संगालोखबर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थित तेलियामा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । स्थानीय भञ्ज्याङ डाँडा सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा इश्वरी घिमिरेको घर र गोठ जलेर नष्ट भएको हो ।

Advertisement

पीडित घिमिरेका अनुसार घरमा बृद्ध आमा मात्र भएका बेला आज दिउँसो करिब १ बजे जंगलबाट घरमा आगो सल्किएको हो । एक्कासी आगो सल्किएकाले घरमा भएका सामान निकाल्न नपाइएको घिमिरेले बताए । आगोले खाद्यान्न, लत्ता कपडा लगायत अधिकांश सामान जलेका छन् ।

आगो लागेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!