पाखोबारीमा धान खेती हुनथालेपछी धनकुटाको बेलहराका कृषक उत्साहित
धनकुटा । सिँचाइ सुविधा नपुगेको पाखो र भिरालो जमिनमा धान खेती विस्तार भएसँगै धनकुटा नगरपालिका-९ बेलहराका किसान हर्षित भएका छन् ।परम्परागत रूपमा मकै, कोदो, गोलभेडा र तरकारी खेती गर्दै आएका बेलहराका किसान अहिले पाखोबारीमा लहलहाएको धान देखेर उत्साहित छन् ।
स्थानीय मेहरमान बस्नेतले करिब नौ रोपनी पाखोबारीमा धान लगाएका छन् । ‘पाखो बारीमै धान खेती गर्न सकिने र उब्जनी पनि राम्रो हुने रहेछ’, बस्नेतले भने...




























