गोबिन्दराज ओझा (राजन)

धेरै कुरा के भनौँ आफैँ बुझ न
लाजले सर्माएको रहेछौ यता हेर न

Advertisement

बाँचुन्जेल मिठो बोली बोल न
धेरै कुरा के भनौँ आफैँ बुझ न

दिलमा भएको मायाको बयान कसरी गरूँ म
आँखाहरू सर्माउँछन् कसरी हेरूँ म

कसरी जाउँ कुराकानी अधुरो हुन्छ मेरो
कुनै उपाय बताइदेऊ तिमी के हुन्छ मेरो

ओठहरूले पनि धेरै कुरा बोल्छन्
धेरै कुरा के भनौँ आफैँ बुझ न

मुटुको धड्कन कसरी सुनाउँ म
आँखाहरू सर्माउँछन् कसरी हेरूँ म

धेरै कुरा के भनौँ आफैँ बुझ न
लाजले सर्माएको रहेछौ यता हेर न

–दिपायल, डोटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!