- संगालोखबर सम्वाददाता

धनकुटा । जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । ६ महिनाअघि जापान पढ्न गएका धनकुटाका २७ वर्षीय अनिष कटुवालको मृत्यु भएको हो ।

Advertisement

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को दिन उनी आफ्नै कोठामा मृत फेला परेका थिए । पानी जमाएर नुहाउने भाडामा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन् ।

अनिषका साथीहरु नयाँ वर्ष मनाउन बाहिर गएका थिए । उनीहरु बिहान कोठामा फर्कँदा पानीमा डुबेर अनिषको मृत्यु भइसकेको थियो । उनको शव अस्पतालमा राखिएको छ ।

अनिष टोकियोस्थित इकेबुकुरोमा बसेर ताकाराजुका भाषा विद्यालयमा पढ्दै आएका थिए । उनको मृत्युको कारण खुलिसकेको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!