संगालोखबर संवाददाता

विराटनगर । सुनको आज मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यसैगरी, बुधबार एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आज एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको महासंघले जनाएको छ ।

Advertisement

चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ निर्धारण भएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!