धनकुटा, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषधसहित १० जना पक्राउ

धनकुटा, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषधसहित १० जना पक्राउ

विराटनगर । झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित १० जना पक्राउ परेका छन् । बुधबार चेकजाँच क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका-७ बस्ने प्रकाश सहनी र राहुल राजवंशी ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै बिर्तामोड नगरपालिका-१ का २९ वर्षीय मनकुमार राई र २६ वर्षीया रेखा थापा ९५० मिलिग्राम ब्राउन सुगर...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका अनिलको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका अनिलको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनकुटा नगरपालिका-२ भीरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो । आज बिहान ४ः३० बजे पानी परिरहेको बेला इटहरी-४ आर्मी क्याम्प नजिक सडकमा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल चिप्लिएर डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भए...
डेढ अर्ब बढीको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगरका दुई जना पक्राउ

डेढ अर्ब बढीको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगरका दुई जना पक्राउ

सुनसरी । डेढ अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१५ रानीका ५६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ वर्षीय सुरज प्रसाद साह छन् । केही व्यक्तिहरूले गैरकानुनी रूपमा हुण्डी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि सूक्ष्म अनुसन्धान सुरु गरेक...
धनकुटा र धरानमा बृहत्तर बराहक्षेत्र विकास समितिको सम्पर्क कार्यालय

धनकुटा र धरानमा बृहत्तर बराहक्षेत्र विकास समितिको सम्पर्क कार्यालय

सुनसरी । बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धनकुटा र धरानमा सम्पर्क कार्यालय स्थापना गरेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा तीर्थयात्रीहरूको सहजताका लागि धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको हो । सुनसरी, उदयपुर र धनकुटाका धार्मिक पर्यटन क्षेत्रको प्रवर्द्धन, प्रचार-प्रसार र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज तीर्थ गर्ने वातावरण बनाउ...
उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष योगेन्द्रकुमार न्यौपानेको निधन

उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष योगेन्द्रकुमार न्यौपानेको निधन

विराटनगर । उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता योगेन्द्रकुमार शर्मा न्यौपानेको निधन भएको छ । विराटनगर बारका संस्थापक सचिवसमेत रहेका न्यौपानेको ८० वर्षको उमेरमा आज बिहान निधन भएको हो । विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित उनको सुनसरीको इटहरी-६ स्थित आफ्नै निवासमा निधन भएको हो । परिवारका अनुसार लामो समयदेखि उपचाररत न्यौपानेको स्वास्थ्यमा पछिल्लो समय थप जटिलता बढ्दै गएप...
मोरङ-५ की सांसदले हस्तक्षेप गरेर एक पक्षलाई फसाएको आरोप

मोरङ-५ की सांसदले हस्तक्षेप गरेर एक पक्षलाई फसाएको आरोप

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-४ मा पुर्ख्यौली जग्गाको किचलो र लेनदेन विवादले उग्र रूप लिँदा एउटा परिवार मर्माहत बनेको छ । १५ वर्षदेखि भाइको घर र अंशको रेखदेख गर्दै आएका ६५ वर्षीय दाजु सरुण झा अहिले प्रहरी हिरासतमा पुगेका छन् । हरिनगर-४ मा रहेको ६ कट्ठा ३ धुर पुर्ख्यौली जग्गा सरुण र उनका भाइ बरुण झाबीच ३ कट्ठा डेढ धुरका दरले बराबरी अंशबन्डा भइसकेको थियो । विराटनगर बस्दै आएका काकाको आग्रहमा...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरी प्रजिअका स्वकीय सचिवसहित दुई जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरी प्रजिअका स्वकीय सचिवसहित दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामको कल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको हो । आज बिहानको राति करिब २ः५० बजेतिर इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर...
इटहरीमा सर्पले डसेकी बालिकाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

इटहरीमा सर्पले डसेकी बालिकाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

विराटनगर । गोमन सर्पले डसेकी सुनसरीको इटहरी-५ की ८ वर्षीया बालिका आस्वाना चौहानको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । अस्पतालमा पीआईसीयू सेवा नपाउँदा बालिकाको मृत्यु भएको हो । बालिकालाई घरभित्र खेल्ने क्रममा बुधवार साँझ गोमन सर्पले बायाँ हातमा डसेको थियो । उनले परिवारका सदस्यलाई सर्पले डसेको जानकारी गराएपछि हेर्दा हातबाट रगत बगिरहेको थियो । परिवारका सदस्यका अनुसार उनलाई तत्काल इटहरीस्थित...
इटहरीमा हिरासतभित्र पूर्वप्रहरी हबल्दारको मृत्यु

इटहरीमा हिरासतभित्र पूर्वप्रहरी हबल्दारको मृत्यु

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ६८ वर्षीय गोपाल कार्कीको आज बिहान मृत्यु भएको हो । बाल यौन दुरुपयोग मुद्दामा उनलाई अनुसन्धानका लागि भदौ ५ गतेदेखि हिरासतमा राखिएको थियो । हिरासतमा बेहोस अवस्थामा फेला परेपछि कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान ४ बजे चिकित्सकल...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाढीपीडितका लागि ३७ लाख सहयोग

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भोटेकोशी बाढीपीडितका लागि सहयोग रकम प्रदान गरेको छ । प्रतिष्ठान परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३७ लाख दुई हजार रुपैयाँ जम्मा गरिएको हो । प्रतिष्ठानका पदाधिकारी, सम्पूर्ण शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी एवम् पूर्व-कर्मचारीहरूबाट स्वतःस्फूर्त रूपमा १ दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरेर सहयो...
सुनसरीबाट ४५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ४५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार चेकजाँचका क्रममा प्रहरीले ४५ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । दुहबी नगरपालिका-११ नहर चोकस्थित भित्री सडक खण्डमा चेकजाँचका क्रममा २१ प ७९८० नम्बरको मोटरसाइकलबाट २८ किलो गाँजा बरामद भएको छ । गाँजा फेला परेसँगै प्रहरीले मोटरसाइकल चालक देवानगन्ज गाँउपालिका-३ का २३ वर्षीय एमडी जावेद मियालाई पक्राउ गरेको...
भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् सुनसरीका सचिन

भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् सुनसरीका सचिन

विराटनगर । भदौ १० गते राति करिब साढे ८ बजे परिवारका सदस्यसँग फोनमा कुराकानी भएको थियो । करिब आधा घण्टाको संवादपछि भोलि कुरा गर्ने भन्दै फोन राखियो । तर त्यसपछि कुनै संवाद हुन सकेको छैन । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सुनसरीको दुहबी-४ का सचिन गौतमकी मामाकी छोरी अनुपा सापकोटाले सुनाइन् । बाढी आएको खबरपछि भाइलाई फोन गर्दा सम्पर्क हुनै नसकेको उनले बताइन् । २६ वर्षीय गौतम करिब डेढ वर्षदेखि रसु...
सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विराटनगर । सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्न थालेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । ‘सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएको छ । नदी तटीय क्षेत्रका बसोबास गर्नेहरू सुरक्षित रहनुहोला । साथै माछा मार्ने, दाउरा टिप्ने, सेल्फी तथा भिडियो खिच्ने लगायतका गतिवि...
सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ उल्टीमोडबाट लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको बिहार राज्य अररिया जिल्ला पतरा पंचायत-६ का १९ वर्षीय ईस्मत उल्हालाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई शंका लागेर...
गोली लागेर ज्यान गुमाएका रविन्द्रको शव कप्तानगन्ज ल्याइयो, अन्त्येष्टिको तयारी

गोली लागेर ज्यान गुमाएका रविन्द्रको शव कप्तानगन्ज ल्याइयो, अन्त्येष्टिको तयारी

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई पक्षबीचको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका रविन्द्रकुमार मेहताको शव गृह नगर ल्याइएको छ । आज बिहान १०ः२० बजेतिर हेलिकोप्टर मार्फत रविन्द्रको शव कप्तानगन्ज ल्याइएको हो । शवलाई सुरुमा मृतकको घरमा लगेर श्रद्धाञ्जली अर्पण गरिएपछि अहिले गाउँमा शवयात्रा भइरहेको छ । उनको गोली चलेकै स्थानमा अन्त्येष्‍टि गर्ने तयारी भइरहेको र...
स्कुल बसले ठक्कर दिँदा ७५ वर्षीया वृद्धाको मृत्यु

स्कुल बसले ठक्कर दिँदा ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका-४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा गढी गाउँपालिका-४ मेहता टोल की ७५ वर्षीया गुद्री देवी मेहताको मृत्यु भएको हो । छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडीको बसले बाटो छेउमा बसिरहेकी मेहतालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई उपचारका लागि विर...
कप्तानगन्ज झडपमा गोली लागेर घाइते भएका अमितको काटियो हात

कप्तानगन्ज झडपमा गोली लागेर घाइते भएका अमितको काटियो हात

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते राति भएको दुई समूहबीचको झडपमा गोली लागेर गम्भीर घाइते भएका अमित यादवको बायाँ हात काटिएको छ । काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको परिवारले जनाएको हो । घटनामा यादवको बायाँ हात र कोखामा गोली लागेको थियो । विराटनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल...
कप्तानगन्ज घटना : रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति

कप्तानगन्ज घटना : रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत साउन १० गते भएको घटनामा गाेली लागेर मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ । सहमति अनुसार सरकारले मृतक मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएकाे हाे । यस्तै साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउने...
देवानगन्ज घटनाका मृतकलाई तत्काल सहिद घोषणा गर्न माग, ढिलाइ गरे कडा सङ्घर्षको चेतावनी

देवानगन्ज घटनाका मृतकलाई तत्काल सहिद घोषणा गर्न माग, ढिलाइ गरे कडा सङ्घर्षको चेतावनी

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्ज घटनाका मृतकहरूलाई तत्काल सहिद घोषणा गर्न विभिन्न राजनीतिक दल तथा स्थानीय प्रतिनिधिहरूले सरकारसँग माग गरेका छन् । आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पीडित परिवारसँग गरिएको लिखित सम्झौता कार्यान्वयनमा ढिलाइ गरिए गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका हुन् । सरकारले देवानगन्ज घटनाका पीडित परिवारसँग मृतकलाई सहिद घोषणा गर्ने, क्षतिपूर्ति ...
कप्तानगन्जका रविन्द्रको शव हप्ता दिनदेखि अस्पतालमै, जुट्न सकेन सहमति

कप्तानगन्जका रविन्द्रको शव हप्ता दिनदेखि अस्पतालमै, जुट्न सकेन सहमति

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तान्गन्जमा दुई समूहबीच भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रविन्द्र मेहताको उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु भएको एक हप्ता भइसकेपनि अझै शव अस्पतालमै छ । उनको साउन १९ गते उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको थियो । सरकार र मृतकका परिवारबीच सहमति जुट्न नसक्दा शवको पोस्टमार्टम समेत भएको छैन । पीडित पक्षल...
कप्तानगन्जको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा केही युवा पक्राउ 

कप्तानगन्जको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा केही युवा पक्राउ 

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगनजमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको छ । घटनालाई उत्तेजित बनाउने, आगजनी गर्ने तथा हिंसा फैलाउने भूमिकामा प्रत्यक्ष संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाको संवेदनशीलता र साम्प्रदायिक भावना बिग्रन सक्ने भन्दै प्रहरीले पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको छैन ...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका धनकुटाका भुपाल धरानबाट पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका धनकुटाका भुपाल धरानबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका धनकुटाका एक जना पक्राउ परेका छन् । लागूऔषध मुद्दाका प्रतिवादी साँगुरीगढी गाउँपालिका-९ का ३५ वर्षीय भुपाल राई पक्राउ परेका हुन् । खोजतलासका क्रममा शनिबार धरान उपमहानगरपालिका-११ सगरमाथा टोलबाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका राईलाई झुम्का कारागार पठाउने तयारी भइरहेको प...
इटहरीमा १६ वर्षीय किशोर मृत्यु प्रकरण : बाबु र सौतेनी आमासहित चार जना पक्राउ

इटहरीमा १६ वर्षीय किशोर मृत्यु प्रकरण : बाबु र सौतेनी आमासहित चार जना पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-९ भद्र टोलमा १६ वर्षीय किशोर मृत फेला परेको घटनामा चार जना पक्राउ परेका छन् । उनीहरूलाई आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । स्थानीय नन्द बिष्टको घरमा डेरा गरी बस्ने बुद्धि सागर न्यौपानेका छोरा सरोज न्यौपाने साउन १९ गते दिउँसो साढे २ बजे आफ्नै कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका थिए । घटनापश्चात आत्महत्या दुरुत्साहन दिन न...
सवारी चेकिङमा शिष्ट र मर्यादित व्यवहार गर्न ट्राफिकलाई कोशीका डीआइजी खनालको निर्देशन

सवारी चेकिङमा शिष्ट र मर्यादित व्यवहार गर्न ट्राफिकलाई कोशीका डीआइजी खनालको निर्देशन

सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण गरेका छन् । आज निरीक्षणमा पुगेका खनालले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् । उनले सवारी दुर्घटना न्यूनीकरणको लागी विशेष अभियान संचालन गर्न तथा दैनिकरूपमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभर...
सार्वजनिक स्थानमा राखिएका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

सार्वजनिक स्थानमा राखिएका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान झल्काउने झण्डा र ध्वजापता तीन दिनभित्र हटाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको सार्वजनिक सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थलमा राखिएका यस्ता झण्डा तथा ध्वजापता तोकिएको समयभित्र हटाउन भनिएको हो । प्रशासनले सार्वजनिक ...
कप्तानगन्ज घटनाका अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

कप्तानगन्ज घटनाका अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

विराटनगर ।  सुनसरी देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जना घाइतेको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज मृत्यु भएको हो । प्रहरीका अनुसार अर्का एक जना घाइतेको काठमाडौंकै वीर अस्पतालमा उपचार भइरहेको छ । यसअघि सुनसरीका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । सुनसरीकै घटनालाई लिएर भएको प्रदर्शन...
धरानबाट १० तोला सुन र ४ लाख नगद चोरी, दम्पतीसहित ३ जना पक्राउ

धरानबाट १० तोला सुन र ४ लाख नगद चोरी, दम्पतीसहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरान-११ बाट १० तोला सुन र चार लाख नगद चोरीको आरोपमा दम्पतीसहित तीन जना पक्राउ परेका छन् । सुनसरी टेक्निकल कलेज अगाडि बस्ने राजु साहको घरबाट चार लाख नगदसहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा धरान-३ बस्ने २३ वर्षीय सुमित बराइली, उनकी २१ वर्षीया श्रीमती सम्झना बराइली र धरान-९ बस्ने १६ वर्षीय मनिष वि...
सुनसरीमा कहाँ-कहाँ छ निषेधाज्ञा ?

सुनसरीमा कहाँ-कहाँ छ निषेधाज्ञा ?

विराटनगर । स्थानीय प्रशासनले सुनसरीका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आज बिहान १० बजेदेखि लागुहुनेगरि देवानगन्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । साउन १० गते सुनसरीको देवानगन्जस्थित कप्तानगञ्जमा प्रहरीको गोली लागी दुई जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थ...
सुनसरीका चार पालिकामा मात्रै निषेधाज्ञा, अन्य स्थानबाट हटाइयो

सुनसरीका चार पालिकामा मात्रै निषेधाज्ञा, अन्य स्थानबाट हटाइयो

विराटनगर । सुनसरीको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अधिकांश क्षेत्रमा जारी गरेको निषेध आदेश हटाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार अब देवानगन्ज, भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम जारी ग...
धरानमा युवामाथि धारिलो हतियार प्रहार

धरानमा युवामाथि धारिलो हतियार प्रहार

सुनसरी । सुनसरीको धरान-५ स्थित झरना चोकमा एक युवामाथि धारिलो हतियार प्रहार भएको छ । शनिबार साँझ ७ः३० बजेतिर स्थानीय २० वर्षीय नीलकमल राईलाई एक समूहले ढाँडमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो । आक्रमणमा सोही ठाउँका ४ जना युवाहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झरना चोकका २३ वर्षीय ‘जोनसेना’ (यकिन नाम नखुलेको), १९ वर्षीय सुमन लिम्बू, १७ वर्षीय हनक राई र वडा नम...
देवानगन्ज घटनामा गाेली लागेर ज्यान गुमाएका दुई युवाकाे घटनास्थलमै गरियाे दाहसंकार

देवानगन्ज घटनामा गाेली लागेर ज्यान गुमाएका दुई युवाकाे घटनास्थलमै गरियाे दाहसंकार

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको घटनास्थलमै दाहसंस्कार गरिएको छ । शुक्रबार राति दुवै जनाको हिन्दु परम्पराअनुसार घटनास्थलमै अन्त्येष्टि गरिएको हो । सशस्त्रको गोली लागेर देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो । पोस्टमार्टम गरेर दुवै जनाको शव परिवार...
error: Content is protected !!