संगालोखबर संवाददाता

विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । दमकमा डेरा बस्दै आएकी उदयपुरकी १८ वर्षीया एनिका अधिकारीमाथि आज दिउँसो साढे १२ बजेतिर गोली प्रहार भएको हो ।

Advertisement

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेको अवस्थामा दमक नगरपालिका–५ मा गोली प्रहार भएको हो ।

पेट, दाहिनो हातलगायत स्थानमा छर्राको जस्तो चोट लागेको अवस्थामा उनको दमककै लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । हाल उनलाई आइसीयुमा राखेर उपचार जारी राखिएको छ ।

कसले किन गोली प्रहार गरेको भन्ने खुलेको छैन । घटनास्थल र अस्पताल पुगेको टोलीले यसबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

केही स्थानीय प्रत्यक्षदर्शीले एक युवकले उनीमाथि गोली चलाएको देखेको प्रहरीलाई जानकारी दिएका छन् । प्रहरीले गोली प्रहार गर्नेको खोजी भइरहेको जनाएको छ । आसपासका नाका सिल गरेर आक्रमणकारीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!