संगालोखबर संवाददाता
फाइल तस्बिर ।

काठमाडौं । चौबीस घण्टाको अवधिमा कोशी प्रदेशका सहित २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ । उदयपुरदेखि सुदूरपश्चिमको डडेल्धुरा सम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते भएका छन् ।

डढेलोबाट फैलिएको आगोले ५० घरमा क्षतिपुगेको छ । ८ वटा गोठहरु जलेर नष्ट भएका छन् । प्रहरी र स्थानीयको प्रयासमा आयोग नियन्त्रणमा आइसकेको जनाइएको छ ।

Advertisement

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ ।

६९ वटा सामुदायिक वन क्षेत्रमा भने अहिले पनि डढेलो नियन्त्रणमा आइनसकेको आचार्यले बताइन् ।

डढेलोबाट भोजपुर, ओखलढुंगा, उदयपुर, भक्तपुर, काठमाडौं, ललितपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिकवनमा क्षति पुगेको कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!