सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धनकुटा नगरपालिका-७ स्थित टोड्केका रविन विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । मलेसियाको सालाङगस्थित एसटिनो कलर कम्पनीमा काम गर्दै आएका ३४ वर्षीय विश्वकर्माको आइतबार मृत्यु भएको हो ।

Advertisement

राती करिब ९ बजे मोटरसाइकलमा साथीलाई कोठा पुर्‍याउन जाँदै गर्दा ट्याङ्करको ठक्करबाट रविनको मृत्यु भएको मलेसियामै रहेका उनका आफन्त प्रेम विश्वकर्माले जानकारी दिए । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ ।

११ वर्ष अघि मलेसिया पुगेका रविनले अब केही महिनापछि घर फर्किने बताउँदै आएका थिए । ‘छोरो पेटमै हुँदा छोडेर जानुभएको थियो, मैले गिटीबालुवा बोकेर दुख गरेर छोरो हुर्काए,’ श्रीमती कल्पनाले भक्कानिदै भनिन्, ‘अब त आउँनुहुन्छ भन्ने लागेको थियो, मृत्यु भयो भन्ने खबर पो आयो ।’

मृतक विश्वकर्माका आमा, श्रीमती र दुई छोरा छन् । उनको शव नेपाल ल्याउन पहल गरिदिन परिवारका सदस्यले सबैलाई हारगुहार गरिरहेका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!