कोशी माविका प्रधानाध्यापक विद्यालय समयमै रक्सी भट्टीमा भेटिएपछि…

कोशी माविका प्रधानाध्यापक विद्यालय समयमै रक्सी भट्टीमा भेटिएपछि…

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक विद्यालय समय र पोशाकमै रक्सी भट्टीमा भेटिएका छन् । सोमबार दिउँसो २ः२१ बजे बराहक्षेत्र-३ बीचपानेको एक होटलमा रक्सी पिउँदै गरेको अवस्थामा प्रधानाध्यापक बालकृष्ण अधिकारीलाई अभिभावकले भेटेका हुन् । एक अभिभावकले रक्सी खाँदै गरेको भिडियो बनाएपछि प्रधानाध्यापक अधिकारी होटलबाट बाहिर निक्लिएर मोटरसाइकल स्टार्ट गरेर ...
संरक्षण नहुँदा ओझेलमा पर्यो बुढीमोरङको मोराहाङ दरवार

संरक्षण नहुँदा ओझेलमा पर्यो बुढीमोरङको मोराहाङ दरवार

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित बुढीमोरङमा रहेको मोराहाङ दरवार ओझेलमा परेको छ । मोरङ्गे भनेर चिनिने प्राचीन मोराहाङ राजासँग जोडिएको दरबार र अपराधीलाई सजाय दिने सुलीकोट संरक्षण अभावमा ओझेलमा परेको हो । साँगुरीगढी गाउँपालिका-१ र २ मा पर्ने बुढीमोरङ आसपासको गाउँको नाम मोरङ्गे राजाले शासन गरेको स्थान र उनकी जेठी श्रीमतीको सम्बोधनबाट रहेको इतिहास पाइन्छ । मोरङ्गे राजाले आफ्नो राज्यमा अ...
डेढ दशकमा मोरङबाट ६७१ बालिका बेपत्ता, १०७ जनाको उद्धार

डेढ दशकमा मोरङबाट ६७१ बालिका बेपत्ता, १०७ जनाको उद्धार

विराटनगर । मोरङबाट पछिल्लो डेढ दशकमा ६ सय ७१ जना बालिका बेपत्ता भएका छन् । सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६ सय ७१ बालिका बेपत्ता भएकामा १ सय ७ जना फेला परेका माइती नेपाल विराटनगरले जनाएको छ । सन् २०२५ मा मानव बेचविखन तथा ओसारपसार विरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यबारे आज पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले स...
यस्तो छ भाइरल तस्बिरको कथा, जसले कृषकको मेहनत बोल्छ

यस्तो छ भाइरल तस्बिरको कथा, जसले कृषकको मेहनत बोल्छ

विराटनगर । अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरमा देख्न सकिन्छ– टेबल वरिपरि मान्छे र बीचमा पैसाको चाङ । झट्ट हेर्दा विश्वास नलाग्न पनि सक्छ । किनकी अहिले प्रविधिको दुरुपयोग गर्दै विभिन्न भ्रम छर्ने गरेको पनि पाइन्छ । तर यो तस्बिर भने वास्तविक हो । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलास्थित गोगनेका किसानले सामूहिक अलैँची खेतीबाट आम्दानी गरेको पैसा हो । यो तस्बिर ...
शिक्षण अस्पताल सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा थपियो निराशा

शिक्षण अस्पताल सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा थपियो निराशा

विराटनगर । कोशी प्रदेश सरकारले शिक्षण अस्पतालको आश्वासन दिएपनि सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा निराशा बढ्न थालेको छ । पहाडी जिल्लाको धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउने कोशी सरकारले घोषणा गरेर   प्रकृया सुरु भैसकेको सपना देखाएपनि अझै हस्पताल हस्तान्तरण नगर्दा धनकुटावासी निरास बनेका हुन् । संघियता कार्यान्वयनपछि तत्काल क्षेत्रिय सदरमुकाम सरेपछि बिरानो बन्न पुगेको धनकुटामा राजधानी माग्दै म...
बालेन र रवि एकता : समर्थनसँगै विरोधको पहिरो, क-कसले के भने ?

बालेन र रवि एकता : समर्थनसँगै विरोधको पहिरो, क-कसले के भने ?

विराटनगर । जेनजी आन्दोलनपछि नयाँ पार्टी खोल्ने लहर नै चल्यो । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका चर्चित अनुहारहरू पनि दल दर्ता तर्फ लागे । ति बाहेक अन्य चर्चामा आएका व्यक्तिहरूले पनि आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दल दर्ता गरे । नयाँ पार्टीहरू खुल्दै गर्दा धेरैले एक्लाएक्लै नभएर वैकल्पिकहरू एकजुट हुनुपर्ने धारणा राख्दै आएका छन् । धरान उपमहानगरप...
धनकुटाको छथर जोरपाटीमा आँप ब्लक कार्यक्रम सञ्चालनमा अन्यौल

धनकुटाको छथर जोरपाटीमा आँप ब्लक कार्यक्रम सञ्चालनमा अन्यौल

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम अन्यौलमा परेको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा कार्यक्रम कार्यान्वयन अन्यौल परेको हो । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्रमार्फत गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम संचालन गर्ने योजना छ । सिधुवा, बन्चरे, पाथिभरा, पिप्ले,...
कोशी प्रदेशमा सवारी दुर्घटना : मंसिर महिनामा ३२ जनाको मृत्यु, ९७९ घाइते

कोशी प्रदेशमा सवारी दुर्घटना : मंसिर महिनामा ३२ जनाको मृत्यु, ९७९ घाइते

विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर मंसिर महिनामा ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार मंसिर महिनामा भएका पाँच सय ८१ दुर्घटनामा ३२ जनाको मृत्यु भएको हो । दुर्घटनामा नौ सय ७९ जना घाइते भएका कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । चालकको लापरबाहीका कारण सबैभन्दा बढी दु...
सुनसरीमा ‘अन्धविश्वास’को जालोले सफारी चालकको हत्या, यस्तो छ कारण

सुनसरीमा ‘अन्धविश्वास’को जालोले सफारी चालकको हत्या, यस्तो छ कारण

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी सफारी चलाउँथे । उनी धामीझाँक्रीको काम पनि गर्दै आएका थिए । उनको हत्याको योजना बनाउने राजकिशोर र नन्दकिशोर साहको घरमा चौधरीलाई झारफुकका लागि बोलाउने गरिएको थियो । उनै चौधरीले ‘तन्त्रमन्त्र’ लगाएर परिवारका सदस्य बिरामी बनाएर दुःख दिएको भन्दै साह दाजुभाइले ‘सुपारी’ दिएर हत्या गर्न लगाएको खुलेको छ । उनीहरूले साढे ६ लाख रुपैयाँको सु...
घाँस काट्न सहयोग माग्दै एकान्तमा लगेर बलात्कार गरे, हँसियाले घाँटी पनि काटिदिए

घाँस काट्न सहयोग माग्दै एकान्तमा लगेर बलात्कार गरे, हँसियाले घाँटी पनि काटिदिए

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको खुलेको छ । आरोपी सार्वजनिक गर्दै मोरङ प्रहरीले बलात्कारपछि अंशुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो । अंशुको हत्या आरोपमा प्रहरीले छिमेकी ५९ वर्षीय पदम बहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई लेटाङ-२ फडानीस्थित आफ्नै घरबाट मंसिर १९ गते पक्राउ गरिएको मोरङ प्रहरीका एसपी कवित कटवालले जानक...
विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगर । विराटनगर महानगरपालिका-६ स्थित ब्रह्मपुराका स्थानीयले अब आनन्दको श्वास फेर्न पाउने भएका छन् । अव्यवस्थित ‘डम्पिङ साइट’ का कारण झण्डै दुई दशक देखि फोहोरको दुर्गन्धमा निसास्सिन बाध्य ब्रह्मपुराबासीलाई अब भने राहत मिल्ने भएको छ । विराटनगर महानगरपालिकाले आगामी पुस १ गतेबाट ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी थालेको छ । अव्यवस्थित डम्पिङ साइटका कारण स्थानीयको जनस्वास्थ्यसँगै दैनिकीमा पनि नरा...
मोरङ कारागारका कैदीबन्दीमा श्वासप्रस्वास र शरीर सुन्निने समस्या

मोरङ कारागारका कैदीबन्दीमा श्वासप्रस्वास र शरीर सुन्निने समस्या

विराटनगर । पछिल्लो समय मोरङ कारागारका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको छ । बिहीबार एकै दिन दुई कैदीबन्दीको मृत्यु भएकोमा शनिबार पनि एक कैदीको मृत्यु भएको छ । योसँगै मोरङ कारागारमा वैशाखयता मृत्यु हुने कैदीबन्दीको संख्या १४ पुगेको छ । शनिबार लागूऔषध मुद्दाका थुनुवाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका-१ घर भएका ३७ वर्षीय राजु भन्ने टंकबहादुर दर्जीको मृत्यु भएको...
दिनभरि फोहोरमा ‘मोहोर’ खोज्ने मोनीको ‘जीवन-संघर्ष’

दिनभरि फोहोरमा ‘मोहोर’ खोज्ने मोनीको ‘जीवन-संघर्ष’

विराटनगर । सबैका फरक–फरक कथा हुन्छन् । ती कथाभित्र आ-आफ्नै दुःख पनि लुकेको हुन्छ । तिनै मध्ये यो कथा विराटनगर-१७ रानीकी ३५ वर्षीया मोनी खातुनको हो । उनको दैनिकी विराटनगर-६ स्थित ब्रम्हपुरास्थित ‘डम्पिङ साइट’ मा बित्ने गरेको छ । त्यहीँबाटै उनले जीविकोपार्जनसँगै छोराछोरीको शिक्षादीक्षाको खर्च जोहो गर्छिन् । बिहानको घामसँगै उठ्ने धुलो र दुर्गन्धको कुनै प्रवाह नगरी मोनी हरेक दिन बिहान ९ बजे ‘डम्पिङ...
मोरङबाट बालबालिका हराउने क्रम बढ्यो, धेरैको अवस्था अज्ञात

मोरङबाट बालबालिका हराउने क्रम बढ्यो, धेरैको अवस्था अज्ञात

विराटनगर । दिनहुँ जसो बालबालिका हराएका सूचना सामाजिक सञ्जालमा देखिन्छन् । प्रहरीमा पनि खोजीका लागि निवेदन दिइन्छ । तर फेला परेको जानकारी कमै मात्र पाइन्छ । मोरङमा पनि बालबालिका हराउने क्रम बढेको छ । कतिपय विद्यालयबाटै र कतिपय घरबाटै बेपत्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको हालसम्म २४ जना बालक र ९१ जना बालिका गरी ११५ जना हराएका छन् । जसमध्य...
पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

पुष्पलालचोक-तीनपैनी सडक : पहिला पूर्वकै नमूना, अहिले खाल्डै-खाल्डाको धराप

विराटनगर । विराटनगरको पुष्पलाल चोकदेखि तीनपैनीसम्मको सडक कुनै बेला पूर्वी नेपालकै नमूना सडकका रूपमा परिचित थियो । दुई लेन सडकको बीच भागमा बनाइएको आइल्याण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो भने रातको समयमा सडकलाई उज्यालो बनाउन सोलार बत्ती जडान गरिएको थियो । तर अहिले सोही सडकले दुर्घटनाको धराप थापेको छ । सडकभरि रहेका खाल्डाका कारण सवारी आवत-जावत जोखिमपूर्ण बनेको छ । स्थानीय निर्मला पाण्डेक...
धनकुटाका दुर्गामणि पौडेल : दुई दशकपछि गाउँ फर्किएर खोले वाइन उद्योग

धनकुटाका दुर्गामणि पौडेल : दुई दशकपछि गाउँ फर्किएर खोले वाइन उद्योग

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेकटहरेस्थित तोरीबारीका दुर्गामणि पौडेलले निजी लगानीमा वाइन उद्योग खोलेका छन् । स्थानीयलाई रोजगारी दिने उद्देश्यसहित करिब १० करोड लागतमा पौडेलले वाइन उद्योग खोलेका हुन् । बसन्तपुर तीनजुरे बेभरेज प्रालिले सञ्चालनमा ल्याएको तीनजुरे किबी उद्योगबाट ‘तीनजुरे बगान वाइन’ उत्पादन सुरु भएको छ । उद्योगमा स्थानीय कृषकले उत्पादन गरेको किवी खपत हुँदै आएको छ भने स्थ...
कोशीका २ हजार बढी द्वन्द्वपीडित परिवार अझै न्यायको पर्खाइमा

कोशीका २ हजार बढी द्वन्द्वपीडित परिवार अझै न्यायको पर्खाइमा

विराटनगर । नेपाल सरकार र तत्कालीन विद्रोह पक्षबीच विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ । २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता भएपनि कोशी प्रदेशका दुई हजार ७९ द्वन्द्वपीडित परिवार अझै न्याय पाएका छैनन् । विस्तृत शान्ति सम्झौतामा भएको सम्झौता अनुसार ६० दिनभित्र द्वन्द्वमा अपाङ्गता भएका, बलपूर्वक बेपत्ता पारिएका र हत्या गरिएका परिवारका सदस्यलाई जानकारी दिने र उचित न्यायसहित परिपूरणको व्य...
विराटनगरमा सरसफाइ सचेतना अभियानले पनि रोकिएन जथाभावी फोहोर फ्याँक्ने प्रवृत्ति 

विराटनगरमा सरसफाइ सचेतना अभियानले पनि रोकिएन जथाभावी फोहोर फ्याँक्ने प्रवृत्ति 

विराटनगर । विराटनगर महानगरपालिकामा सरसफाइ सचेतना सम्बन्धि अभियान बढेपनि जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिको अन्त्य भएको छैन । महानगरपालिका तथा अभियन्ताहरू सहरलाई सफा बनाउन अग्रसर भएपनि नागरिक सचेत नहुँदा समस्या देखिएको हो । महानगरपालिकाले तीन वटा निजी कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ । ती कम्पनीले सरसफाइ सदस्यता लिएका घरहरूको फोहोर संकलन गर्छन । तर सार्वजनिक स्थलको फोहोर संकलनमा समस्...
खाद्यान्नबालीको गुणस्तरीय बिउ अनुसन्धान केन्द्रको भण्डारणमै थन्कियो

खाद्यान्नबालीको गुणस्तरीय बिउ अनुसन्धान केन्द्रको भण्डारणमै थन्कियो

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान केन्द्रमा विभिन्न प्रजातिका खाद्यबालीको गुणस्तरीय बिउ भण्डारणमै थन्किएको छ । स्थानीय सरकारसँग समन्वय नहुँदा केन्द्रले उत्पादन गरेको गुणस्तरीय बिउ बिक्री नभएपछि भण्डारणमै थन्किएको हो । केन्द्रले विभिन्न प्रजातिका खाद्यबालीको बिउ उत्पादन गर्दै आएकोमा बिक्री नहुँदा समस्या भएको छ । तर पनि केन्द्रले बिउ उत्पादनलाई निरन्तरता दिँदै आएको छ । ...
विराटनगरमा छैनन् घुमफिर गर्ने स्थल, समय व्यतीत गर्न अन्यत्र जानुपर्ने बाध्यता

विराटनगरमा छैनन् घुमफिर गर्ने स्थल, समय व्यतीत गर्न अन्यत्र जानुपर्ने बाध्यता

विराटनगर । विराटनगर कोशी प्रदेशको राजधानी मात्र नभएर प्रदेशकै एक मात्र महानगरपालिका हो । जसका कारण लाग्न सक्छ, विराटनगर सम्पूर्ण पक्षमा पूर्ण छ । तर, सोचेभन्दा धेरै फरक छ । विराटनगरमा घुमफिरका लागि उपयुक्त स्थान छैनन् । फुर्सदको समयमा परिवार तथा साथीभाइसँग घुमफिर गर्ने योजना बनाउँदा पनि विराटनगरमा ठाउँ नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । विराटनगरमा उपयुक्त घुमफिर गर्ने स्थान नहुँदा अन्यत्रै ज...
साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

साँगुरीगढीमा जनप्रतिनिधि र कर्मचारीबीच लफडा, यस्तो छ कारण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच लफडा भएको छ । वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बु र गाउँपालिकाका योजना अधिकृत दोर्णबहादुर राईबीच लफडा भएको हो । वडाध्यक्ष लिम्बुले कर्मचारी राईको कुटपिटबाट हातको औँला भाँचिएको दाबी गरेका छन् भने कर्मचारी राईले वडाध्यक्षले मुक्का प्रहार गर्दा दुई वटा दाँत हल्लिएको दाबी गरेका छन् । बुधबार दिउँसो कार्यकक्षमा काम गरिरहेको अवस्...
धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान कार्यलयको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेस्र सेमेन (बंगुरको ताजा वीर्य) संकलन गरी बंगुरमा गरिने कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । पाख्रीबासमा कालो बंगुरको अनुवांशिक शुद्धता र बंगुरपालक किसानको सुविधाका लागि कृत्रिम गर्भधारण सेवा २०७८ सालदेखि सुरु भएको हो । प्रयोगशाला व्यवस्थापनपछि ...
अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको दुई साता नाघेको छ । कक्षा ५ मा पढ्ने गौतम असोज २१ गते दिउँसो घरबाट खेल्न जान्छु भन्दै निक्लिएकी थिइन् । तर उनी घर फर्किइनन् । उनी हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी बनभित्र क्षतविक्षत अवस्थामा शव भेटियो । शव भेटिएको १८ दिन हुँदा पनि  पनि उनको मृत्युको कारण खुल्न सकेको छैन । शरीर र टाउको ...
आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

आगामी निर्वाचनको मतदाता बन्न पाउँदा जेनजी पुस्ता उत्साहित 

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै असोज १० गतेबाट सुरु भएको मतदाता नामावली संकलनमा नाम दर्ता गराउनेको संख्या बढ्दो छ । जसमा जेनजी पुस्ता अगाडि देखिएको छ । जेनजी पुस्ताका अशोक कामत विराटनगर बसेर पढिरहेका छन् । उनको घर सिराहा हो । आगामी निर्वाचनका लागि मतदाता बन...
जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

जेनजी आन्दोलनपछि बल्न छाडे विराटनगरका ट्राफिक बत्ती, मर्मतको छैन टुङ्गो

विराटनगर । विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक बत्ती नबल्दा सवारी आवागमन अस्तव्यस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बल्न छाडेका ट्राफिक बत्ती मर्मतको अत्तोपत्तो छैन । ट्राफिक बत्ती नबल्दा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ । कार्यालय समयमा थप सवारी चाप हुनेहुँदा बाटो काट्ने पैदलयात्रीलाई थप समस्या थपिएको छ । विराटनगर भर्खर-भर्खर ट्राफिक बत्तिमा अभ्यस्त हुँदैथियो...
जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

जुत्ता-चप्पल बनाउने धनकुटाका घरेलु उद्योग सङ्कटमा 

धनकुटा । धनकुटामा सञ्चालित जुत्ता-चप्पल बनाउने घरेलु उद्योग सङ्कटमा परेका छन् । रेडिमेट जुत्ता-चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब ४ दशक अघिदेखि जुत्ता-चप्पल बनाउँदै आएका घरेलु उद्योग सङ्कटमा परेका हुन् । धनकुटा नगरपालिका-७ संगम टोलमा सञ्चालित अधिकांश जुत्ता-चप्पल बनाउने उद्योग बन्द भइसकेका छन् । भएका पनि सङ्कटमा परिसकेका छन् । कुनै बेला ती उद्योगमा जुत्ता-चप्पल किन्नेको भीड लाग्थ्यो । तर अह...
धनकुटाका दुई वडाध्यक्ष : जनताको सेवासँगै निरन्तर कृषिकर्ममा रमाउँदै

धनकुटाका दुई वडाध्यक्ष : जनताको सेवासँगै निरन्तर कृषिकर्ममा रमाउँदै

धनकुटा । धनकुटामा दुई जनप्रतिनिधिले सफल कृषकको पहिचान बनाएका छन् । लगानी, मेहनत र आम्दानी बढाउँदै गएसँगै उनीहरूले कृषि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका हुन् । धनकुटा नगरपालिका-२ स्थित भिरगाउँका चन्द्रलाल तामाङ र महालक्ष्मी नगरपालिका-१ घुमाउनेका टेक बहादुर गुरुङ वडाध्यक्ष हुन् । उनीहरूले दोस्रो कार्यकाल पनि वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । जनताको कामसँगै उनीहरू लामो समयदेखि कृष...
धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटा । धनकुटाका ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै गएको छ । गोबर ग्यासबाट दोहोरो फाइदा लिन सकिने भएपछि ग्रामीण क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी बन्दै गएको हो । गाई, भैंसीको गोबरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज हुने भएकाले किसानलाई दोहोरो फाइदा पुगेको छ । ग्रामीण भेगमा एलपी ग्यास भन्दा प्रभावकारी गोबर ग्यास भएको धनकुटाका लाखमान तामाङले बताए । ‘ग्रामी...
अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

धनकुटा । अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका कृषक चिन्तित भएका छन् । व्यवसायिक खोर्सानी खेती गर्दै आएका किसान उचित मूल्य नपाउँदा मारमा परेका हुन् । गतवर्ष अकबरे खोर्सानी प्रतिकिलो ३ देखि ४ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । तर यसवर्ष प्रतिकिलो १ देखी १ सय ८० रुपैयाँसम्ममा मात्रै बिक्री भइरहेको कृषक प्रदिप ओझाले बताए । उनले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएका छन् । खोर्सानी उत्...
धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटा । नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै गएको छ । धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट जो-कोहीले पनि कोसेलीका रूपमा लैजाने गरेका छन् । बाहिरी जिल्लाबाट धनकुटा आउने पाहुनाहरूले फर्कने समयमा नरिवल बिस्कुट लैजाने गरेका कारण बिक्री वितरण पनि राम्रो छ । धनकुटा नगरपालिका-४ देव्रेबासका स्वर्गीय विश्वेश्वरमान श्रेष्ठले २००८ सालमा मोहन बिस्कुट उद्योगको स्थापना गरेको इतिहास छ । देव्रेबासमा चिया पसल ग...
छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको छ । अस्थायी र करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मी, शिक्षक लगायत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको हो । कर्मचारी हटाएपछि वडा नम्बर २ र ५ का चार वटा स्वास्थ्य चौकी बन्द भएका छन् । जसबाट स्थानीय बिरामी हुँदा सामान्य उपचार र आवश्यक औषधि समेत पाउन सकेका छैन...
error: Content is protected !!