संगालोखबर संवाददाता

इलाम । प्रतिनिधिसमभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएपछि एमालेले सदरमुकाममा आयोजना गरेको विजय सभामा सहभागी भएर फर्कँदा भएको दुर्घटनामा १७ जना घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप वडा–५, बिब्ल्याँँटे बजारनजिक दुर्घटना भएको थियो ।

घाइतेहरूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बतााए । विजय सभामा सहभागी हुन विभिन्न स्थानबाट पार्टी कार्यकर्ता र समर्थकहरु भेला भएका थिए ।

घाइते भएकाहरुमा तुलसा ढकाल, इनपा ४, रामचन्द्र खनाल इनपा ५, प्रकाश सोङ्मी इनपा ४, रमेश राई सन्दकपुर १, दीक्षा आचार्य इनपा ५, दुर्गादेवी घिमिरे इनपा ५, धनप्रसाद दुलाल इनपा ४ छन् ।

यसैगरी अन्य घाइतेमा राधिका खनाल इनपा ५, वेदप्रसाद रिजाल इनपा ४, माया ढकाल इनपा ४, सूर्यप्रसाद दुलाल इनपा ४, लक्ष्मी दुलाल इनपा ४, कृष्ण घिमिरे इनपा ५, खेलनाथ खनाल इनपा ५, नङप्रसाद तिवारी इनपा ५, कृति ढुंगाना इनपा ४ र लीलादेवी चापागाईं छन् ।

यसैबीच, उपचार गराइरहेका घाइतेहरुको अवस्था बुझ्न नवनिर्वाचित सांसद नेम्वाङले अस्पतालको भ्रमण गरेका छन् । उनले घाइतेहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!