एमालेको राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बुमा सर्वसम्मत प्रतिनिधि चयन
सोलुखुम्बु । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बुमा सबै कोटाका प्रतिनिधिहरू सर्वसम्मत छनोट भएका छन् । खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला चयन हुँदा दलित कोटाबाट डि.बि. रानापाल प्रतिनिधि बनेका हुन् ।
यस्तै महिला कोटामा कल्पना राई र मोहन कुमारी कार्की चयन भएका छन् । ४० वर्ष मुनीका युवाको कोटामा जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि छानिएका एमाले प्रचार विभाग प...



























