विराटनगर । नेपाली कांग्रेसले वैशाख २५ गतेपछि कोशी प्रदेश सरकारका सम्बन्धमा देखिएको अन्योल हट्ने जनाएको छ । कांग्रेस कोशी संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट आयोजना गरी यस्तो जनाएको ।

Advertisement

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले वैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने भेटघाटका क्रममा जानकारी दिए ।

संविधानले दिएको बाटो अबलम्बन गरेर जे गर्न सकिन्छ, त्यो गर्ने उनले बताए । ‘वैशाख २५ गतेसम्म संविधान अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिने समय छ’ तामाङले भने, ‘त्यसपछि कोशीको अन्योल हट्नेछ ।’

२५ गतेसम्ममा विश्वासको मत लिने समय रहेको र त्यस विषयमा के गर्ने भन्ने विषयमा मुख्यमन्त्रीले स्वविवेकीय अधिकार प्रयोग गर्ने उनले उल्लेख गरे ।

संविधानले दिएको अधिकार प्रयोग गरेर या राजनीतिक निर्णय गरेर गएपनि मुख्यमन्त्रीलाई सहयोग गर्ने तामाङले बताए । दलको बैठकले सरकार बचाउनुपर्छ भनेर निर्णय गरेको तामाङले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!