संगालोखबर संवाददाता


विराटनगर । कोशी एनके मोटर्सले विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा कोशी एनके मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

Advertisement

चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिबीच चारपाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता भएको जनाइएको छ ।

दुई कम्पनी मिलेर पहिलो चरणमा तीन अर्ब लगानी गर्ने जनाइएको छ । एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको कोशी एनके मोटर्स प्रालिले जनाएको छ ।

विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जग्गा तयारी गरिएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!