संगालोखबर
विराटनगरका माछा, मासु पसलहरुको अनुगमन गर्दै महानगरको टोली ।

विराटनगर । विराटनगर महानगरपालिकाको देवकोटा चोकस्थित रोयल मल्की मिट सेन्दरमा कुहिएका मासु भेटिएको छ । महानगरपालिकाको टोलीले आज अनुगमन गर्दा उक्त पसलमा कुहिएको मासु भेटिएको हो ।

टोलीले कुहिएको अवस्थामा भेटिएको १० किलो खसीको मासु नष्ट गरेको जनाएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमन गरिरहेको जनाइएको छ ।

Advertisement

अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर प्रहरी निरीक्षक राजन पौडेललगायतको सहभागिता थियो ।

माछा मासु पसलमा कमीकमजोरी भेटिए पहिलोपटकलाई सचेत गराएर छाड्ने यादवले बताए । फेरि पनि कमजोरी भेटिए कारबाही गर्ने उनको भनाइ थियो ।

महानगरले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछा मासु पसलको अनुगमन गरिसकेको जनाएको छ । गत आर्थिक वर्ष महानगरले ८५ वटा पसलको अनुगमन गरेको थियो ।

महानगर क्षेत्रभित्र करिब २ सय माछा मासु पसल सञ्चालनमा छन् । तीमध्ये करिब ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको शाखा प्रमुख यादवले बताए । उनका अनुसार व्यापक रुपमा अनुगमन गरेर दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा ल्याइनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!