महेश बस्नेतलाई अबरोध गर्ने क्रममा धनगढीमा युवासंघ र जेनजीबीच झडप
धनगढी । धनगढीमा युवा संघका नेता-कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । नेकपा एमालेका नेता महेश बस्नेत आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए ।
बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए । स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेपछि झडप भएको प्रहरीले जनाएको छ ।
...







