खोटाङको हलेसी तुवाचुङमा हावाले उडायो ५२ घरको छानो
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हावाहुरीले ५२ वटा घरको छानो उडाएको छ । चैत २ गते साँझ आएको हावाहुरीले ५२ घरको छानोमा पूर्ण रुपमा क्षति पुर्याएको नगरपालिकाको तथ्यांक छ ।
नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहत स्वरुप जस्तापाता वितरण गर्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २८, लेसी तुवाचुङ नगर...






























