हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा मुख्यमन्त्रीलाई जरिवाना
कैलाली । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाई बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिकले कारबाही गरेको हो ।
भिडियो सार्वजनिक भएसँगै मुख्यमन्त्री शाहको चौतर्फी आलोचना भएको थियो । ट्राफिक अधिकारीले मुख्यमन्त्री निवासमै पुगेर चिट काटेका छन् । शाहलाई थमाइएको चि...














