संगालोखबर


विराटनगर । मोरङको लेटाङकी एक महिला काठमाडौंको गोंगबुस्थित एक होटलमा मृत अवस्थामा भेटिएकी छन् । लेटाङ नगरपालिका–२ घर भइ बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भण्डारी होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।

Advertisement

लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका कर्मचारीलाई बोलाएका थिए । ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महिलाका परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

भण्डारीको शरीरका विभिन्न भागमा पनि चोट रहेको जनाइएको छ । भण्डारीका श्रीमान् रोजगारीका लागि विदेशमा रहेको खुलेको उल्लेख गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!