विराटनगरको अरनिको कलेजले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान
विराटनगर । विभिन्न विधाको प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको अरनिको आवासीय माध्यमिक विद्यालयले सम्मान तथा पुरस्कृत गरेको छ । एमबीबीएस, इन्जिनियरिङ् तथा बिडिएसको प्रवेश परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने १४ जना विद्यार्थीलाई आज कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ् तर्फको प्रवेश परीक्षामा सबैभन्दा बढी अङ्क ल्...






























