कविता : आफ्नै बाटो
तिम्रो बाटो तिमी रोज, म आफ्नै बाटो रोजूँला,
तिम्रो आकाश तिमी खोज, म आफ्नै आकाश खोजूँला
तिम्रो संसार फुलोस् सधैँ, रङ्गले भरिपूर्ण होस्,
मेरो भाग्य जहाँ लेखिए, त्यहीँ नयाँ बिहान होस्
तिमी आफ्नै दीप बाल, म आफ्नै दीप बालूँला,
तिमी हाँसी जीवन काट, म पनि हाँसी बाँचूँला
तिम्रो खुसी तिम्रै रहोस्, मेरो खुसी मेरै होस्,
हाम्रो छुट्टै बाटो भए पनि, मनमा शुभकामना होस्
माया केवल साथ होइन, टाढा हुँदा पन...





























