प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष क्यासिनोबाट पक्राउ
विराटनगर । नेपाल प्रहरीका इन्स्पेक्टर र वडाध्यक्षसहित आठ जना क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया पर्साका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित क्यासिनोबाट पक्राउ परेका हुन् ।
उनीहरूमाथि वीरगञ्ज-१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोप छ ।
पक्राउ पर्नेहरूमा इन्स्पेक्टर पौडेल र गाउँपालि...






























