- पत्रपत्रिका खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् ।

Advertisement

४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेबारे समेत सहमति गरेका छन् ।

ललितपुर हात्तिवनमा सोमबार भएको प्रचण्ड–नेपाल भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए । एउटै घोषणापत्रमा निर्वाचनमा सहभागी हुने सहमति गरेका दुवै नेताले चिह्न भने आआफ्नै लिएर निर्वाचन लड्ने छलफलमा सहभागी एक नेताले बताए ।

यसअघि, माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा (राष्ट्रिय एकता अभियान)ले साझा घोषणापत्र र एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनेमा सहमत छन्

केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको नेकपा (राष्ट्रिय एकता अभियान)ले साझा घोषणापत्र र माओवादीकै चिह्न लिएर निर्वाचनमा सहभागी हुने माओवादीसँग सहमति गरेको छ ।

‘दुई पार्टीको एकता निर्वाचनअघि नै गर्ने कि पछि ?’ भन्नेमा छलफल केन्द्रित रह्यो । त्यस्तै, माओवादीको निर्वाचन चिह्नबाट चुनाव लड्ने सहमति गरेका भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको छ,’ छलफलमा सहभागि ती नेताले भने ।

गौतम नेकपा ब्युँताउने वा समाजवादी केन्द्र बनाउनेमा सहमत भएको र भट्टराईको हकमा केही सर्त उनले राखेको विषयमा दुई नेताबीच छलफल भएको छ । उनीहरूबीच निर्वाचनअघि एकता संयोजन समिति बनाएर त्यसमार्फत वार्ता अघि बढाउने सहमति भएको छ । छिट्टै भट्टराई र गौतमसँग छलफल गरेर दुवै पार्टी नेता रहने एकता संयोजन समिति बन्नेछ ।

एकीकृत समाजवादीको हालै सम्पन्न सचिवालय बैठकले पार्टी एकता’bout माओवादी केन्द्रसँग छलफल गर्न र एकता संयोजन समिति गठनबारे निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मेवारी दिएको थियो ।

यता, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले वामगठबन्धन आवश्यक रहेको बताएका छन् । निर्वाचनअघि नै माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नभएको बताउँदै उनले अन्य वामपन्थी दलसँगसमेत छलफल गरेर निर्वाचनपछि एकीकरण गर्नुपर्ने बताए ।

यसैबीच, गत स्थानीय निर्वाचनमा भएको अन्तर्घात’bout छानबिन गर्न माओवादी केन्द्रले गठन गरेको समितिले सोमबार पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक टंक राईले पार्टी कार्यालय पेरिसडाँडा सोमबार अध्यक्ष पचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।

स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात’bout छानबिन गर्न भन्दै माओवादी केन्द्रले पार्टी अनुशासन विभाग संयोजकसमेत रहेका राई नेतृत्वमा गत २५ असारमा छानबिन समिति गठन गरेको थियो । समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य थिए ।

स्थानीय तह निर्वाचनपछि बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले केन्द्रीय सदस्यले नै चुनावमा पार्टीका उम्मेदवारलाई अहसयोग गरेको तथा अन्तर्घात गरेको कुरा उठेपछि स्थायी समिति बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए । पार्टीलाई अनुशासनमा चलाउन समिति गठन गरेर अन्तर्घात छानबिन गरिएको उनले बताए । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!