- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका मिर्गौलापीडित कमलप्रसाद राईलाई कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।

Advertisement

वैदेशिक रोजगारीका लागि कोरिया पुगेका धनकुटेलीहरुको संस्था धनकुटा सेवा समाज दक्षिण कोरियाको समन्वयमा ४ लाख ४२ हजार ९ सय २७ रुपैयाँ आर्थिक सहयोग संकलन गरेर मिर्गौलापीडित राईलाई प्रदान गरिएको हो ।

धनकुटा सेवा समाज दक्षिण कोरियाका पूर्व उपाध्यक्ष बाबुराम राई र सल्लाहकार मनिक राईले मिर्गौलापीडित राईको घरमै पुगेर सहयोग रकम प्रदान गरेका छन् ।

कोरियामा रहेका धनकुटेलीहरुले १४ बर्ष अघि स्थापना गरेको यो संस्थाले समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आएको अध्यक्ष परदेश राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!