मेची भन्सारबाट चार महिनामा ४ अर्बको अलैँची निर्यात

मेची भन्सारबाट चार महिनामा ४ अर्बको अलैँची निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा अलैँची निर्यात बढेको छ । चार महिनामा १०९ दशमलव २० प्रतिशतले अलैँची निर्यात बढेको हो । भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधि...
झापाबाट राजश्व छलिको सामानसहित तीन वटा गाडी नियन्त्रणमा

झापाबाट राजश्व छलिको सामानसहित तीन वटा गाडी नियन्त्रणमा

झापा । झापाबाट राजश्व छलीको सामानसहित तीन वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा अवैध सामान लोड गरेको पाइएपछि प्रहरीले तीन वटा गाडी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मे १ च ६८९२, प्र १-०१-००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी नियन्त्रणमा छन् । प्रहरीले गाडीबाट ठूलो परिमाणमा रक्सीसहित अन्य सामान बरामद गरेको छ । डाइपर ४१ कार्टुन, कस्मेटिक सामान १९ कार्टुन, चुलबुल ल...
झापाबाट सुरु भयो अनेरास्ववियुको मेची-महाकाली विद्यार्थी जागरण यात्रा 

झापाबाट सुरु भयो अनेरास्ववियुको मेची-महाकाली विद्यार्थी जागरण यात्रा 

झापा । झापाबाट अनेरास्ववियुको मेची-महाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ भएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा मेची-महाकाली विद्यार्थी जागरण यात्रा सुरु गरिएको हो । जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थालाई चिर्न जागरण यात्रा सुरु गरिएको अनेरास्ववियु कोशी प्रदेश संयोजक नारायण पोखरेलले जानकारी दिए । अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रमम...
झापाबाट जेनजी आन्दोलनमा लुटिएका ५८ राउन्ड गोली बरामद

झापाबाट जेनजी आन्दोलनमा लुटिएका ५८ राउन्ड गोली बरामद

विराटनगर । झापाबाट बेवारिसे अवस्थामा ५८ राउण्ड गोली बरामद भएको छ । दमक नगरपालिका-७ स्थित पशुहाट बजार क्षेत्रबाट सेतो प्लास्टिकको पोकाभित्र राखिएको अवस्थामा गोली बरामद भएको हो । बरामद भएको ५८ राउन्ड गोलीमध्ये ७.६२ एमएमको ३०३ राइफलका ८ थान छन् । प्रहरीका अनुसार यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएका हुन् । बरामद गरिएका गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
पूर्वी नाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात 

पूर्वी नाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात 

झापा । पूर्वी नाका काँकडभिट्टा नाकाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख बराबरको मात्रै चिया निर्यात भएको छ । गतवर्षको यही अवधिको तुलनामा यस वर्ष ३७ प्रतिशतले चिया निर्यातमा कमी आएको छ । मेची भन्सार कार्यालयका अनुसार प्रथम चौमासिकमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको छ । गत आर्थिक वर्षको यो अवधिमा दुई अर्ब २० करोड ४८ लाख बराबरको चिया निर्यात भएक...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

झापा । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब सात सय २३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले बिहीबार सूचना जारी गर्दै हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको पुलको ठेक्का तोडिएको जनाएको हो । पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । पक्की...
जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदीबन्दी झापाबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदीबन्दी झापाबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका दुई जना कैदीबन्दी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी छन् । विशेष सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज बिहान उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरी झुम्का कारागार पठाइने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनमा लुटिएको दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित दुई जना पक्राउ

जेनजी आन्दोलनमा लुटिएको दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित दुई जना पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउन्ड गोलीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ बाट उक्त हतियारसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दमक-८ का २५ वर्षीय सरोज पुरी, दमक-६ का २९ वर्षीय विश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा छन् । प्रहरीका अनुसार भदौ २४ गते भएको जेनजी आन्दोलनका क...
जेनजी आन्दोलनमा चितवनबाट फरार भएका बन्दी झापामा पक्राउ

जेनजी आन्दोलनमा चितवनबाट फरार भएका बन्दी झापामा पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा छन् । सुब्बा सालकको आखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको हो । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय ...
बिर्तामोडको रेखा खोलामा शव भेटियो, दुई जना पक्राउ

बिर्तामोडको रेखा खोलामा शव भेटियो, दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका-७ मियाबारीस्थित रेखा खोलामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड-६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव फेला परेको हो । स्थानीयले शनिबार राति शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति नै कानुनी प्रक्रिया पूरा गरेर शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ...
झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

झापा । झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ घर भएका ६१ वर्षीय कर्णबहादुर लिम्बु छन् । आज बिहान कारागारभित्रै लिम्बुलाई अचानक रक्तचाप सम्बन्धी समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ६ वर्षदेखि जेलमा रहेका उनको...
जेनजी आन्दोलनमा झापाबाट लुटिएका हतियार पाँचथरमा फेला, एक जना पक्राउ

जेनजी आन्दोलनमा झापाबाट लुटिएका हतियार पाँचथरमा फेला, एक जना पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका २ थान हतियार र गोलीगठ्ठासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ का २२ वर्षीय सुशील फियाक लिम्बु छन् । उनलाई मंसिर २ गते झापाको दमक नगरपालिका-६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा पक्राउ परेका फियाकले हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित लामागाउँको ओड...
जंगली हात्तीको ठूलो समूह मोरङ-झापा ओहोरदोहोर

जंगली हात्तीको ठूलो समूह मोरङ-झापा ओहोरदोहोर

विराटनगर । झापाबाट मोरङ प्रवेश गरेको जंगली हात्तीको बथान पुनः झापा नै फर्किएको छ । केहिदिन अघि मोरङबाट झापा प्रवेश गरेको करिब ३० वटा हात्तीको बथान झापा र मोरङको सिमानामा ओहोर-दोहोर गरिरहेको छ । डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले हात्तीको बथान मोरङ र झापाको सिमानामा वारपार-वारपार भइरहेको बताए । ‘हिजो बिहानसम्म मोरङ फर्किएको हात्ती गएराति झापा फर्किएको छ’, श्रेष्ठले सं...
झापामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गौरादह नगरपालिका-१ गैरिया की ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरिया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १ ह ५७५४ नम्बरको अटोले धान लोड गरिरहेको प्रदेश १-०२-००१ ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो । दुर्घटनामा अटो चालक गौरादह-१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-६ शरणामतीमा भएको दुर्घटनामा ४५ वर्षीय सुनिल सोरेनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा सोरेन गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्रयाक्टर घरबाट निकाल...
झापा र मोरङबाट लागूऔषधसहित पाँच जना पक्राउ

झापा र मोरङबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । झापा र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट दमक नगरपालिका-५ का ३१ वर्षीय राजु श्रेष्ठ ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले सुन्दरहरैँचा-१० का २८ वर्षीय सुशान्त पोखरेल र सुन्दरहरैँचा-९ का ...
बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

झापा । बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । ११ नोभेम्बर अर्थात कात्तिक २५ मा हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात क...
झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका-६ मा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । उपचारपछि घर फर्काइएका उनको बुधबार मृत्यु भएको हो । प्रहरीका अनुसार कात्तिक ११ गते साँझ कमल गाउँपालिका-६ मंगलबारेमा बिजुलीको पोलमा चढेर वाइफाई मर्मत गरिरहेका शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय आसिस खनाललाई करेन्ट लागेको थियो । उनी फस्ट लिंक (वाइफाई) कम्पनीमा कार्यरत थिए । क...
जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

विराटनगर । झापाको बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार भेटिएको छ । बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा बुधबार साँझ एक थान हतियार फेला परेको हो । ०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, त्यसको म्यागजिन एक थान, नचलाएको १९ राउन्ड गोली र चलाएको २ राउन्ड गोलीको खोका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हतियार गत भदौ २४ मा जेन...
झापामा एमालेको मोटरसाइकल र्‍याली

झापामा एमालेको मोटरसाइकल र्‍याली

झापा । झापामा नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । एमाले अर्जुनधारा नगर कमिटीले आज वृहत मोटरसाइकल र्‍याली निकालेको हो । बिर्तामोडको महानन्द चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली नारायणथान, खुदुनाबारी हुँदै बजारका विभिन्न स्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी राजनीतिक तथा सामाजिक अभियानमा युवाको नेतृत्व र सहभागिता आवश्यकता रहेकोमा जोड दिएका थिए । ने...
काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका अनुसार सो मूल्य बराबरको अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायतका वस्तु निर्यात भएको हो । तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९...
कारसहित हराएका झापाका युवाको शव गाडिएको अवस्थामा फेला

कारसहित हराएका झापाका युवाको शव गाडिएको अवस्थामा फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । आज बिहान बाह्रदशी र झापा गाउँपालिकाको सिमानामा पर्ने बिरिङ नदीको पुल मुनि गाडिएको अवस्थामा शव फेला परेको हो । शर्मा सात दिनअघि बा १-०३० च ७१९४ नम्बरको आफ्नै कारसहित हराएका थिए । दुई दिनअघि मात्र उनको कार चारआली-भद्रपुर सडक खण्ड अन्तर्गत चारआली जंगलको हातेमालो सामुदायिक बनभित्र जलिरहेको अ...
झापाको दमकमा बस दुर्घटना, एक जनाको मृत्यु

झापाको दमकमा बस दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गएराति बस दुर्घटना भएको छ । दुर्घटनामा मोरङको मिक्लाजुङ-३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ । प्रहरीका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३५ जना सवार थिए । दुर्घटनामा २१ जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय ...
झापामा बस दुर्घटना हुँदा १९ जना घाइते (नामावलीसहित)

झापामा बस दुर्घटना हुँदा १९ जना घाइते (नामावलीसहित)

झापा । झापामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज बिहान ४ बजे शिवसताक्षी नगरपालिका-१० माइधार चोकस्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना भएको हो । प्रहरीका अनुसार रामेछापको मन्थलीबाट काँकरभिट्टा तर्फ जाँदै गरेको प्र १-०१-००१ क ४२०९ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको छ । बसमा सवार २५ जना यात्रु मध्ये १९ जना घाइते भएका झापा प्रहरीले जनाएको छ । घाइतेहरूको...
झापामा सर्पको टोकाइबाट १० वर्षीय बालकको मृत्यु

झापामा सर्पको टोकाइबाट १० वर्षीय बालकको मृत्यु

झापा । झापामा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ चाम्लिङ डाँडामा गएराति सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीय बालक अनिष राईको मृत्यु भएको हो । प्रहरीका अनुसार इन्द्रबहादुर राईका छोरा अनिषलाई ओछ्यानमै विषालु सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका ...
झापामा खोलामा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु

झापामा खोलामा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु

विराटनगर । झापाको गौराहदह नगरपालिका-९ स्थित सिस्ने खोलामा तीन बालिकाको मृत्यु भएको छ । आज दिउँसो माछा मार्ने क्रममा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अञ्जु मगरका ७ वर्षीया छोरी सुष्मा र ९ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको मृत्यु भएको हो । ‘चार जना बालिका माछा मार्न गएको भन्ने खुलेको छ’ जिल्ला प्...
झापा र सुनसरीबाट ४ लाख ७३ हजार बढीको पटका बरामद

झापा र सुनसरीबाट ४ लाख ७३ हजार बढीको पटका बरामद

विराटनगर । झापा र सुनसरीबाट करिब पाँच लाख बराबरको पटकाजन्य विष्फोटक पदार्थ बरामद भएको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले उक्त मूल्य बराबरको विष्फोटक पदार्थ बरामद गरेको हो । शनिबार चेकजाँचका क्रममा झापाको भद्रपुर नगरपालिका-५ बाट अबैधरूपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा करिब चार लाख मूल्य बराबरको पटका र झिलिमिली बत्ती बरामद भएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको द...
जेनजी आन्दोलनमा दमकबाट लुटिएको राइफल भेटियो

जेनजी आन्दोलनमा दमकबाट लुटिएको राइफल भेटियो

झापा । जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट लुटिएको राइफल फेला परेको छ । दमक नगरपालिका-५ स्थित धनेश्वर मन्दिरनजिक आज बिहान ३०३ मार्क ३ राइफल म्यागजिनसहित भेटिएको हो । झापा प्रहरीका अनुसार स्थानीयले बेवारिसे अवस्थामा राइफल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भेटिएको राइफल ल्याएर कार्यालयमा राखेको छ । राइफल लुट्नेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । झापामा प्रहरीबाट लुटिएकामध्ये साना तथ...
झापामा बस दुर्घटना हुँदा दुईको मृत्यु, १३ जना घाइते

झापामा बस दुर्घटना हुँदा दुईको मृत्यु, १३ जना घाइते

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरि बन्धु टि-स्टेट अगाडि भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरी इटहरी-११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङको रंगेली-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । बिहीबार विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इ...
झापामा चार वर्षीया नाबालिकाको खोलामा डुबेर मृत्यु

झापामा चार वर्षीया नाबालिकाको खोलामा डुबेर मृत्यु

विराटनगर । झापामा खोलामा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ झाँसीमा आज बिहान खोलामा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी हुन् । मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया आइतबार दिउँसोबाट हराएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजी गर्ने क्रममा आज बिहान करिब ७ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घरनजिकै रहेको माई खोलामा डुबेर मृत्यु भएको...
झापामा मृत भेटियो जंगली हात्ती 

झापामा मृत भेटियो जंगली हात्ती 

विराटनगर । झापामा जंगली हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका-१ देवीगञ्जमा आज बिहान एउटा वयस्क जंगली हात्ती मृत फेला परेको हो । स्थानीयले धान खेतमा मृतावस्थामा हात्ती देखेपछि वन कार्यालयलाई खबर गरेको थिए । डिभिजन वन कार्यालय झापाका अनुसार पोथी हात्ती मृत फेला परेको हो । पोष्टमार्टमपछि हात्तीको मृत्युको कारण खुल्ने कार्यालयले जनाएको छ । शुक्रबार बेलुका सो क्षेत्रमा भारततर्फबाट करिब १२ वटा जं...
error: Content is protected !!