धनकुटा । शहिद भीमनारायण श्रेष्ठ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आज सुरु भएको छ । संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठलगायतले रेफ्रीलाई बल दिएर प्रतियोगितको उद्घाटन गरेका थिए ।

Advertisement

श्रेष्ठसहित प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, नेपाली कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राई, पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङ र जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले सामूहिक रुपमा उद्घाटन गरेका हुन् ।

प्रतियोगिताअन्तर्गत आज एपीएफ र फोरस्टार युवा क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेलमा एपीएफले एक गोलले अग्रता लिएको छ । खेलको दोस्रो मिनटमै एपीएफका सुमन श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । खेल जारी छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!