संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरको ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले एक सय पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचाररत सप्तरीका चन्देश्वर रायका लागि उनले शनिबार रगत दिएका हुन् । यसअघि उनले ९९ औं पटक रक्तदान गरिसकेका थिए ।

Advertisement

रायलाई ए पोजेटिभ रगत चाहिएको थियो । उनीहरूको रक्तसमूह मिलेपछि श्रेष्ठले रगत दिएको बिरामी रायका ज्याईं रविन्द्ररायले जानकारी दिए । आफूले रक्तदान गरेको तीन महिना पुरा भएपछि कसैलाई रगत आवश्यक परेको जानकारी आएमा श्रेष्ठले दिउँसो राति नभनी रगत दिँदै आएका छन् । चालीस पटकसम्म प्राय रक्तदान कार्यक्रममा रगत दिएका उनले त्यसपछि जुनसुकै बेला पनि रगत दिने गरेका हुन् ।

रक्तदानको संख्या धेरै पुर्याउने भन्दा पनि दिएको रगत काम लागोस् भनेर रक्तदान गर्ने गरेको उनी बताउँछन् । उनलाई अझै पाँच वर्ष रक्तदान गर्न सकिन्छ भन्ने लागेको छ । यस आधारमा उनको रक्तदान एक सय बीस पटक पुग्ने सम्भावना देखिन्छ ।

विराटनगरमा एक सय पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको नाम चर्चामा छ । उनले एक सय नौ पटक रक्तदान गरेका छन् । तर, वृद्धावस्थाका कारण ठाकुरले अहिले रगत दिन छाडेका छन् ।

विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) ले १७८ पटक रक्तदान गरेको रेकर्ड छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!