धनकुटाकी सावित्रा वाग्लेको अमेरिकामा सडक दुर्घटनामा मृत्यु
विराटनगर । धनकुटाकी सावित्रा वाग्लेको अमेरिकामा सडक दुर्घटनामा परेर मृत्यु भएको छ । धनकुटा-४ वाग्ले टोलकी ६३ वर्षीया सावित्राको अमेरिकाको टेक्सास राज्यमा दुर्घटनामा परेर मृत्यु भएको हो ।
आइतबार बिहान दुर्घटनामा परेर काकीको निधन भएको जानकारी प्राप्त भएको उनका भतिज अशोक वाग्लेले जानकारी दिए । ‘काकीको आइतबार बिहान दुर्घटनामा निधन भएको खबर प्राप्त भयो’, उनले भने, ‘काकी परिवारसहित अमेरिकामा हुनुहुन्...































