धनकुटामा ५४ हजार बढी पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइने

धनकुटामा ५४ हजार बढी पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइने

धनकुटा । धनकुटामा खोरेत रोग उन्मूलनका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाभर खोरेत रोग उन्मूलनका लागि असोज १५ गतेदेखि खोप अभियान सुरु गर्ने भएको हो । गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुलाई खोप लगाइने केन्द्रले जनाएको छ । सातवटै स्थानीय तहमा खोप सञ्चालनका लागि ४४ जना भ्याक्सिनेटर छनोट भइसकेका छन् । उनीहरूलाई सातवटै ...
धनकुटा, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषधसहित १० जना पक्राउ

धनकुटा, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषधसहित १० जना पक्राउ

विराटनगर । झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित १० जना पक्राउ परेका छन् । बुधबार चेकजाँच क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका-७ बस्ने प्रकाश सहनी र राहुल राजवंशी ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै बिर्तामोड नगरपालिका-१ का २९ वर्षीय मनकुमार राई र २६ वर्षीया रेखा थापा ९५० मिलिग्राम ब्राउन सुगर...
आमाको काजक्रिया बसेकै अवस्थामा धनकुटाका लक्ष्मीप्रसादको निधन

आमाको काजक्रिया बसेकै अवस्थामा धनकुटाका लक्ष्मीप्रसादको निधन

धनकुटा । आमाको काजक्रियामा बसेकै अवस्थामा छोराको पनि निधन भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ छुम्लिङ घर भई हाल भक्तपुर बस्दै आएका ६४ वर्षीय लक्ष्मीप्रसाद लामिछानेको निधन भएको हो । शौचालय गएर फर्किने क्रममा एक्कासि बिरामी भएका उनको उपचारका क्रममा निधन भएको हो । १०६ वर्षीया आमा हरिमाया लामिछानेको काजक्रियामा बसेको सातौँ दिनमा उनी बिरामी भएका थिए । उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचा...
राष्ट्रिय झण्डा सम्मानपूर्वक राख्न पाइन्छ, दुरुपयोग गर्न पाइँदैन

राष्ट्रिय झण्डा सम्मानपूर्वक राख्न पाइन्छ, दुरुपयोग गर्न पाइँदैन

धनकुटा । राष्ट्रिय स्वाभिमान र पहिचानको सर्वोच्च प्रतीक मानिने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको छ । आन्दोलन, चुनावी प्रचार, तोडफोड, आगजनी र पार्कदेखि फलैँचासम्म राष्ट्रिय झण्डाको दुरुपयोग हुन थालेको हो । आगजनी र विध्वंसका क्रममा राष्ट्रिय झण्डा ओढ्ने, लतार्ने र अपमानजनक ढंगले प्रयोग गर्ने गरेको पाइन्छ । यसले झण्डाको गरिमामात्र नभई समग्र राष्ट्रकै सम्मानमा आँच पुर्याउँछ । यस्ता गतिविधि बार...
धनकुटामा इभी गाडी र ट्याङ्कर जुध्यो

धनकुटामा इभी गाडी र ट्याङ्कर जुध्यो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ सेल्फीडाँडामा आज इभी गाडी र ट्याङ्कर जुध्दा दुई जना घाइते भएका छन् । धरानबाट तेह्रथुम जाँदै गरेको प्र.१-०२-००१ ज ४४४१ नं. इभी गाडी र विपरित दिशाबाट आउँदै गरेको को १ ख ७५२० नं.को ट्याङ्कर बिहान करिब ११ः३० बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका-१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिक...
पाखोबारीमा धान खेती हुनथालेपछी धनकुटाको बेलहराका कृषक उत्साहित

पाखोबारीमा धान खेती हुनथालेपछी धनकुटाको बेलहराका कृषक उत्साहित

धनकुटा । सिँचाइ सुविधा नपुगेको पाखो र भिरालो जमिनमा धान खेती विस्तार भएसँगै धनकुटा नगरपालिका-९ बेलहराका किसान हर्षित भएका छन् ।परम्परागत रूपमा मकै, कोदो, गोलभेडा र तरकारी खेती गर्दै आएका बेलहराका किसान अहिले पाखोबारीमा लहलहाएको धान देखेर उत्साहित छन् । स्थानीय मेहरमान बस्नेतले करिब नौ रोपनी पाखोबारीमा धान लगाएका छन् । ‘पाखो बारीमै धान खेती गर्न सकिने र उब्जनी पनि राम्रो हुने रहेछ’, बस्नेतले भने...
धनकुटामा सडक छेउको खाली जग्गामा बेसार खेती बिस्तार

धनकुटामा सडक छेउको खाली जग्गामा बेसार खेती बिस्तार

धनकुटा । धनकुटा नगरपालिकाले सडक छेउको खाली जग्गा सदुपयोग गर्न बेसार खेती बिस्तार गरेको छ । स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने तथा खाली जग्गा सदुपयोग गर्ने उद्देश्यले नगरपालिका भित्र सडक छेउमा बेसार खेती बिस्तार गरिएको हो । यसले सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन भूमिका खेल्ने नगरपालिकाको विश्वास छ । कोशी राजमार्गअन्तर्गत धनकुटा नगरमा पर्ने सरस्वती चो...
धनकुटामा बाढी प्रभावितका लागि एक करोड १६ लाख ८४ हजार संकलन

धनकुटामा बाढी प्रभावितका लागि एक करोड १६ लाख ८४ हजार संकलन

धनकुटा । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि धनकुटामा १ करोड १६ लाख ४८ हजार ६२७ रुपैयाँ सहयोग संकलन गरिएको छ । धनकुटाका विभिन्न सरकारी कार्यालय, स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय र स्थानीयहरूबाट उक्त सहयोग रकम संकलन गरिएको हो । बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि महालक्ष्मी नगरपालिकाले ४१ लाख ४...
उद्योगी व्यवसायीका समस्या समाधानमा केन्द्रित हुन्छौँ : अध्यक्ष रायमाझी

उद्योगी व्यवसायीका समस्या समाधानमा केन्द्रित हुन्छौँ : अध्यक्ष रायमाझी

धनकुटा । उद्योग वाणिज्य संघ धनकुटाका नवनिर्वाचित अध्यक्ष रामबहादुर रायमाझीले उद्योगी व्यवसायीहरूका समस्या समाधानमा आफूहरू केन्द्रित हुने बताएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू नेतृत्वको टिम व्यवसायिक प्रतिनिधित्व गर्ने भएको बताउँदै संघ उद्योगी, व्यवसायीका समस्या समाधानका लागि केन्द...
धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन नगर अस्पतालमा शनिवार साँझ करिब ५ बजे पानी तान्ने मोटरबाट विद्युत सर्ट भएर करेन्ट लाग्दा महालक्ष्मी-६ बस्दै आएका ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भएका राई निर्माण व्यवसायी हुन् । सोही नगर अस्पताल निर्माणको काम गर्दै आएका राई करेन्ट लागेर गम्भीर घाइते भए...
धनकुटाको धारेढुंगामा पहिरो, हिले-भीरगाउँ सडक अवरुद्ध

धनकुटाको धारेढुंगामा पहिरो, हिले-भीरगाउँ सडक अवरुद्ध

धनकुटा । पहिरोका कारण धनकुटाको हिले-भीरगाउँ सडक अवरुद्ध भएको छ । धनकुटा नगरपालिका–१ स्थित ढारखर्क सामुदायिक बनको धारेढुङ्गामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शनिवार राती करिब ८ः३० बजे पहिरोसँगै रूख ढलेर सडक अवरुद्ध भएको सशस्त्र प्रहरी बल नेपाल नं.६ हेडक्वाटर छिन्ताङका इन्स्पेक्टर सुरज केसीले जानकारी दिए । उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । सशस्त्र प्रहरी नायब निरीक्षक अमर तामाङको ने...
आन्तरिक विवादले पाख्रीबासको भुल्के खानेपानी आयोजनाको काम अलपत्र

आन्तरिक विवादले पाख्रीबासको भुल्के खानेपानी आयोजनाको काम अलपत्र

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-८ र १० को सिमानामा पर्ने मुगा खोलामा सञ्चालित भुल्के खानेपानी आयोजनाको काम अलपत्र परेको छ ।आन्तरिक विवादका कारण भुल्के मुहानदेखि पाख्रीबास बजारसम्म संचालित लिफ्टिङ आयोजनाको काम लामो समयदेखि अलपत्र परेको हो । खानेपानी आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा २८ करोड ५८ लाख ७२ हजार विनियोजित बजेटबाट १५ करोडमा टेन्डर प्रक्रिया स्वीकृति भएर काम अघि बढेको थियो । तर...
धनकुटाको अमलेटारमा अवस्थित औद्योगिक ग्राम (फोटो फिचर)

धनकुटाको अमलेटारमा अवस्थित औद्योगिक ग्राम (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-६ अमलेटारको औद्योगिक ग्राममा हाल ८ वटा उद्योग सञ्चालनमा छन्  । स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो । नेपालमै पहिलो पटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो । उक्त औद्योगिक क्षेत्रमा उद्योग संचालनका लागि १४ वटा ब्...
धनकुटाको महालक्ष्मीमा नेपाली कम्युनिष्ट पार्टीको नगर समिति गठन

धनकुटाको महालक्ष्मीमा नेपाली कम्युनिष्ट पार्टीको नगर समिति गठन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को नगर समिति गठन भएको छ । बुधबार बसेको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पदम रखाल मगरको संयोजकत्वमा ९९ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा लोक नेपाल, लाल बहादुर महतरा, रिस्ता गुरुङ, दुर्गा भुजेल, बिक्रम तिगेला लगायत छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज धर्मराज पौडेल, नेकपा प्रदेश सद...
धनकुटाको गुठिटारका श्यामराज शनिबारदेखि सम्पर्कविहीन

धनकुटाको गुठिटारका श्यामराज शनिबारदेखि सम्पर्कविहीन

धनकुटा । धनकुटा नगरपालिका-९ गुठिटारस्थित ढोडेनीका ४१ वर्षीय श्यामराज राई सम्पर्कविहीन भएका छन् । मानसिक सन्तुलन गुमाएका राई शनिबार दिउँसो करिब २ बजेदेखि सम्पर्कविहीन भएका हुन् । उनकी दिदी सन्तोषी राईका अनुसार पहेँलो रङको टिसर्ट, कालो रङको ट्रयाक लगाएको अवस्थामा श्यामराज बेपत्ता भएका छन् । आफ्नो नाम र ठेगाना बताउन सकेपनि भाइको मानसिक अवस्था ठीक नरहेको सन्तोषीले बताइन् । उनले भाइको खोजीका लागि अ...
धनकुटाबाट ट्रकसहित १ हजार २ सय ४० किलो गाँजा बरामद

धनकुटाबाट ट्रकसहित १ हजार २ सय ४० किलो गाँजा बरामद

धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । गएराति ११ बजे चेकजाँचका क्रममा ट्रकबाट एक हजार दुई सय ४० किलो गाँजा बरामद भएको हो । साँगुरीगढी गाँउपालिका-७ फेदीस्थित कोशी लोकमार्गमा धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रक चेकजाँचका लागि प्रहरीले रोकेको थियो । सो क्रममा चालक हामफालेर फरार भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शङ्का ...
धनकुटा कारागारलाई एक सय ५० थान पुस्तक हस्तान्तरण

धनकुटा कारागारलाई एक सय ५० थान पुस्तक हस्तान्तरण

धनकुटा । युवाहरूले सञ्चालन गरेको सामाजिक संस्था टिम नेपोले जिल्ला कारागार धनकुटालाई १५० थान बढी पुस्तक हस्तान्तरण गरेको छ । पुस्तक परियोजनामार्फत कैदीबन्दीहरूका लागि संस्थाले आज कारागार प्रशासनलाई पुस्तक हस्तान्तरण गरेको हो । संस्थाका जिल्ला प्रतिनिधि दीपिका दाहालले कारागारका सूचना अधिकारी सुभास भण्डारीलाई पुस्तक हस्तान्तरण गरेकी हुन् । टिम नेपोले कारागार सुधार परियोजना अन्तर्गत नेपालका विभिन्न...
बाढीमा ज्यान गुमाएकाको धनकुटामा सम्झना : कतै दीप प्रज्वलन, कतै गीतापाठ

बाढीमा ज्यान गुमाएकाको धनकुटामा सम्झना : कतै दीप प्रज्वलन, कतै गीतापाठ

धनकुटा । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्झना गर्दै आज साँझ धनकुटामा दीप प्रज्वलनसहित विभिन्न कार्यक्रम गरिएको छ । बाढीमा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामनासहित भीमनारायण चोक र जिरो प्वाइन्टमा दीप प्रज्वलन तथा निशान भगवती मन्दिरमा गीतापाठ पारायण गरिएको हो । वैदिक सनातन धर्म संरक्षण, जिल्ला कार्य समिति र नगर कार्य समितिको संयुक्त आयोजनामा...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा आज धनकुटामा दीप प्रज्वलन गरिँदै

भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा आज धनकुटामा दीप प्रज्वलन गरिँदै

धनकुटा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्र धनकुटाको संयुक्त आयोजनामा आज साँझ ६ बजे भीमनारायण चोकमा दीप प्रज्वलन गर्न लागिएको हो । भदौ १० गते आएको बाढीमा परेर दिवङ्गत हुने व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । दीप प्रज्वलन...
निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित

निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित

धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित भएका छन् । महालक्ष्मी कन्ट्रक्सनका बस्नेत ४८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले ३३ मत प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई ४९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अस्मी एण्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार ...
निर्माण व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारमा छलफल भइरहेको छ : मन्त्री पराजुली

निर्माण व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारमा छलफल भइरहेको छ : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले निर्माण व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारमा आवश्यक छलफल भइरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको १८ औँ साधारण सभा तथा ११ औँ अधिवेशनको उद्‌घाटन समारोहमा बोल्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् । उनले निर्माण व्यवसायका क्षेत्रमा रहेका विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारमा छलफल चलाउने र संघीय सरकारलाई ...
धनकुटाका सुजितसहित चार जना पक्राउ

धनकुटाका सुजितसहित चार जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र तेह्रथुमबाट उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट मेचीनगर-१३ का २३ वर्षीय विवेक राजवंशी ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै बिर्तामोड नगरपालिका-२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेह्रथुमबाट धनकुटाको...
धनकुटामा विद्यार्थी लक्षित लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभियान 

धनकुटामा विद्यार्थी लक्षित लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभियान 

धनकुटा । लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि धनकुटा नगरपालिका-१० मा अवस्थित उत्तरपानी बहुप्राविधिक शिक्षालयमा सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आज विद्यार्थीहरूलाई लक्षित गर्दै सचेतना कार्यक्रम गरिएको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीहरूल...
धनकुटाको पात्ले खोलामा बोलेरो र अटो ठोक्किँदा दुई जना घाइते 

धनकुटाको पात्ले खोलामा बोलेरो र अटो ठोक्किँदा दुई जना घाइते 

धनकुटा ।  धनकुटामा बोलेरो र अटो एक-आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । आज बिहान करिब १०ः२० बजे धनकुटा नगरपालिका-१० पात्ले खोलास्थित कोशी लोकमार्गमा दुर्घटना भएको हो । धरानबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज ३०८२ नम्बरको बोलेरो र विपरीत दिशाबाट धरानतर्फ जाँदै गरेको कोशी प्रदेश ०२-००१ ह ०१५३ नम्बरको अटो एक-आपसमा ठोक्किएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । दुर्घटना...
धनकुटा अस्पतालमा स्थापना गरियो ब्लड बैंक, आजबाटै सञ्चालन

धनकुटा अस्पतालमा स्थापना गरियो ब्लड बैंक, आजबाटै सञ्चालन

धनकुटा । नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापन दिवसको अवसरमा जिल्ला अस्पताल धनकुटामा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ ।  जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी धनकुटाले संयुक्तरूपमा ब्लड बैंक स्थापना गरेका हुन् । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले आज रिबन काटेर आकस्मिक रक्त सञ्चार सेवा केन्द्रको उद्‌घाटन गरे । उद्‌घाटन समारोहमा बोल्दै मन्त्री परा...
धनकुटाबाट गाँजा र मोटरसाइकलसहित तीन जना पक्राउ

धनकुटाबाट गाँजा र मोटरसाइकलसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको भेडेटारबाट गाँजा र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । आज बिहान करिब ७ बजे बिक्रीका लागि लैजाँदै गरेको गाँजासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकलका चालक साँगुरीगढी-४ ज्यामिरेका अन्दाजी ४४ वर्षीय भीम बहादुर लिम्बु र सोही मोटरसाइकल पछाडि सवार फाक्सिब बस्ने अन्दाजी २३ वर्षीय सागर लिम्बु पक्राउ परेका छन् । यस्...
धनकुटाका औषधि पसलमा अनुगमन : एउटा सिलबन्दी, चारवटाको दर्ता प्रमाणपत्र जफत

धनकुटाका औषधि पसलमा अनुगमन : एउटा सिलबन्दी, चारवटाको दर्ता प्रमाणपत्र जफत

धनकुटा । धनकुटाको हिले बजार र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलहरूको अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएको छ । औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला स्वास्थ्य कार्यालय, प्रहरी चौकी हिले र इलाका प्रहरी कार्यालय पाख्रिबासको टोलीले गरेको संयुक्त अनुगमनमा विभिन्न कैफियत फेला परेको हो । अनुगमनका क्रममा पाख्रीबास-४ स्थित भुवन कार्की र दे...
धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेसँगै जितपुर बजार अहिले नयाँ स्वरूप देखिन थालेको छ । सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा ब...
धनकुटाको मार्गथान क्षेत्रमा रोपियो २ हजार बिरुवा

धनकुटाको मार्गथान क्षेत्रमा रोपियो २ हजार बिरुवा

धनकुटा । धनकुटा नगरपालिका-८ मार्गथान क्षेत्रमा पानीको मुहान संरक्षण गर्न विभिन्न प्रजातिका करिब २ हजार बिरुवा रोपिएका छन् । हिन्दकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान (हाईकास) परियोजना अन्तर्गत इसिमोड र सिप्रिडको संयुक्त आयोजनामा बिरुवा रोपिएको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण गाउँघरमा पानीका मुहान सुक्दै गएकाले मुहान संरक्षण तथा जल पुनर्भरण गर्न वृक्षारोपण गरिएको जनाइए...
धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८२/८३ मा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त संख्यामा उद्योग बन्द भएका हुन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष प्रशासनतर्फ जम्मा १ सय २३ तथा वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । यस्तै गत आर्थिक वर्ष १ सय ४८ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । जसमा वाणिज्यत...
शोकका कारण धनकुटामा मनाइएन रोपाइँ जात्रा

शोकका कारण धनकुटामा मनाइएन रोपाइँ जात्रा

धनकुटा । धनकुटामा यसवर्ष रोपाइँ (हिले) जात्रा स्थगित गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिले मुलुक शोकमा रहेका कारण यसवर्षको रोपाइँ जात्रा स्थगित गरिएको हो । धनकुटामा नेवारी समुदायले हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा निकाल्ने गरेका थिए । मनोरञ्जन, प्रहसन तथा नगर परिक्रमा गरेर जात्रा मनाउने गरिएपनि शोकका बेला यस्तो गर्नु उपयुक्त नहुने भन्दै कार्यक्रम स्थगित गरि...
error: Content is protected !!