भोटेकोशी बाढीको १३ औँ दिन : तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज शोक बिदा
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरुप तेह्रथुमको लालीगुराँस नगरपालिकाले आज शोक बिदा दिएको छ ।
भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मानमा नगरपालिकाले शोक विदा दिएको हो ।
घटना भएको तेह्रौं दिनको पुण्यतिथिमा सम्पूर्ण दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक दिन नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य ...





























