कविता : लवज हराएको कोलाहल
जाडो याम छ !
बुढो करङमा
झुल्किने पारिलो घाम ताप्दै
समय रेखा यतिखेर
तमाशा हेरिरहेको छ
र नव आगन्तुक पाहुनालाई
निर्वाशित गरिसकेको हुनेछ
यो शून्य समय हो
तर सबै सुन्यतामा
बाचिरहेका हुन्छ्न भन्ने पनि होइन !
तिम्रो ज्यामिती खोइ ?
यो मानव कङ्कालमा कहाँ खोज्नु तिमीलाई
घर कहाँ छ
यो भग्नावशेषमा कसरी पहिचान गरौ !
तिम्रो जङ्गारमा
फूलेको हो सुनाखरि
बल्छि थापेर
निकालेकै हो संवेदनाको
महासागर...





























