ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ को शुभारम्भ

ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ को शुभारम्भ

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ को शुभारम्भ गरिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको ओलीको तेह्रथुमको आठराईस्थित ईवा गाउँको जन्म घरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ शुभारम्भ गरिएको हो । मंगलबार ईवामा आयोजित समारोहमा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अभियान शुभारम्भ गरिएको घोषणा गरेका हुन...
शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई हाजिर गराएको भन्दै विरोध

शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई हाजिर गराएको भन्दै विरोध

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-७ स्थित नाम्जाङ माध्यमिक विद्यालयमा कार्यरत शिक्षिकामाथि जातीय विभेद भएको भन्दै सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल र सङ्घीय दलित मुक्ति मञ्चले तीव्र विरोध जनाएका छन् । उक्त घटनाको विरोधस्वरूप मञ्चले बिहीबार कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । २०८२ भाद्र ११ गते विद्यालयकी प्रधानाध्य...
वसन्तपुरको चोत्लुङ पार्क (फोटो फिचर)

वसन्तपुरको चोत्लुङ पार्क (फोटो फिचर)

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । उक्त पार्क पछिल्लो समय आन्तरिकसँगै तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । लिम्बू समुदायको संस्कृति र ऐतिहासिकता झल्काउने सामग्री संग्रह गरेर निर्माण गरिएको पार्क घुम्न आउनेको संख्या दिनहुँ बढिरहेको छ । उक्त स्थानमा साना-साना आकर्षक घरहरू साथै बगैँचा निर्माण गरिएको छ । त्यसो त ट...
तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ देउराली घुम्तीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । संखुवासभाबाट दमक जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज बिहान करिब १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि बसन्तपुर अस्पताल लगिएको तेह्रथुमका प्रहरी प्रवक्ता इन्स्पेक्टर रोशन कामतीले जानकारी दिए । ‘बस सडकबाट करिब १ सय मिटर तल खसेको छ,’ प्रहरी निरीक्षक ...
तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

विराटनगर । तेह्रथुमका किसानले व्यवसायिक रूपमा सिस्नु खेती थालेका छन् । सिस्नुको माग बढेपछि लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा यसको व्यवसायिक खेती सुरु गरिएको हो । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १...
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ हवाकु पञ्चमी टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि गणेशमान सिंह अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । सिमेन्ट बोकेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित सडकबाट कर...
तेह्रथुमको आठराईमा चट्याङ लागेर एक जनाको मृत्यु

तेह्रथुमको आठराईमा चट्याङ लागेर एक जनाको मृत्यु

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय संक्रान्तिका अनुसार ४५ वर्षीय सागर थिङ्लाबुको मृत्यु भएको हो । सोमबार दिउँसो साढे ३ बजेतिर परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले सोमबार नै उनको शव परिवारको जि...
तेह्रथुम बहुमुखी क्याम्पसको दुईतले भवन उद्‌घाटन

तेह्रथुम बहुमुखी क्याम्पसको दुईतले भवन उद्‌घाटन

धनकुटा । तेह्रथुम बहुमुखी क्याम्पसको नवनिर्मित दुईतले भवनको उद्‌घाटन गरिएको छ ।  आठराई स्थित चुहानडाँडामा निर्माण गरिएको भवनको  विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै उपकुलपति प्रा.डा बरालले दूरदराजमा रहेको क्याम्पसको दिगो स्थायित्वको लागि त्रिविले योजना बनाउने बताए । उनले भौतिक तथा शैक्षिक विकासको लागि विश्वविद्यालयले प्राथमिकता दिएर सध...
तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ

तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ

विराटनगर । तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आठराई गाउँपालिका-४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईँलाई कुटपिट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । आठराई गाउँपालिका-५ छातेढुंगा अर्चले चिसापानीमा बिहीबार चार जनाको समूहले उनलाई कुटपिट गरेको आरोप छ । कुटपिटबाट घाइते भएका प्रसाईँको विर्ता सिटी अस्पताल झापामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आठराईका प्रहरी...
तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकामा स्कारपियो दुर्घटना भएको छ । आज बिहान करिब ६ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मर्निङवाकमा सहभागि हुन यात्रु लिएर चुहानडाँडा तर्फ जाँदै गरेको प्र १-०२-००२ र च ७७३३ नम्बरको स्कारपियो दुर्घटना भएको हो । दुर्घटनामा पूर्व राज्यमन्त्री द्वय रामकुमारी चौधरी र मुक्साङ मेनाङवोसहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका ...
तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुम । तेह्रथुममा शंकास्पद बस्तु भेटिएको छ । म्याङ्लुङ नगरपालिका-१ डाँडागाउँमा चन्द्र जोशीको बारीमा शंकास्पद बस्तु भेटिएको हो । सोमबार दिउँसो स्थानीय चन्द्र जोशीको बारीमा प्लाष्टिकले बेरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रमोद खड्काले जानकारी दिए । ‘धनकुटाको हिलेबाट सोमबार नै सेनाको टोली आएको छ’, खड्काले संगालोखबरसँग भने, ‘शंकास्पद बस्तुको डिस्प...
तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुम । तेह्रथुमको पर्यटकीय क्षेत्रहरू मंगलबारे, गुफा पोखरी लगायतका क्षेत्रमा हिमपात भएको छ । मंगलबार बेलुका हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । गतवर्ष जस्तो बाक्लो हिउँ नपरे पनि चिसो बढेको स्थानीय इन्द्र पोखरेलले बताए । उनका अनुसार हिउँ पग्लिन थालेको छ । पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात छिमेकी राष्ट्र भारतसँग जोडिएको सिमाना लगायतका क्षेत्रमा भएको हो ...
तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता

तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-२ हाङसुरुङमा अवस्थित मझौ गुफा ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेका भएपनि प्रचार-प्रसारको अभावमा गुफा ओझेलमा परेको हो । गुफा जाने स्थानमा खेलमैदान छ । खेलमैदानबाट गुफा जानका लागि सिँढी पनि निर्माण गरिएको छ । तर यसको प्रचार हुन नसक्दा ओझेलमा नै परेको छ । गुफाको प्रचार गर्न स्थानीयले प्रत्येक वर्ष स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम गर्दै...
कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्ला स्थित खेलकुद संरचना तथा बोर्ड मातहत कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका खेलकुद संरचनाको अभिलेखन तयारीमा लागेको  बोर्डले तेह्रथुम पुगेर अनुगम गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेका फुटबल मैदान र रङ्गशाला, निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समि...
तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु

तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु

तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु भएको छ । तमोर नदीस्थित लुमुघाटमा १३ वर्षपछि पुलको पुनःनिर्माण सुरु भएको हो । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि पुल पुनःनिर्माण थालिएको जानकारी दिए । सडक विभाग मातहतको पुल सेक्टरले १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र न...
अलैँचीको मूल्य १२ वर्षयताकै उच्च हुँदा कृषक खुसी 

अलैँचीको मूल्य १२ वर्षयताकै उच्च हुँदा कृषक खुसी 

तेह्रथुम । कालो सुन अर्थात अलैँचीले राम्रो भाउ पाएपछि कृषकमा खुसी थपिएको छ । यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैँची कारोबार भइरहेको छ । जसले कृषकमा थप जाँगर थपिदिएको छ । तेह्रथुममा उच्च गुणस्तरीय अलैँची प्रतिमन एक लाख १० हजार सम्ममा बिक्री भइरहेको छ । अलैँचीको पुराना बगान मासेर नयाँ बगान विस्तार गरिरहेका किसानलाई यसले थप उर्जा दिएको फेदाप गाउँपालिक-२ का कृषक कृष्ण दुलालले बताए । ‘एक पटक बिरु...
तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेका एक व्यक्तिले मादक पदार्थ सेवन गरेर ‘बबन्डर’ मच्चाएका छन् । सोही वडाका अन्दाजी ४२ वर्षीय अमृत बहादुर बुढाथोकीले शुक्रबार मापसे गरेर छिमेकी दम्पती र पशु चौपायालाई खुकुरी प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेका थिए । छिमेकी हरि बहादुर माझी र उनकी श्रीमती फुलमायालाई खुकुरी प्रहार गरेर बुढाथोकीले घाइते बनाएका थिए । बुढाथोकीले अर्का छिमेकी विज...
पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

तेह्रथुम । पाँचथर र तेह्रथुमलाई जोड्ने मोटरेवल पुल ६ वर्षदेखि अलपत्र छ । लुम्वुघाटमा तमोर नदीमाथि निर्माणाधीन पुलको नौ वर्षअघि ठेक्का लागेको थियो । सम्झौता अनुसार तीन वर्षमा बनिसक्नुपर्ने पुल अहिलेसम्म अलपत्र अवस्थामा छ । ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित हुन थालेका छन् । निर्माण कम्पनीले पुल अलपत्र अवस्थामा छाडेपछि जिल्लाबासीहरूले अख्तियार दुरुपयोग अन...
प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् । हिजो एका कार्यक्रमबीच प्रधानमन्त्री ओलीले १८ कोठे पक्की भवनको उद्‌घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले यही विद्यालयमा कक्षा चार सम्म अध्ययन गरेका थिए । कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले आफूले पढेको विद्यालयको भवन उद्‌घाटन गर्न पाउँदा हर्षित भएक...
तेह्रथुमको प्रणामी माविको भवन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

तेह्रथुमको प्रणामी माविको भवन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

तेह्रथुम । तेह्रथुमको प्रणामी माध्यमिक विद्यालयको नयाँ भवन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्‌घाटन हुने भएको छ । आठराई गाउँपालिका-४ इवामा अवस्थित उक्त विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवन निर्माण भएको छ । उक्त भवनको मंसिर २६ गते प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री ओलीको औपचारिक शिक्षा यही विद्यालयबाट प्रारम्भ भएको थियो । ओम हङ गिल फाउन्डेशन दक्षिण कोरिय...
तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित

तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित

विराटनगर । तेह्रथुमको लागिगुराँस नगरपालिका-८ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । लिम्बू ४४० मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार बुद्ध बहादुर लिम्बूले ३६० मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्जिब खड्काले ३८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार कुमार विश्वकर्माले २६ मत प्राप्त गरे ।
तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ

तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ

तेह्रथुम । तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका-१ गैरी टोल बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङ्ठा भन्ने प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । भदौ ३० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खट...
तेह्रथुम र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

तेह्रथुम र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । सुनसरी र तेह्रथुममा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ मा ग्यास बोकेको ट्रकको चक्काले किचिँदा गएराति सहचालकको मृत्यु भएको हो । को १ क १६८१ नम्बरको ट्रकले किचिएर सुनसरीको इटहरी घर भएका ४५ वर्षीय रमानन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक सुनसरीको रामधुरीका ४४ वर्षीय तेजबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, सुन...
तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

तेह्रथुममा पहिरोले विद्यालय भवन क्षतिग्रस्त, बिजुली अवरुद्ध

तेह्रथुम । अविरल वर्षापछि मङ्गलबार राति तेह्रथुमको फेदाप गाउँपालिका–४ मा पहिरो जाँदा विद्यादय भवनमा क्षति पुगेको छ । स्थानीय जालपादेवी आधारभूत विद्यालयको भवनमा क्षति पुगेको प्रहरीले जनाएको  छ । पहिरो खसेपछि विद्यालयका भवनहरू सहित अन्य संरचना जोखिममा परेको जनाइएको छ । पहिरोले स्थानीय दलबहादुर कार्कीको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । राति आएको ठूलो पानी र हावाहुरीले फेदाप गाउँपालिकामा ...
धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा । धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकारद्वारा निर्माण गरिएको सडकको बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । धनकुटाको सिधुवादेखि तेह्रथुमको शुक्रबारेसम्मको डबल लेन सडक सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई लाभ मिल्ने सरकारको विश्वास छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्य...
कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

विराटनगर । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । देशभर गरी विभिन्न जिल्लामा ३४ वटा पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । ती रिक्त स्थानहरूमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न प्रस्ताव गरिएको छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त रहेको आ...
कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

विराटनगर । आज राति र भोलि भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै सरकारले कोशी प्रदेशका चारसहित विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । कोशीसहित पाँचवटा प्रदेशका विभिन्न जिल्लामा भारी र अति भारी वर्षा हुने जनाइएको छ । जल तथ...
धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

धनकुटा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले कृषकलाई २ करोड रुपैयाँभन्दा बढीको अनुदान वितरण गरेको छ । धनकुटा र तेह्रथुमका कृषक तथा पशुपक्षी पालक कृषकहरूलाई अनुदान वितरण गरिएको हो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा धनकुटा र तेह्रथुमका ९२ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई २ करोड ३८ लाख ७० हजार २ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । विभिन्न ५ शीर्षकमा कृषकले ...
तेह्रथुमको जिरिखिम्तीमा कालोझण्डा देखाएर मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन

तेह्रथुमको जिरिखिम्तीमा कालोझण्डा देखाएर मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन

तेह्रथुम । पहिचान पक्षधर संगठनका नेता–कार्यकर्ताले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आज कालो झण्डा देखाएर विरोध गरेका छन् । तेह्रथुमको बसन्तपुरबाट म्याङलुङ जाने क्रममा बिहान जिरिखिम्तीमा कालो झण्डा देखाइएको हो । पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो । नेताहरूको यात्रामा अवरोध ...
तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । आज अपरान्ह स्थानीय २३ वर्षीय दिपक नेपालीले खुकुरी प्रहार गरी आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको हत्या गरेका हुन् । प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्नेनका अनुसार तीलमायाको घटनास्थ...
कोशी प्रदेशस्तरीय लोकदोहोरीमा तेह्रथुमको समूह पहिलो

कोशी प्रदेशस्तरीय लोकदोहोरीमा तेह्रथुमको समूह पहिलो

संखुवासभा । मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै, खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय भयो भने संखुवासभाको मनकामना समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २५, २० र १५ हजारका साथमा प्रमाणपत्र प्र...
error: Content is protected !!