धनकुटाको राम्चेडाँडा: जहाँबाट देखिन्छ विश्वकै होचो उपत्यकादेखि हिमश्रृङ्खलासम्म

धनकुटाको राम्चेडाँडा: जहाँबाट देखिन्छ विश्वकै होचो उपत्यकादेखि हिमश्रृङ्खलासम्म

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ स्थित राम्चेडाँडाबाट विश्वकै होचो अरुण उपत्यकादेखि अग्ला हिमश्रृङ्खलासम्म देख्न सकिन्छ । जसका कारण मनोरम दृश्यावलोकनका लागि आन्तरिक पर्यटकहरू राम्चेडाँडा पुग्ने गरेका छन् । त्यहाँबाट देखिने अरुण उपत्यकाको समथर फाट र अग्ला हिमालको मनमोहक दृश्यले मन लोभ्याउने गरेको छ । समुद्र सतहदेखि करिब १४ सय मिटरको उचाइमा रहेको यो डाँडामा दृष्यावलोकनका लागि भ्यु टावर पनि...
धनकुटाका थापा विदेशबाट फर्किएपछि खोर्सानी खेतीमा आकर्षित

धनकुटाका थापा विदेशबाट फर्किएपछि खोर्सानी खेतीमा आकर्षित

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ राम्चेडाँडाका मोहन थापा केही वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्किए । करिब एक दशक दुवैमा बिताएका थापा घर फर्किएर कृषि पेशामा लागे । अहिले उनै थापाले केहीलाई रोजगारी समेत दिएका छन् । दुई वर्षअघि तीन रोपनी क्षेत्रफलबाट व्यवसायिक अकबरे खोर्सानी खेती सुरु गरेका थापाले अहिले ९ रोपनीमा खोर्सानी लगाएका छन् । भदौ अन्तिम साताबाट टिप्न सुरु गरिएको अकबरे खोर्सानी पुषस...
धनकुटाका भण्डारी ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै

धनकुटाका भण्डारी ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै

धनकुटा । धनकुटा नगरपालिका-९ छिम्सुवाका किशोर भण्डारीले ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । अन्य बालीका लागि उपयुक्त नभएको जमिनमा ड्रागन लगाएर उनले राम्रो आम्दानी गर्न थालेका हुन् । अन्य नगदेबालीसँगै ड्रागन फ्रुटको खेती विस्तार गरेपछि वार्षिक १५ लाख बढी आम्दानी हुन थालेको उनले बताए । तमोर नदी बगरको जमिनमा अन्य खेती गर्दा लगानी उठ्न समेत मुस्किल हुन्थ्यो । तर अहिले उनले यही बगरम...
धनकुटामा निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर, अमेरिकन डाक्टरले उपचार गर्दै

धनकुटामा निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर, अमेरिकन डाक्टरले उपचार गर्दै

धनकुटा । धनकुटामा वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित विरामीहरुलाई लक्षित गरेर अलोहा मिसन हवाइ अमेरिकाको प्रविधिक सहयोगमा जिल्ला अस्पताल धनकुटामा ६ दिने शिविर आयोजना गरिएको हो । पूर्व मन्त्री एवं सांसद राजेन्द्र कुमार राई, कोशी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रमणि पराजुली, प्रदेश संसाद निरन राई, संविधान सभा सदस्य मनोहर नरायण श्रेष्ठ, धनकुटा ...
धनकुटामा घट्दै पिङको रौनकता : लोप हुँदै गएको मौलिक संस्कृति जोगाउन चुनौती

धनकुटामा घट्दै पिङको रौनकता : लोप हुँदै गएको मौलिक संस्कृति जोगाउन चुनौती

धनकुटा । दशैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर एकपटक धर्ती छाड्नैपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ । सोही मान्यताका कारण केही वर्ष अघिसम्म धेरैतिर पिङ लगाउने गरिन्थ्यो । तर पछिल्लो समय कमै मात्रमा पिङ देख्न पाइन्छ । धनकुटाका गाउँघरदेखि सहरबजारसम्म केटाकेटीदेखि युवायुवतीसम्म रमाइलो गर्ने उद्देश्यले लिङ्गे पिङ लगाउन सुरु गरिएको छ । दशैँ र तिहारलाई लक्षित गरी लगाइने पिङ एक दशक अघि...
धनकुटामा हराउँदै रातो माटोले घर पोत्ने प्रचलन

धनकुटामा हराउँदै रातो माटोले घर पोत्ने प्रचलन

धनकुटा । केहीवर्ष अघिसम्म रातो माटो, खाटो र कमेरोले घर पोतेपछि गाउँघरमा दशैँको रौनक छाउँथ्यो । तर पछिल्लो समय आधुनिक शैलीमा सिमेन्ट तथा कंक्रिटबाट घर निर्माण हुन थालेसँगै घर पोत्ने प्रचलन हराउँदै गएको हो । विषेश गरेर पहाडी जिल्लाहरूमा माटोले घर पोत्ने गरिन्छ । दशैँ सुरु भएपछि परापूर्वकालदेखि नै आ-आफ्नो घर सिँगार्ने तथा लिपपोत गर्ने प्रचलन चलिआएको थियो । परम्परागत शैलीमा ढुंगा, माटो तथा काठ प्रय...
तरकारी खेतीबाट काँचुली फेर्दै धनकुटाका किसान : एक वर्षमा ८ अर्बको उत्पादन

तरकारी खेतीबाट काँचुली फेर्दै धनकुटाका किसान : एक वर्षमा ८ अर्बको उत्पादन

धनकुटा । धनकुटाका किसान तरकारी खेतीबाट आत्मनिर्भर हुन थालेका छन् । सडक सञ्जाल र आधुनिक प्रविधिको फड्कोसँगै तरकारी उत्पादन र निर्यात बढ्न थालेसँगै आम्दानी पनि बढेको हो । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत वर्ष जिल्लाभर करिब ८ अर्बको तरकारी उत्पादन भएको छ । धनकुटामा गतवर्ष ७ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ बराबरको तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी द...
धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा (फोटो फिचर)

धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा (फोटो फिचर)

धनकुटा । बडादशैंको पहिलो दिन आज धनकुटाको निशान भगवती मन्दिरमा पनि जमरा राखिएको छ । आज बिहान ११ः४७ को उत्तम साइतमा घटस्थापना गरी जमरा राखिएको हो । निशान भगवती मन्दिरमा वि.सं. १८३१ सालदेखि निरन्तर जमरा राख्ने गरिएको छ । विशेष पुजा-आराधाना गरि विधिपूर्वक जमरा राखिएको मन्दिरका पुजारी चिरञ्जीवी सापकोटाले जानकारी दिए । आज राखिएको जमरा दशैँको टीकाको दिन देवीको प्रसादको रूपमा ग्रहण गरिन्छ । मन्दिरमा...
धनकुटाको निजामती आविका विद्यार्थीले बनाए एआई रोबोटिक्स उपकरण

धनकुटाको निजामती आविका विद्यार्थीले बनाए एआई रोबोटिक्स उपकरण

धनकुटा । धनकुटाको चुलिवनस्थित निजामती आवासीय विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र कोडिङ सम्बन्धी स्वचालित स्मार्ट उपकरण बनाएका छन् । ६ दिनसम्म सञ्चालन भएको एआई रोबोटिक्स तालिम पश्चात् विद्यार्थीहरूले उपकरण बनाएका हुन् । उनीहरूले स्मार्ट ब्लाइण्ड स्टिक, ब्लुटुथ कन्ट्रोलर कार, स्मार्ट डस्टबिन, स्वचालित गमला, ग्यास पत्ता लगाउने उपकरण, अवरोध पहिचान गर्ने रोबोट र ट्राफिक ला...
धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन, अखाद्य बस्तु बरामद

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन, अखाद्य बस्तु बरामद

धनकुटा । धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । बजार क्षेत्रमा सञ्चालित होटल, फलफूल पसल र किराना तथा खुद्रासहित १८ पसलमा अनुगमन गरिएको हो । आज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा म्याद गुज्रिएका अखाद्य बस्तु फेला परेका छन् । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु जफत गरी जलाएर नष्ट गरिएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले चाडपर्व नजिकिएसँगै उपभोक्ताहरू...
धनकुटामा तीन जना सवार मोटरसाइकल र बोलेरो ठोक्किएपछि…

धनकुटामा तीन जना सवार मोटरसाइकल र बोलेरो ठोक्किएपछि…

धनकुटा । धनकुटा बसपार्कबाट बोलेरो गाडी आफ्नो गन्तव्यतर्फ अघि बढ्छ । विपरीत दिशाबाट तीन जना सवार मोटरसाइकल तीव्र गतिमा हुइँकिँदै आउँछ । चालकले हेलमेट समेत लगाएका हुँदैनन् । मोटरसाइकल अनियन्त्रित भएर बोलेरोमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु हुन्छ । मोटरसाइकल पछाडि सवार अन्य दुई जनालाई प्रहरीले तत्कालै उद्धार गरेर उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पठाउँछ । दुर्घटनापछि स्थानीयहरूले...
पाख्रीबास बजारमा छड्के अनुगमन, म्याद गुज्रिएका सामान जफत

पाख्रीबास बजारमा छड्के अनुगमन, म्याद गुज्रिएका सामान जफत

धनकुटा । धनकुटाको पाख्रीबास बजारमा चाडपर्व लक्षित छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको अगुवाइमा आज करिब एक दर्जन होटल तथा खुद्रा र किराना पसलहरूको अनुगमन गरिएको हो । बजारमा सञ्चालित दुईवटा होटल तथा १० वटा किराना र खुद्रा पसलहरूमा गरिएको अनुगमनमा विभिन्न कैफियत भेटिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको चामल, बिस्कुट, मसला, पेयपदार्थ लगायतका खाद्यवस्तु जफत गरिएको छ । जिल्ला...
धनकुटामा अलपत्र पूर्वाधार आयोजनाहरूको काम तत्काल समाधान गर्न माग

धनकुटामा अलपत्र पूर्वाधार आयोजनाहरूको काम तत्काल समाधान गर्न माग

धनकुटा । धनकुटाका स्थानीयहरूले प्रतिनिधिसभा पूर्वाधार विकास समितिलाई जिल्लामा सञ्चालित आयोजना र विकास निर्माणका समस्या समाधान गर्न माग गरेका छन् । समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा धनकुटा आएको टोलीलाई स्थानीयले यस्तो माग गरेका हुन् । छलफलमा मुलघाट-तमोर करिडोर क्षेत्रका विभिन्न सडक सञ्जाल, खानेपानी, सिँचाइ, भवन तथा विद्युत आयोजनामा देखिएका समस्या समाधान गर्न स्थानीयले सुझाव दिए । सडक निर्मा...
धनकुटामा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन

धनकुटामा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन

धनकुटा । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणका क्रममा भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । चाडपर्वमा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडाइका साथ लागूगर्न उनले निर्देशन दिए । डीआईजी खनालले कोशीका १४ वटै जिल्ल...
धनकुटामा पहिलोपटक स्वर्ण विन्दु प्राशन, मन्त्री पराजुलीद्वारा शुभारम्भ

धनकुटामा पहिलोपटक स्वर्ण विन्दु प्राशन, मन्त्री पराजुलीद्वारा शुभारम्भ

धनकुटा । धनकुटामा एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्ण विन्दु प्राशन गराउन सुरु गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पुष्य नक्षत्रको अवसर पारेर स्वर्ण विन्दु प्राशन सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले स्वर्ण विन्दु प्राशनको शुभारम्भ गरेका हुन् । धनकुटामा स्वर्ण विन्दु प्राशन प...
धनकुटामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिदै

धनकुटामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिदै

धनकुटा । धनकुटा बजार क्षेत्रमा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको सहयोगमा धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण थालेको हो । बजार क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढ्दै गएर सर्वसाधारणलाई समस्या बनाउन थालेपछी कुकुरको संख्या न्यूनिकरणका लागि बन्ध्याकरण थालिएको नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले जानकारी दिए । भेटेरिनर...
धनकुटामा आठपहरिया समुदायको मुख्य चाड न्वागी सुरु

धनकुटामा आठपहरिया समुदायको मुख्य चाड न्वागी सुरु

धनकुटा । धनकुटामा मात्रै बसोवास गर्ने आठपहरिया समुदायको मुख्य चाड न्वागी सुरु भएको छ । आफ्नै मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा रहेको मुख्य चाड न्वागी मंगलबारबाट सुरु भएको हो । भदौ शुक्ल पूर्णिमापछिको मंगलबारदेखि आइतबारसम्म ६ दिन यो पर्व मनाउने चलन छ । पहिलो दिन मंगलबार मार्गाथान सरसफाइ, दोस्रो दिन बुधबार ओमाडाम अर्थात मार्गाथानमा कुखुराका चल्ला पुजा, तेस्रो दिन बिहीबार राँगोको भेजो लगाउने...
काँग्रेसको १५ औं महाधिवेशन : धनकुटाबाट ३३ प्रतिनिधि छनोट

काँग्रेसको १५ औं महाधिवेशन : धनकुटाबाट ३३ प्रतिनिधि छनोट

धनकुटा । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि धनकुटाबाट ३३ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । निर्वाचन प्रक्रियामार्फत प्रतिनिधिको टुङ्गो लागेको हो । सोमबार राति सम्पन्न मतदानबाट २१ प्रतिनिधि छनोट भएका हुन् । १२ जना भने निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत रमेश दाहालले जानकारी दिए । निर्वाचन अधिकृत दहालका अनुसार महिला, समानुपातिक खस आर्य महिला, युवा महिला, दलित, प्रजातन्त...
धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट स्थायी लेखा नम्बर वितरण सुरु

धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट स्थायी लेखा नम्बर वितरण सुरु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा सुरु गरेको छ । गाउँपालिकाले आजबाट औपचारिकरूपमा स्थायी लेखा नम्बर दर्ता तथा वितरण सुरु गरेको हो । गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी-६ बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक इवाहाङलाई स्थायी लेखा नम्बर हस्तान्तरण गर्दै यसको शुभारम्भ गरेका हुन्...
धनकुटाको शिक्षक हित सहकारीद्वारा १५ जना सम्मानित

धनकुटाको शिक्षक हित सहकारीद्वारा १५ जना सम्मानित

धनकुटा । धनकुटाको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । धनकुटामा आयोजित १७ औं साधारण सभाको अवसरमा संस्थाका सदस्यहरूलाई सम्मान गरिएको हो । उत्कृष्ट सदस्य सम्मान तथा पुरस्कारबाट नगद ३ हजारसहित यमुना राई सम्मानित भइन् । बालबचतकर्ता पुरस्कारबाट नगद २ हजार नगदसहित प्रतिमा सुवेदी, संयोज राई र कृष्टिना निरौलालाई सम्मान गरिएको संस्था सचिव रविन्द्र न्यौपानेले जानका...
धनकुटामा ५४ हजार बढी पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइने

धनकुटामा ५४ हजार बढी पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइने

धनकुटा । धनकुटामा खोरेत रोग उन्मूलनका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाभर खोरेत रोग उन्मूलनका लागि असोज १५ गतेदेखि खोप अभियान सुरु गर्ने भएको हो । गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुलाई खोप लगाइने केन्द्रले जनाएको छ । सातवटै स्थानीय तहमा खोप सञ्चालनका लागि ४४ जना भ्याक्सिनेटर छनोट भइसकेका छन् । उनीहरूलाई सातवटै ...
राष्ट्रिय झण्डा सम्मानपूर्वक राख्न पाइन्छ, दुरुपयोग गर्न पाइँदैन

राष्ट्रिय झण्डा सम्मानपूर्वक राख्न पाइन्छ, दुरुपयोग गर्न पाइँदैन

धनकुटा । राष्ट्रिय स्वाभिमान र पहिचानको सर्वोच्च प्रतीक मानिने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको छ । आन्दोलन, चुनावी प्रचार, तोडफोड, आगजनी र पार्कदेखि फलैँचासम्म राष्ट्रिय झण्डाको दुरुपयोग हुन थालेको हो । आगजनी र विध्वंसका क्रममा राष्ट्रिय झण्डा ओढ्ने, लतार्ने र अपमानजनक ढंगले प्रयोग गर्ने गरेको पाइन्छ । यसले झण्डाको गरिमामात्र नभई समग्र राष्ट्रकै सम्मानमा आँच पुर्याउँछ । यस्ता गतिविधि बार...
पाखोबारीमा धान खेती हुनथालेपछी धनकुटाको बेलहराका कृषक उत्साहित

पाखोबारीमा धान खेती हुनथालेपछी धनकुटाको बेलहराका कृषक उत्साहित

धनकुटा । सिँचाइ सुविधा नपुगेको पाखो र भिरालो जमिनमा धान खेती विस्तार भएसँगै धनकुटा नगरपालिका-९ बेलहराका किसान हर्षित भएका छन् ।परम्परागत रूपमा मकै, कोदो, गोलभेडा र तरकारी खेती गर्दै आएका बेलहराका किसान अहिले पाखोबारीमा लहलहाएको धान देखेर उत्साहित छन् । स्थानीय मेहरमान बस्नेतले करिब नौ रोपनी पाखोबारीमा धान लगाएका छन् । ‘पाखो बारीमै धान खेती गर्न सकिने र उब्जनी पनि राम्रो हुने रहेछ’, बस्नेतले भने...
धनकुटामा सडक छेउको खाली जग्गामा बेसार खेती बिस्तार

धनकुटामा सडक छेउको खाली जग्गामा बेसार खेती बिस्तार

धनकुटा । धनकुटा नगरपालिकाले सडक छेउको खाली जग्गा सदुपयोग गर्न बेसार खेती बिस्तार गरेको छ । स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने तथा खाली जग्गा सदुपयोग गर्ने उद्देश्यले नगरपालिका भित्र सडक छेउमा बेसार खेती बिस्तार गरिएको हो । यसले सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन भूमिका खेल्ने नगरपालिकाको विश्वास छ । कोशी राजमार्गअन्तर्गत धनकुटा नगरमा पर्ने सरस्वती चो...
धनकुटामा बाढी प्रभावितका लागि एक करोड १६ लाख ८४ हजार संकलन

धनकुटामा बाढी प्रभावितका लागि एक करोड १६ लाख ८४ हजार संकलन

धनकुटा । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि धनकुटामा १ करोड १६ लाख ४८ हजार ६२७ रुपैयाँ सहयोग संकलन गरिएको छ । धनकुटाका विभिन्न सरकारी कार्यालय, स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय र स्थानीयहरूबाट उक्त सहयोग रकम संकलन गरिएको हो । बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि महालक्ष्मी नगरपालिकाले ४१ लाख ४...
उद्योगी व्यवसायीका समस्या समाधानमा केन्द्रित हुन्छौँ : अध्यक्ष रायमाझी

उद्योगी व्यवसायीका समस्या समाधानमा केन्द्रित हुन्छौँ : अध्यक्ष रायमाझी

धनकुटा । उद्योग वाणिज्य संघ धनकुटाका नवनिर्वाचित अध्यक्ष रामबहादुर रायमाझीले उद्योगी व्यवसायीहरूका समस्या समाधानमा आफूहरू केन्द्रित हुने बताएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू नेतृत्वको टिम व्यवसायिक प्रतिनिधित्व गर्ने भएको बताउँदै संघ उद्योगी, व्यवसायीका समस्या समाधानका लागि केन्द...
धनकुटाको धारेढुंगामा पहिरो, हिले-भीरगाउँ सडक अवरुद्ध

धनकुटाको धारेढुंगामा पहिरो, हिले-भीरगाउँ सडक अवरुद्ध

धनकुटा । पहिरोका कारण धनकुटाको हिले-भीरगाउँ सडक अवरुद्ध भएको छ । धनकुटा नगरपालिका–१ स्थित ढारखर्क सामुदायिक बनको धारेढुङ्गामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शनिवार राती करिब ८ः३० बजे पहिरोसँगै रूख ढलेर सडक अवरुद्ध भएको सशस्त्र प्रहरी बल नेपाल नं.६ हेडक्वाटर छिन्ताङका इन्स्पेक्टर सुरज केसीले जानकारी दिए । उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । सशस्त्र प्रहरी नायब निरीक्षक अमर तामाङको ने...
आन्तरिक विवादले पाख्रीबासको भुल्के खानेपानी आयोजनाको काम अलपत्र

आन्तरिक विवादले पाख्रीबासको भुल्के खानेपानी आयोजनाको काम अलपत्र

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-८ र १० को सिमानामा पर्ने मुगा खोलामा सञ्चालित भुल्के खानेपानी आयोजनाको काम अलपत्र परेको छ ।आन्तरिक विवादका कारण भुल्के मुहानदेखि पाख्रीबास बजारसम्म संचालित लिफ्टिङ आयोजनाको काम लामो समयदेखि अलपत्र परेको हो । खानेपानी आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा २८ करोड ५८ लाख ७२ हजार विनियोजित बजेटबाट १५ करोडमा टेन्डर प्रक्रिया स्वीकृति भएर काम अघि बढेको थियो । तर...
धनकुटाको अमलेटारमा अवस्थित औद्योगिक ग्राम (फोटो फिचर)

धनकुटाको अमलेटारमा अवस्थित औद्योगिक ग्राम (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-६ अमलेटारको औद्योगिक ग्राममा हाल ८ वटा उद्योग सञ्चालनमा छन्  । स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो । नेपालमै पहिलो पटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो । उक्त औद्योगिक क्षेत्रमा उद्योग संचालनका लागि १४ वटा ब्...
धनकुटा कारागारलाई एक सय ५० थान पुस्तक हस्तान्तरण

धनकुटा कारागारलाई एक सय ५० थान पुस्तक हस्तान्तरण

धनकुटा । युवाहरूले सञ्चालन गरेको सामाजिक संस्था टिम नेपोले जिल्ला कारागार धनकुटालाई १५० थान बढी पुस्तक हस्तान्तरण गरेको छ । पुस्तक परियोजनामार्फत कैदीबन्दीहरूका लागि संस्थाले आज कारागार प्रशासनलाई पुस्तक हस्तान्तरण गरेको हो । संस्थाका जिल्ला प्रतिनिधि दीपिका दाहालले कारागारका सूचना अधिकारी सुभास भण्डारीलाई पुस्तक हस्तान्तरण गरेकी हुन् । टिम नेपोले कारागार सुधार परियोजना अन्तर्गत नेपालका विभिन्न...
बाढीमा ज्यान गुमाएकाको धनकुटामा सम्झना : कतै दीप प्रज्वलन, कतै गीतापाठ

बाढीमा ज्यान गुमाएकाको धनकुटामा सम्झना : कतै दीप प्रज्वलन, कतै गीतापाठ

धनकुटा । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्झना गर्दै आज साँझ धनकुटामा दीप प्रज्वलनसहित विभिन्न कार्यक्रम गरिएको छ । बाढीमा ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामनासहित भीमनारायण चोक र जिरो प्वाइन्टमा दीप प्रज्वलन तथा निशान भगवती मन्दिरमा गीतापाठ पारायण गरिएको हो । वैदिक सनातन धर्म संरक्षण, जिल्ला कार्य समिति र नगर कार्य समितिको संयुक्त आयोजनामा...
error: Content is protected !!