संगालोखबर संवाददाता

काठमाडौं । गायक चित्रबहादुर तामाङ र गायिका सारा लामा तामाङको नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

Advertisement

गीतमा चित्रबहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्रबहादुरको सङ्गीत र करसाङको एरेन्ज छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्रबहादुर तामाङ जिम्बाले निर्देशन गरेका हुन् ।

गीतमा मौलिक पक्षलाई विशेष रुपमा समेटिएको छ । गीतको म्युजिक भिडियोमा तामाङ जातिहरुको भाषा र संस्कृतिलाई गीतमा देखाइएको छ । गीतमा रितु ब्लोन तामाङ, प्रितम तामाङ वाइवा लगायतको अभिनय देख्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!