संगालोखबर

भोजपुर । नेकपा एमालेको भोजपुर जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पा पराजित भएका छन् । उपाध्यक्षको उम्मेदवार रहेका उनी किरण राईसँग ९५ मत अन्तरले पराजित भएका हुन् ।

Advertisement

शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार राई ३११ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भएका हुन् । प्रतिस्पर्धी पूर्वमन्त्री शेर्पाले भने २१६ मतमात्र प्राप्त गरे ।

पदाधिकारीमध्ये सचिवमा सर्वाधिक मत प्राप्त गरी एक्सन राई विजयी बनेका छन् । ३४७ मतसहित पत्रकार पृष्ठभूमिका राई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले १६८ मत प्राप्त गरे ।

पार्टीको नवौं जिल्ला अधिवेशनबाट एमाले भोजपुरको अध्यक्षमा मकर खड्का ३१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी शरणकुमार राईले २२३ मत प्राप्त गरे ।

यसैगरी, उपसचिवमा ३०४ मतसहित दौलत कुलुङ राई विजयी भए भने प्रतिस्पर्धी जगतबहादुर चौहानले १७३ मत पाए । महिलातर्फ उपसचिवमा २९३ मतसहित रमादेवी राई विजयी भइन् । प्रतिस्पर्धी मेरिका राईले २१६ मत प्राप्त गरिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!