संगालोखबर संवाददाता

धनकुटा । धनकुटा नगरपालिका–१० की ३१ वर्षीया सरिता श्रेष्ठको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । टल्के भनिने स्थानीय ३५ वर्षीय दिलबहादुर बिशुंखेलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

स्थानीय बमबहादुर तामाङको खाली रहेको घरमा श्रेष्ठ बुधवार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

अनुसन्धानकै क्रममा सोधपुछ गर्दा स्थानीय केही व्यक्तिहरुले हत्यामा बिशुंखेको संलग्नता रहेको हुन सक्ने सूचना प्रहरीलाई दिएका थिए । त्यसपछि प्रहरीले उनलाई बुधवार बेलुका पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार घटनामा शंकास्पद देखिएका बिशुंखेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

घोप्टो अवस्थामा मृत फेला परेकी महिलाबारे अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले घटना शंकास्पद पाएको थियो । त्यसबारे घरका मानिस र आसपासका मानिसहरुसँग सोधपुछ गरिएको थियो ।

घटनाबारे थप विस्तृत अनुसन्धान जारी राखिएको उल्लेख गर्दै प्रवक्ता महर्जनले बिशुखेंको सम्बन्धमा पनि अनुसन्धान भइरहेको बताए । हालसम्म बिशुंखेको संलग्नता रहे, नरहेको खुलिनसकेको उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!