धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक धरान-१९ का २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२...






























