संगालोखबर


विराटनगर । नेपालमा जनसंख्या वृद्धिदर घटिरहेको पाइएको छ । जनसंख्या वृद्धिदर ८० वर्ष यताकै कम भएको नयाँ तथ्यांक सार्वजनिक भएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जनसंख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेको जनाएको हो ।

Advertisement

संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कार्यालयले यो जानकारी दिएको हो । त्यस अवसरमा नेपालको जनसंख्याबारे विभिन्न तथ्यांकहरु प्रस्तुत गरिएको थियो ।

त्यसअनुसार नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष रहेको कार्यालयले जनाएको छ । नेपालमा २०६८ र २०७८ को अवधिमा करिब २७ लाख जनसंख्या बढेको थियो । अब भने वृद्धिमा संकुचन आउने राष्ट्रिय तथ्यांक कार्यालयका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

नेपालमा अहिले ६० प्रतिशत एकल तथा ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी रहेको उल्लेख गर्दै अन्य क्षेत्रमा भने कम रहेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!