संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा फागुन पहिलो साता हुन लागेको ‘धनकुटा म्युजिक फेस्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो ।

Advertisement

आयोजकले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुसम्मले सांगीतिक प्रस्तुती दिनेछन् । सांगीतिक प्रस्तुतिका लागि चर्चित गायक सविन राई, कालिप्रसाद बाँस्कोटासहितका राष्ट्रिय कलाकारहरू महोत्सवमा आउँनेछन् । विभिन्न चर्चित व्याण्ड र डान्स क्लबको प्रस्तुती पनि रहनेछ ।

महोत्सवमा खानाका परिकारको स्टल पनि रहनेछ । जिल्लाका सात वटै पालिकाका प्रमुख पर्यटकीय गन्तव्यहरूको पनि प्रदर्शनी हुनेछ । लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभिवृद्धि पनि गरिनेछ । आयोजकले संगालोखबरलाई महोत्सवको मिडिया पार्टनरको रुपमा राखेको छ ।

भिडियो हेर्नुहोस्…

यसअघि प्रकाशित समाचार…

धनकुटामा संगीत महोत्सव हुने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!