सँगालो खबर मिडिया प्रा.लि. ले २०७३ सालबाट संगालोखबर अनलाइन मिडिया (sangalokhabar.com) सञ्चालन गर्दै आएको छ । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम धनकुटाबाट सञ्चालन थालिएको यो अनलाइन देश संघीयतामा गएर कोशी प्रदेशको राजधानी विराटनगर तोकिएपछि २०८० सालमा प्रधान कार्यालय स्थानान्तरण गरी विराटनगरबाट सञ्चालन भइरहेको छ ।
सत्य, तथ्य र निष्पक्ष रुपमा निरन्तर समाचारसहितका सामग्री प्रकाशन गर्दै आएकाले पाठकको रोजाइमा परेर संगालोखबर कोशी प्रदेशको मुख्य अनलाइन मिडियाको रुपमा स्थापित भएको छ । संगालोखबरले कोशी प्रदेशका १४ वटै जिल्लालाई मुख्य प्राथमिकतामा राखेर देश, विदेशका विषयलाई पनि महत्वका साथ प्रकाशन गर्ने गर्छ । स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विषयवस्तुलाई पनि उपयुक्त स्थान दिएर पाठकमाझ पुर्याउने गरेको छ ।
खोजमूलक, घटनामूलक, सामाजिक, राजनीतिक, आर्थिक, खेलकुद, मनोरञ्जन, साहित्य, सूचना प्रविधि लगायत हरेक विषयका समाचार संगालोखबरमा प्रकाशन हुन्छन् । विचार विश्लेषण, अन्तर्वार्ता, भिडियो र भिडियो रिपोर्ट पनि संगालोखबरले प्रकाशन गर्दै आएको छ । लामो समयदेखि व्यवसायिक पत्रकारिता पेशामा आवद्ध अनुभवी सञ्चारकर्मीहरुको समूह संगालोखबरमा क्रियाशील छ । जसका कारण प्रकाशित सामग्री विश्वसनीय र स्तरीय हुन्छन् ।
संगालोखबरको फेसबुक पेजमा १ लाख ७० हजार भन्दा बढी फलोअर्स छन् । ११ हजार भन्दा बढी सदस्य संगालोखबरको फेसबुक ग्रुपमा आवद्ध छन् । संगालोखबरका सामग्री फेसबुकसहित ट्विटर, यूटुव, टिकटक र इन्स्टाग्राममा पनि प्रकाशन हुने गर्छन् । मोबाइल एप्लिकेशनमार्फत पनि संगालोखबरका सामग्री हेर्न र पढ्न सकिन्छ ।
थप जानकारीका लागि
संगालो खबर मिडिया प्रा.लि.
विराटनगर महानगरपालिका-१ भट्टा चोक, मोरङ
कोशी प्रदेश, नेपाल
सम्पर्क : ०२१ ४६४४१५, ९८५२०६११४८
शाखा कार्यालय : धनकुटा-७, हुलाकटोल
सम्पर्क : ०२६ ५२३७५०, ९८४२२१७१४८
Email : [email protected], [email protected]