तीजमा व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन आउँदै थिए, दुर्घटनामा अस्ताए

तीजमा व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन आउँदै थिए, दुर्घटनामा अस्ताए

विराटनगर । पतिको दीर्घायुको कामना गर्दै श्रीमती तीजको निराहार व्रतमा बसेकी थिइन् । व्रत बसेकी पत्नीलाई पानी खुवाएर व्रत खुलाउने चाहनासहित घरतर्फ फर्कँदै थिए, सशस्त्र प्रहरीका सहायक हबल्दार सुदीप खड्का । तर, पत्नीलाई पानी खुवाउने उनको चाहना सदाका लागि बाटोमा नै अन्त्य भयो । मोरङको बूढीगंगा गाउँपालिका-४ का ३६ वर्षीय सुदीप सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) स्वर्णपट्टी सप्तरीमा कार्...
विराटनगरमा सफारीले ठक्कर दिँदा वृद्धको मृत्यु, उपचारमा लिएर हिँडेका चालकले बाटोमा फ्याँके

विराटनगरमा सफारीले ठक्कर दिँदा वृद्धको मृत्यु, उपचारमा लिएर हिँडेका चालकले बाटोमा फ्याँके

विराटनगर । आज बिहान विराटनगरमा पानी परिरहेको थियो । विराटनगर-९ ठाकुरबाडी रोडमा छाता ओडेर हिँडिरहेका वृद्धलाई सिटी सफारीले ठक्कर दिन्छ । ठक्कर दिएपछि सफारी पनि पल्टिन्छ । बिहान झिसमिस नै भएका कारण त्यहाँ जम्मा भएका केही मान्छेले सफारीलाई उठाउँछन् । चालकले उपचारमा लैजानेभन्दै वृद्धलाई सफारीमा राखेर कोशी अस्पतालतर्फ लाग्छन् । तर उनले वृद्धलाई विराटनगर-७ मालपोत कार्यालय अगाडि सडकमा फालेर भाग्छन् । ...
विराटनगरमा मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित पोखरियामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कञ्चनबारीबाट भट्टा चोकतर्फ आउँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल राती करिब २ बजे पोखरिया स्कुल नजिक विद्युतको पोलमा ठोक्किएको हो । दुर्घटनामा विराटनगर-९ बसपार्कका ४५ वर्षीय रविकुमार कामतको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए । दुर्घट...
प्रदेश राजधानी विराटनगरको हिलाम्मे सडक, जसले दिन्छ ‘कर्णाली’ को झल्को

प्रदेश राजधानी विराटनगरको हिलाम्मे सडक, जसले दिन्छ ‘कर्णाली’ को झल्को

विराटनगर । विराटनगर महानगरपालिका-१ भट्टाचोकस्थित समता मार्गका स्थानीय अलपत्र सडकका कारण दिनहुँ सास्ती खेप्न बाध्य छन् । एम्बुलेन्स, सिटी सफारी लगायतका सवारी साधन सहजै आवत-जावत गर्न सक्ने अवस्था छैन । जसका कारण बिरामीलाई समयमै उपचारका लागि अस्पताल लैजान पनि समस्या छ । सडकबाट पैदल हिड्‌न सक्ने अवस्था छैन । नालाभन्दा सडक होचो स्थानमा भएका कारण पानी जमेर हिलाम्मे छ । नालापनि ढक्कन नलगाएर खुला नै छा...
धनकुटामा दुर्घटना हुँदा ट्रकमा आगो लाग्यो, चालकको मृत्यु, सह-चालक सकुशल

धनकुटामा दुर्घटना हुँदा ट्रकमा आगो लाग्यो, चालकको मृत्यु, सह-चालक सकुशल

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारमा सोमबार राती ट्रक दुर्घटना भएर आगो लाग्दा चालकको मृत्यु भएको छ । हाइड्रोपावरको सामान बोकेर धरानबाट पाँचथर जाँदै गरेको प्रदेश-१-०२-००१ क ५३६३ नम्बरको लोवेड ट्रक राती करिब ८ः२० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा आगो लागेको हो । दुर्घटनामा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चालक राई र तेह्रथुमको म्याङल...
धनकुटाको मुलघाटमा जलाउँदै गरेको चिता बाढीले बगायो

धनकुटाको मुलघाटमा जलाउँदै गरेको चिता बाढीले बगायो

धनकुटा । धनकुटाको मुलघाटमा आज जलाउँदै गरेको चिता तमोर नदीको बाढीले बगाएको छ । धनकुटा नगरपालिका-६, आत्माराका गौरी रोक्काको मृत्यु भएपछि अन्त्येष्टिका लागि मुलघाट लगिएको थियो । मृतक रोकाको शव चितामा राखेर जलाउँने क्रममा आएको बाढीले शवसहितको चिता बगाएको हो । शव जलाउँने क्रममा नदीमा पानीको बहाव बढेर चिता बगाएको प्रत्यक्षदर्शी दीपक पोख्रेलले जानकारी दिए । उनका अनुसार नदी किनारमा बनाइएको चिता करिब ७५...
जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट २० सेन्टिमिटरको पानीको फोको निकालिएको छ । अस्पतालका चिकित्सक डा.आशिषकुमार यादव नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मिक्लाजुङ-२ रमितेकी २५ वर्षीया महिलाको पाठेघरबाट ठूलो सिस्ट निकालेको हो । उनी पाँच महिना अघिदेखि पेट दुख्ने समस्याबाट पीडित थिइन् । असह्‍य पीडा भएपछि आफन्तले उनलाई उपचारक...
मोरङको जीवन विकास अस्पतालमा बच्चाको जटिल शल्यक्रिया

मोरङको जीवन विकास अस्पतालमा बच्चाको जटिल शल्यक्रिया

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पतालमा एक बालिकाको टाउकाको जटिल शल्यक्रिया गरिएको छ । टाउकोमा गम्भीर चोट लागेर उपचारका लागि भारतबाट ल्याइएकी बालिकाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । बेहोस अवस्थामा रहेकी उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो । परीक्षण गर्दा टाउकाको हड्डी भाँचिएर दबिएको र टाउकोमा रगत जमेको पत्ता लाग्यो । गम्भीर अवस्थामा रहेकी उन...
अरनिकोमा प्रवेश परीक्षा दिनेको अत्यधिक भीड, सडक जाम भएपछि प्रहरी परिचालन

अरनिकोमा प्रवेश परीक्षा दिनेको अत्यधिक भीड, सडक जाम भएपछि प्रहरी परिचालन

विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा कक्षा ११ को प्रवेश परीक्षा दिन आउनेको अत्यधिक भीड भएपछि नियन्त्रण र व्यवस्थापन गर्न प्रहरी नै परिचालन गर्नुपरेको छ । विद्यार्थीको प्रमुख रोजाइमा पर्ने गरेको अरनिकोमा प्रवेश परीक्षा दिन आउनेको भीडले कलेज आसपास क्षेत्रको सडक जाम भएको हो । अरनिको कलेज विज्ञान शिक्षामा मुलुककै अब्बल संस्थाका रूपमा चिनिन्छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ को भर्ना खुला ग...
धनकुटाका सांसद राईले सदनमा भने, ‘गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ’

धनकुटाका सांसद राईले सदनमा भने, ‘गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ’

काठमाडौँ । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले जनताको आम्दानीको राम्रो माध्यम बन्ने भएकाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग गरेका हुन् । गाँजा खेती गर्नाले धनकुटेली जनताको कमाई बढेको उदाहरण दिँदै सांसद राईले अब वैधानिकता दिएर सहज बनाउनुपर्ने धारणा राखे । ‘अहिले जनताले लुकिलुकी ...
धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटाका करवीरले ६६ वर्षको उमेरमा पास गरे एसईई

धनकुटा । धनकुटाको मुगाका करवीर राईले ६६ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्रिर्ण गरेका छन् । धरानको सगरमाथा डल्फिन कलेजबाट परीक्षा आवेदन फारम भरेका राईले वृद्ध अवस्थामा एसईई उत्तीर्ण गरेका हुन् । नाति नातिनीको उमेर समूहका विद्यार्थीसँगै परीक्षा दिएका करवीरको यो सफलताले शिक्षा हासिल गर्न उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएको छ । २०४० सालमा एसएलसी परीक्षा दिएको भएपनि तीन विषय लागेर फ...
मोरङको लेटाङमा बनाइयो पाँच धर्मावलम्बीको साझा धार्मिक शान्ति पार्क

मोरङको लेटाङमा बनाइयो पाँच धर्मावलम्बीको साझा धार्मिक शान्ति पार्क

लेटाङ । मोरङको लेटाङमा पाँच प्रकारका धर्मको साझा अपनत्व झल्कने गरी धार्मिक शान्ति पार्क बनाइएको छ । धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकता प्रवर्द्धन गर्न हिन्दु, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई समेटेर पार्क निर्माण गरिएको हो । धार्मिक सहअस्तित्वको नमूना स्थलका रूपमा हेरिएको यो पार्कभित्र विभिन्न धर्मका प्रतीक तथा संरचनाहरू राखिएको छ । पार्क परिसरमा मदिरा सेवन, धूम्रपान, राजनीतिक गत...
धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटामा सिक्री लुट्नेहरू पेसेवर लुटेरा, साथमा भेटियो औँठीदेखि तिलहरीसम्म

धनकुटा । धनकुटा बजारबाट सुनको सिक्री लुट्ने सिन्धुलीका तीन जना युवाहरू पेसेवर लुटेरा रहेको पत्ता लागेको छ । धनकुटामा सिक्री लुटेको भोलिपल्ट धरानमा पक्राउ परेका उनीहरूको साथमा लुटिएको सिक्री मात्र नभई अरु पनि धेरै गहनाहरू फेला परेपछि उनीहरु पेसेवर लुटेरा रहेको पत्ता लागेको हो । गत शुक्रवार धनकुटाको सहिदभूमि-१ की ४० वर्षीय विष्णुकुमारी राई धनकुटा बजारमा लुटिएकी थिइन् । उनलाई प्रलोभनमा पारी १ तोला...
धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटामा सुनको सिक्री लुटेर भागेका तीन जना धरानबाट पक्राउ

धनकुटा । धनकुटा बजारमा दिउँसै सुनको सिक्री लुटेर भागेका तीन जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका ६ का ३० वर्षीय धनबहादुर तामाङ, सोही पालिकाको वडा नं.१२ का ३२ वर्षीय सन्तोष तामाङ र वडा नं. १० का ३८ वर्षीय राजु तामाङ छन् । उनीहरूलाई गएराती धरानको एक होटलबाट नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । गत शुक्र...
कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले सार्वजनिक गरे सय दिनका सय वटै काम

कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले सार्वजनिक गरे सय दिनका सय वटै काम

विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफू मन्त्री भएपछिको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालय परिसरमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर मन्त्री पराजुलीले सय दिनमा भएका सय वटै कामको विवरण सार्वजनिक गरेका हुन् । मोरङ क्षेत्र नं.४ (ख) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पराजुली गत पुस २२ गते पर्यटन मन्त्री नियुक्त भएका हुन् । त्यसय...
धनकुटा बजारमा दिउँसै लुटियो सुनको सिक्री

धनकुटा बजारमा दिउँसै लुटियो सुनको सिक्री

धनकुटा । धनकुटा बजारबाट दिउँसै सुनको सिक्री लुटिएको छ । धनकुटा नगरपालिका–७ स्थित मदनचोकमा सहिदभूमि–३ की विष्णुमाया राईको साथबाट एक तोला २ आना सुनको सिक्री लुटिएको हो । आज दिउँसो करिब १२ः३० बजे घटना भएको हो । राईलाई बढी रकम दिन्छु भनी प्रलोभनमा पारेर दुई जना युवाहरूले सिक्री लगेर फरार भएको धनकुटाका प्रहरी प्रमुख एसपी सरदकुमार थापा क्षेत्रीले जानकारी दिए । सिक्री लग्ने व्यक्तिहरूको तस्वीर बजारको...
ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग गरेका छन् । मापदण्ड विपरीत उत्खनन हुँदा बस्तीलाई खतरा हुने भन्दै उनीहरूले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताएका हुन् । यस विषयमा सोमबार महालक्ष्मी समाज सेवा संस्था ग्रामथानले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) को खुले...
आफूले पढेको स्कुलमा डा.सुनिल शर्माले ३ करोड ५० लाखको भवन बनाइदिने

आफूले पढेको स्कुलमा डा.सुनिल शर्माले ३ करोड ५० लाखको भवन बनाइदिने

विराटनगर । निवर्तमान संघीय सांसद तथा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आफूले अध्ययन गरेको विद्यालयमा ३ करोड ५० लाख भन्दा बढी खर्च गरेर भवन बनाइदिने भएका छन् । आफूले अक्षर चिनेको मोरङको रतुवामाई-९ ठकठकियास्थित जनता माध्यमिक विद्यालयमा डा.शर्माले १० कोठा भएको दुई तले पक्की भवन निर्माण गरिदिने भएका हुन् । विद्यालयमा आज आयोजित कार्यक्रममा भवन शिलान्यास गरिएको छ । डा.शर्मा, उनकी धर्मपत...
विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगर । विराटनगर महानगरपालिका-६ स्थित ब्रह्मपुराका स्थानीयले अब आनन्दको श्वास फेर्न पाउने भएका छन् । अव्यवस्थित ‘डम्पिङ साइट’ का कारण झण्डै दुई दशक देखि फोहोरको दुर्गन्धमा निसास्सिन बाध्य ब्रह्मपुराबासीलाई अब भने राहत मिल्ने भएको छ । विराटनगर महानगरपालिकाले आगामी पुस १ गतेबाट ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी थालेको छ । अव्यवस्थित डम्पिङ साइटका कारण स्थानीयको जनस्वास्थ्यसँगै दैनिकीमा पनि नरा...
छठमा कोशी प्रदेश सांसद पराजुलीको २८ औं दण्ड प्रणाम यात्रा

छठमा कोशी प्रदेश सांसद पराजुलीको २८ औं दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले हिन्दु राष्ट्रको माग गर्दै छठमा दण्ड प्रणाम यात्रा गरेका छन् । आज बिहान करिब १० बजे विराटनगर महानगरपालिका-३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले दण्ड प्रणाम यात्रा शुरु गरेका हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयरसमेत रहेका पराजुलीको यो २८ औं दण्डप्रणाम यात्रा हो । बौद्ध, किराँतसहितको वैदि...
मोरङको कटहरीमा श्रीमतीले काटिदिइन् श्रीमानको लिङ्ग, नोबेलमा उपचार हुँदै

मोरङको कटहरीमा श्रीमतीले काटिदिइन् श्रीमानको लिङ्ग, नोबेलमा उपचार हुँदै

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलमा श्रीमतीले लिङ्गमा धारिलो हतियार प्रहार गर्दा श्रीमान घाइते भएका छन् । सोमबार बेलुका करिब ५ बजे ३२ वर्षीय कामत थरका पुरुषको संवेदनशील अंगमा धारिलो हतियार प्रहार भएको हो ।  प्रहरीका अनुसार धारिलो हतियारले प्रहार गर्दा पुरुषको संवेदनशील अंगमा गहिरो चोट लागेको छ । घाइते पुरुषको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चु...
पाख्रीबासको सिंहदेवी चोकदेखि कोसेपानसम्मको सडक कालोपत्रे

पाख्रीबासको सिंहदेवी चोकदेखि कोसेपानसम्मको सडक कालोपत्रे

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ सिंहदेवी चोकदेखी मुगाखोला-उत्तरपानी हुँदै धर्मशाला-मन्सी-चौतारा खण्डको ६५० मिटर सडक कालोपत्रे भएको छ । एक करोड ५० लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गरिएको हो । कालोपत्रे सडकको पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका छन् । साइमन जेभी धनकुटाले ठेक्का पाएको उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा पनि ३ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भए...
कोशी प्रदेश सभा सञ्चालनका लागि दुई स्थान प्रस्ताव, टुङ्गो लाग्न बाँकी

कोशी प्रदेश सभा सञ्चालनका लागि दुई स्थान प्रस्ताव, टुङ्गो लाग्न बाँकी

विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृह र कटहरीको कृषि बजारलाई वैकल्पिक स्थलको रूपमा प्रस्ताव गरिएको छ । जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालय जलेर पूर्णरूपमा ध्वस्त भएपछि वैकल्पिक स्थलका रूपमा दुई स्थानलाई तोकिएको हो । प्रदेश सभाको आन्तरिक छलफल अनुसार वीरेन्द्र सभागृहलाई अस्थायी रूपमा प्रयोग गर्ने प्रस्ताव अगाडि सारिएको कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमा...
विराटनगर बसपार्कमा यात्रुको चाप न्यून, विगतमा जस्तो छैन चहलपहल

विराटनगर बसपार्कमा यात्रुको चाप न्यून, विगतमा जस्तो छैन चहलपहल

विराटनगर । देशभरबाट दशैँ मनाउनका लागि घर फर्किनेको संख्या बढिरहेको छ । यो क्रम अबको एकदुई दिनमा थप बढ्ने छ । विराटनगर बसपार्कमा भने विगतमा जस्तो यात्रुको चाप र चहलपहल नभएको पाइएको छ । विराटनगरबाट दैनिक लामो-छोटो दूरीका यात्रुबाहक सवारी पाँच सय हाराहारीमा चल्ने गरेका छन् । यो संख्या दशैँको समयमा केही थप भएको हो । विराटनगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष बिरु गुरुङका अनुसार गतवर्ष १५ दिन अगाडि...
जेनजी आन्दोलनको प्रभाव : विराटनगरका सडकमा छैनन् ट्राफिक, अस्तव्यस्त बन्दै सडक

जेनजी आन्दोलनको प्रभाव : विराटनगरका सडकमा छैनन् ट्राफिक, अस्तव्यस्त बन्दै सडक

विराटनगर । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले विराटनगरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । केही दिनदेखि सडकमा ट्राफिक प्रहरी देखिए पनि उनीहरूले पूर्ण रूपमा काम गर्ने वातावरण नबनेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिएको हो । कोशी प्रदेशको राजधानी सहर समेत रहेको विराटनगरमा चाडपर्व नजिकिएसँगै सवारी साधनको चाप बढ्दै गएको छ । त्यसमाथि ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या धेरै हुँदा दुर्घ...
किन पर्छ भारतीय बजार जोगबनी नेपाली उपभोक्ताको रोजाइमा ?

किन पर्छ भारतीय बजार जोगबनी नेपाली उपभोक्ताको रोजाइमा ?

विराटनगर । भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताको घुँइचो सँधै लाग्छ । चाडपर्वको बेला अन्य समयको तुलनामा थेगिनसक्नु भीड हुन्छ । दशैँ सुरु भएसँगै आवश्यक सामान खरिदका लागि विराटनगरसहित अन्य स्थानका उपभोक्ता पनि जोगबनी पुग्छन् । यता विराटनगर बजारमा भने अपेक्षाकृत व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् । उपभोक्ता नेपाली बजारको तुलनाका निक्कै सस्तोमा उपभोग्य सामान जोगबनीमा पाउने बताउँछन् । दशैँका ला...
विराटनगर विमानस्थलको भीआईपी कक्षमा ताला, यात्रु कक्षबाटै आवत-जावत

विराटनगर विमानस्थलको भीआईपी कक्षमा ताला, यात्रु कक्षबाटै आवत-जावत

विराटनगर । विराटनगर विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको छ । जेनजी आन्दोलन पश्चात नेपाल नागरिक उड्यन प्राधिकरणको निर्देशन अनुसार भीआईपी कक्ष बन्द गरिएको हो । भीआईपी कक्ष बन्द भएपछि विमानस्थलमा अनावश्यक भीड हटेको छ । विमानस्थलका अनुसार भीआईपी कक्षकै कारण सुरक्षा चुनौती थपिएको थियो । सबै यात्रु सरह सुविधा उपलब्ध हुनेगरि भीआईपी कक्ष बन्द गरिएको विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए । काठमाडौं ...
विराटनगरको भाटभटेनी ध्वस्त हुँदा पाँच सय कर्मचारीको रोजगारी संकटमा

विराटनगरको भाटभटेनी ध्वस्त हुँदा पाँच सय कर्मचारीको रोजगारी संकटमा

विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको विराटनगरको भाटभटेनी केहीदिनसम्म जलिरह्यो । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि सरसफाइमा कर्मचारी जुटेका छन् । चाडपर्व नजिकिँदै गर्दा अन्य समयको तुलनामा किनमेल गर्न आउने उपभोक्ताको सङ्ख्यामा पनि वृद्धि हुन्थ्यो । कर्मचारीहरू पनि अन्य समयको तुलनामा व्यस्त हुन्थे । तर यसपटक सोचेभन्दा फरक भयो । सामान बेच्न व्यस्त हुने कर्मचारी यतिखेर भने भाटभटेन...
मदिराले लठ्ठ दुई युवाद्वारा मध्यरातमा किरियापुत्रीमाथि आक्रमण

मदिराले लठ्ठ दुई युवाद्वारा मध्यरातमा किरियापुत्रीमाथि आक्रमण

विराटनगर । विराटनगरमा शोकमा डुबेको परिवारमाथि मध्यरातमा आक्रमण भएको छ । घटना सोमबार मध्यरातिको हो । विराटनगर-११ पिचराका हरिनारायण कामत पत्नीको तथा किरण, सन्तोष र काली आमाको मृत्युवियोगमा थिए । सात दिनदेखि शोकमग्न हरिनारायणको परिवारमा उक्त राति नसोचेको घटना हुन्छ । मध्यराति मदिराले लठ्ठ भएका दुई युवा हरिनारायणको घरमा पस्छन् र उनीहरूमाथि आक्रमण सुरु गर्छन् । आमाको किरियामा बसेका माइला छोरा किरणसह...
विराटनगरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु

विराटनगरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ दुधफारममा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका-६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा नेमुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही...
सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी-५ का ३२ वर्षीय विशाल लिम्बू र ३५ वर्षीय गणेश तामाङ छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार इनरुवा-४ स्थित बसपार्कमा चेकजाँचका क्रममा लागूऔषध ब्राउन सुगर बरामद भएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १-०२-०५१ ...
error: Content is protected !!