भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु
विराटनगर । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जना छन् ।
राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट हुँदा घटना भएको जनाइएको छ । उक्त घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन वि...































