पाँचथरमा गोरुले हान्दा एक जनाको मृत्यु

पाँचथरमा गोरुले हान्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१४ सानो भालुखोपमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६९ वर्षीय पदमवीर राई छन् । मंगलबार साँझ करिब ५ बजे आफैँले पालेको गोरुले बाँध्ने क्रममा राईलाई हानेको प्रहरीले जनाएको छ । गोरुले हानेपछि करिब १ सय ५० मिटर तल खसेका राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्णले जानकारी दिए । शव पोष्टमार्ट...
पाँचथर र इलाम सीमावर्ती गोरुवाले भन्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

पाँचथर र इलाम सीमावर्ती गोरुवाले भन्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

विराटनगर । पाँचथर र इलामको सीमावर्ती क्षेत्र गोरुवाले भन्ज्याङ नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचथरको फिदिम नगरपालिका-१४ घर भएका सोमबहादुर राईको मृत्यु भएको हो । इलामको माइमझुवाबाट नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर पाँचथरको लुङरुपातर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ३४०२ नम्बरको ट्याक्टर शनिबार राति भीरबाट खस्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले ज...
पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-१ मा छोराले बाबुको हत्या गरेका छन् । आइतबार ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिष कर्णका अनुसार युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको कर्णको भनाइ छ । घटनाको ...
वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

विराटनगर । चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर वर्षा हुँदा आएको बाढी र पहिरोका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर-ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द रहेको प्रहरीले जनाएको  छ । मोन्थाको प्रभावले कोश...
तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-१ स्थित आङदिममा वर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत गरिएको छ । क्षतिग्रस्त सडकका कारण यातायातका साधन आवत-जावत ठप्प भएपछि स्थानीय युवाहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । गाउँपालिका र वडा केन्द्र जोड्ने, गाउँदेखि मुख्य सडकसम्म जोडने भित्री सडक खण्डमा  अविरल वर्षाले क्षति पुर्याएको थियो । जसका कारण स्थानीय कृषिजन्य उत्पादन बजार लैजान समस्या भएको थियो...
पाँचथरमा भरुवा बन्दुकले हानेर छोराको हत्या, बुबा पक्राउ

पाँचथरमा भरुवा बन्दुकले हानेर छोराको हत्या, बुबा पक्राउ

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा भरुवा बन्दुकले हानेर बुबाले आफ्नै छोराको हत्या गरेका छन् । आइतबार अपराह्‍न ५२ वर्षीय बखतसिंह सिंगकले १७ वर्षीय छोरा सफल सिंगकको हत्या गरेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर घर पछाडिको बारीमा बखतसिंहले छोरालाई बरुवा बन्दुक प्रहार गरेका थिए । बरुवा बन्दुकले लागेर सफलको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको...
पाँचथरमा मोटरसाइकल खोल्सामा खस्दा एक जनाको मृत्यु

पाँचथरमा मोटरसाइकल खोल्सामा खस्दा एक जनाको मृत्यु

विराटनगर । पाँचथरको फिदिम नगरपालिका-१३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका-१३ का ४२ वर्षीय हर्क राईको मृत्यु भएको हो । आज बिहान गाउँबाट दूध सङ्कलन गरेर डेरीतर्फ फर्कँदै गर्दा मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको प्रहरीले जनाएको छ । पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।
पाँचथरको दुथेनीमा पहिरो जाँदा फेमे खोला थुनियो

पाँचथरको दुथेनीमा पहिरो जाँदा फेमे खोला थुनियो

विराटनगर । पाँचथरको फिदिम नगरपालिका-१२ स्थित दुथेनीमा पहिरो जाँदा फेमे खोला थुनिएको छ । सोमबार साँझ परेको पानीका कारण झरेको पहिरोले खोला थुनिएको हो । अहिले खोलाबाट पानी बग्न थालेपछी तत्कालका लागि जोखिम कम भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । पुनः पानी परेको खण्डमा जोखिम हुनसक्ने भएकाले त्यस क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ‘अहिले खोलाको पानी बग्न ...
पाँचथरमा पाहा मार्न जाँदा खोलामा फसेका ४ जनाको सकुशल उद्धार

पाँचथरमा पाहा मार्न जाँदा खोलामा फसेका ४ जनाको सकुशल उद्धार

पाँचथर । पाँचथरमा बाढीका कारण खोलामा फसेका चार जना मानिसको सकुशल उद्धार गरिएको छ । याङवरक गाउँपालिका-२ स्थित ईवा खोलामा अचानक आएको बाढीका कारण खोलाको बीच भागमा फसेका उनीहरूको उद्धार गरिएको हो । फिदिम नगरपालिका-४ का १९ वर्षीय प्रतीक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ वर्षीय सन्तोष पन्धाकको उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भदौ १...
२० लाख ठगीको आरोपमा रंगेलीका पुरुष चितवनबाट पक्राउ

२० लाख ठगीको आरोपमा रंगेलीका पुरुष चितवनबाट पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ घर भई चितवनको भरतपुर महानगरपालिका-४ त्रिचोकमा बस्दै आएका पुरुष पक्राउ परेका छन् । २० लाख रुपैयाँ ठगीको आरोपमा ४२ वर्षीय अमित महतो भन्ने कृष्ण मुर्मुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङलाई ठगेका थिए । उनले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङसँगको मिलेमतोमा साझ...
पाँचथरमा बाढी र पहिरोका कारण ६ वटा सडक अवरुद्व

पाँचथरमा बाढी र पहिरोका कारण ६ वटा सडक अवरुद्व

विराटनगर । पाँचथरमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ६ वटा सडक अवरुद्ध भएका छन् । पाँचथरबाट विभिन्न स्थानलाई जोड्ने मुख्य सडकसहित भित्री सडक खण्ड अवरुद्ध भएका छन् । बाढीले डाइभर्सनमा क्षति पुऱ्याउँदा मेची राजमार्गको पाँचथर खण्ड, फिदिम फालोट सडक खण्ड र फालेलुङ-५ लुदिनटारको भित्रि सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले जानकारी दिए । यस्तै पहिरो...
पाँचथरमा विद्यालय हिँडेका दाजु-बहिनी पाँच दिनपछि मृत फेला

पाँचथरमा विद्यालय हिँडेका दाजु-बहिनी पाँच दिनपछि मृत फेला

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ को बिरुवा खोलामा दाजु-बहिनी मृत फेला परेका छन् । पाँच दिनदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ५ वर्षीया छोरी नानुमा भन्ने नुमा राई आज बिहान मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङका अनुसार विद्यालय जान भनेर हिँडेका उनीहरू साउन १५ गतेबाट बेपत्ता भएका थिए । उनीहरूको खोजी भइरहेकोमा आज बिहान करिब ९...
पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

विराटनगर । पाँचथरमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फालेलुङ गाउँपालिका-७ आहाले घर भएका २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका हुन् । प्रहरीका अनुसार घटना फिदिम नगरपालिका-१ नाम्दुमा बिहीबार राति करिब १० बजे भएको हो । विवादका क्रममा तामाङले श्रीमतीको टाउकोमा कोदालोको पासोले हानेको खुलेको प्रहरीले जनाएको छ । कोदालोको पासो प्रहारबाट गम्भीर घ...
पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

विराटनगर । कृषकहरूले समयमै मलखाद र उन्नत जातको बीउ नपाउने समस्या त छँदैछ । सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने अर्को बाध्यता छ । त्यतिमात्र होइन, जसोतसो बाली लगाएपनि त्यसलाई जङ्गली जनवारबाट कसरी जोगाउने भन्ने अर्को चिन्ता पनि छ । यसैलाई मध्यनजर गर्दै पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ ले ९ जना बाँदर हेरालु नियुक्त गरेको छ । वडाले मकैको घोगा लाग्न सुरु गरेदेखि भाँच्ने बेलासम...
मेची राजमार्ग अन्तरगत हेवाखोला डाइभर्सन सञ्चालन

मेची राजमार्ग अन्तरगत हेवाखोला डाइभर्सन सञ्चालन

पाँचथर ।  पाँचथरको हेवा खोलामा ५ दिनपछि डाइभर्सन सञ्चालनमा आएको छ । गत शनिबार राति आएको बाढीले क्षति पुर्याएको डाइभर्सन बिहीबार साँझबाट सञ्चालनमा आएको हो । मेची राजमार्ग अन्तर्गतको हेवा खोला डाइभर्सन मर्मत गरेसँगै यातायात र ढुवानीका साधन वारपार हुन थालेका छन् । सडक डिभिजन इलामले खोलामा पानीको मात्रा घटेसँगै डाइभर्सन मर्मत गरी सडक खुलाएको हो । डाइभर्सनबाट दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र सबैखाले हलुक...
हेवा खोलामा पानीको सतह बढ्दा मेची राजमार्ग अवरुद्ध

हेवा खोलामा पानीको सतह बढ्दा मेची राजमार्ग अवरुद्ध

विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह बढेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोलामा पानीको सतह बढेपछि सवारीसाधन आवत-जावत ठप्प भएको हो । ‘पानीको सतह क्रमशः घट्दै छ । पानीको बहाव पूर्णरूपमा घटेको छैन’, पाँचथरका प्रहरी प्रवक्ता रूपेश तामाङले संगालोखबरसँग भने, ‘क्षति भएको ठाउँमा जेसीबीको माध्यमबाट मर्मत गर्ने काम भइरहेको छ । तर सवारीस...
पाँचथरमा सेफ्टी ट्याङ्कीमा बेहोस भएका तीन जनामध्ये एकको मृत्यु

पाँचथरमा सेफ्टी ट्याङ्कीमा बेहोस भएका तीन जनामध्ये एकको मृत्यु

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ घुर्बिसेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार बेहोस भएका तीन जनामध्ये फाल्गुनन्द गाउँपालिका-५ का ३८ वर्षीय रत्न चेम्जोङको मृत्यु भएको हो । सोही ठाउँका २४ वर्षीय भीष्म चेम्जोङ र ४० वर्षीय बिरू चेम्जोङ बेहोस छन् । उनीहरूको झापास्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सू...
पाँचथरमा २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

पाँचथरमा २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । पाँचथरको फिदिममा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २१ वर्षीय विवश खड्का, २६ वर्षीय अंकित शर्मा, पाँचथरका २१ वर्षीय अनिष योङहाङ, २४ वर्षीय सञ्जय तामाङ र २३ वर्षीय उमेश तामाङ छन् । आइतबार बिहान ४ बजे फिदिम नगरपालिका-१ स्थित बाटिका होटलमा आफूमाथि सामूहिक करणी भएको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आधारमा उनी...
खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध बनेका मेची र सिद्धिचरण राजमार्ग सुचारु भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो । ओखलढुंगाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विजय कार्कीले पहिरो पन्छाएर बिहानैदेखि सवारी-साधन आवागमन सुचारु गरिएको जानकारी दिए । पहिरोका कारण रोकिएका सवारी गन्तव्यतर्फ गइसकेका कार्कीले संगालोखबरलाई जानकारी दि...
पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु भएको छ । सोमबार साँझदेखि परेको पानीले हेवा खोलाको डाइभर्सन पार गरेपछि अवरुद्ध भएको मेची राजमार्ग पानीको सतह घटेसँगै सुचारु भएको हो । प्रहरीका अनुसार हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेका सवारी साधन बाटोमा नै रोकिएका थिए । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ गइसकेको जि...
पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

विराटनगर । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जना मजदुरको मृत्यु भएको छ । शनिबार साँझ ६ बजे बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीए...
तमोर नदीमा बेपत्ता किशोरको शव फेला

तमोर नदीमा बेपत्ता किशोरको शव फेला

विराटनगर । तमोर नदीमा बेपत्ता किशोरको शव फेला परेको छ । पौडी खेल्न गएका बेला बेपत्ता भएका १६ वर्षीय शिशिर राईको शव नदी किनारमा भेटिएको हो । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-७ भालुखोप घर भएर उनी फिदिम बजारमा बस्दै आएका थिए । उनी जेठ २४ गते पाँचथर र तेह्रथुमको सीमावर्ती तमोर नदीबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको खोजी भइरहेकोमा बुधबार साँझ शव भेटिएको पाँचथर प्रहरीले जनाएको ...
मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । आइतबार मोरङ र पाँचथरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्युरो  काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, दुई लाख ८८ हजार दुई सय ५० रुपैयाँ...
तमोर करिडोरको हेवा खोला डाइभर्सन बाढीले बगायो

तमोर करिडोरको हेवा खोला डाइभर्सन बाढीले बगायो

विराटनगर । पाँचथरको फिदिम र हिलिहाङको सिमानामा रहेको हेवा खोला डाइभर्सन बाढीले बगाएको छ । आज बिहान आएको बाढीले तमोर करिडोरमा पर्ने हेवा खोलामा डाइभर्सनका लागि लगाइएका ह्‍युमपाइप बगाएको हो । डाइभर्सन बगाएसँगै तमोर करिडोरको पाँचथर-ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रूपेश तामाङले संगालोखबरलाई जानकार दिए । उक्त सडक अवरुद्ध भएसँगै तमोर करिडोर ह...
पाँचथरमा बन्दुक पड्किएर युवकको मृत्यु

पाँचथरमा बन्दुक पड्किएर युवकको मृत्यु

विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा जंगलमा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बुधबार राति वन्यजन्तुको सिकार गर्न गएका फिदिम नगरपालिका-९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार मगर छिमेकी ३३ वर्षीय मनबहादुर सम्बाहाम्फेसँग सिकार खेल्न जंगल गएका थिए । बन्दुक पड्किएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा चिकित्सकले मृत घो...
पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-६ नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार मिक्लाजुङ गाँउपालिका-७ का २० वर्षीय ईसारा थिगिमको मृत्यु भएको हो । प्रहरीका अनुसार माछा मार्ने क्रममा जनेरेटरबाट अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरेर...
पाँचथर डढेलो अपडेट : थप एक जनाको मृत्यु

पाँचथर डढेलो अपडेट : थप एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा डढेलोमा परेर गम्भीर घाइते भएकी ४७ वर्षीया उषाकला राईको मृत्यु भएको छ । बिहीबार अपरान्ह फिदिम नगरपालिका-१३ जोबारीस्थित वनमा लागेको डढेलोमा जलेर घाइते भएकी उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहका अनुसार उनको सिन्धुलीमा मृत्यु भएको हो । यसअघि कुम्मायक गाउँपालिका-३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको ...
पाँचथरमा डढेलो बस्तीमा सल्किएर घरगोठ जल्दा ४६ लाख बराबरको क्षति

पाँचथरमा डढेलो बस्तीमा सल्किएर घरगोठ जल्दा ४६ लाख बराबरको क्षति

विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका-३ मा डढेलो बस्तीमा सल्कँदा ४६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरगोठसँगै पशुचौपाया र अन्य सामग्री जलेर नष्ट हुँदा ४६ लाख ५० हजार बराबरको क्षति भएको हो । कुम्मायक-३ का ७५ वर्षीय भीम बहादुर थापाको फुसको छानो भएको दुई तले घर जल्दा पाँच लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडावर्तन लगायतका सामान जलेका छन् । सोही स्थानका ५५ वर्षीय...
पाँचथरमा डढेलोमा जलेर घाइते युवतीको मृत्यु, पाँच जना घाइते

पाँचथरमा डढेलोमा जलेर घाइते युवतीको मृत्यु, पाँच जना घाइते

विराटनगर । पाँचथरमा डढेलोमा जलेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका-३ ताम्राखु जङ्गलमा लागेको ढडेलोमा परेर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि धरानतर्फ लग्दै गर्दा धनकुटाको भेडेटारमा मृत्यु भएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहले संगालोखबरलाई जानकारी दिए । डढेलोम...
पाँचथरमा विद्यार्थी पुर्‍याएर फर्किँदै गरेको बोलेरो दुर्घटना, चालकको मृत्यु

पाँचथरमा विद्यार्थी पुर्‍याएर फर्किँदै गरेको बोलेरो दुर्घटना, चालकको मृत्यु

विराटनगर । पाँचथरमा विद्यार्थी घर पुर्‍याएर फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । हिलिहाङ गाउँपालिका-१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्‍याएर  फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा हिलिहाङ-१ का ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएक...
पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ का वडाध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७४ वर्षीय नेम्वाङको आज निधन भएको हो । विभिन्न अस्पतालमा उपचार गराए पनि निको हुने सम्भावना भएपछि केही समयदेखि उनलाई घरमा नै राखिएको थियो । २०७४ साल र २०७९ सालको स्थानीय तह निर्वाचनबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरी रहेका छन् । आजनै उनको पौवासारतापमा अन्तिम ...
error: Content is protected !!