संगालोखबर संवाददाता


विराटनगर । चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईँटेल उर्फ बोकेदाह्रीको ‘गाह्रो छ हौ मलाई’ बोलको गीत यतिखेर चर्चाको शिखरमा छ । श्रीकृष्ण लुईँटेल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको चौथो हप्ता पुगिसक्दा उक्त गीतले राम्रै भ्युज बटुल्न सफल भएको छ भने सामाजिक सञ्जाल समेत तताएको छ ।

पछिल्लो समय उक्त गीतको ‘कतारमा किस्ने, साउदीमा श्यामे, दुबैमा हर्के छ, हर्केको बाउको गएको राति मुन्टो नै फर्केछ’ धेरैको मुखमा नै झुण्डिएको छ । हुनपनि हो, बोकेदाह्रीको यो गीतले अहिलेको सामाजिक परिवेशलाई यथार्थमा चित्रण गरेको छ ।

Advertisement

गायक लुईँटेल भन्छन्, ‘पछिल्लो समय विदेशिने नेपालीको संख्या दिनानुदिन बढीरहेको छ । गाउँघरमा युवाहरू भेटिन छाडेका छन् । जसका कारण मर्दा–पर्दा सहयोग गर्ने पनि पाइन छाडेका छन् । सामाजिक परिवेशलाई चित्रण गर्दै गीत निर्माण गरेको हुँ ।’

उनकै शब्द, संगीत तथा स्वर रहेको यो गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छन् । मिलन सुवेदी ‘बाटाघरे’को निर्देशन रहेको निर्माण भएको भिडियोमा बोकेदाह्रीसहित, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेलको अभिनय छ ।

यस्तै गोपाल दर्जी, जमुना भण्डारी संजेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला बस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुद्धिमान भुजेललगायतले अभिनय गरेका छन् । सुमन तामाङले छयाङ्कन गरेको भिडियोलाई हिमाल तामाङले सम्पादन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!