अध्यक्षमा केपी ओलीले फराकिलो अन्तर बनाउँदै
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले फराकिलो अन्तर बनाउँदै गएका छन् ।
पछिल्लो मत परिणाम अनुसार ओलीले ४८९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले १७७ मत ल्याएका छन् । यस्तै महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ मत ल्याउँदा सुरेन्द्र प्रसाद पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।
अहिले मतगणना जारी छ । सुरुवाती चरणमा अध्...



























