ।

उनले बरालको निबन्धसंग्रह सरल भाषाशैली लेखिएको कृति भएकाले एकपटक अध्ययन गर्न सबैलाई आग्रहसमेत गरे । त्यस्तै, लेखक हरिप्रसाद बरालले ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रह लेख्दाका अनुभव सुनाए ।

त्यस अवसरमा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार प्रा.डा. टंकप्रसाद न्यौपाने, राष्ट्रियसभाका पूर्वसदस्य साहित्यकार खेम नेपाली, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, सपना यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!