धनकुटा, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषधसहित १० जना पक्राउ
विराटनगर । झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित १० जना पक्राउ परेका छन् । बुधबार चेकजाँच क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका-७ बस्ने प्रकाश सहनी र राहुल राजवंशी ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै बिर्तामोड नगरपालिका-१ का २९ वर्षीय मनकुमार राई र २६ वर्षीया रेखा थापा ९५० मिलिग्राम ब्राउन सुगर...





























