विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते वृहत् साहित्यिक कार्यक्रम ‘विराट वाङ्मय उत्सव’ हुने भएको छ । हाटखोलास्थित गुरुकुल परिसरमा कविता वाचनका साथै अनेक साहित्यिक तथा सामाजिक मुद्दाहरुमा छलफलसमेत गरिने भएको आयोजक आरोहण गुरुकुलले जनाएको छ । उत्सवको उद्घाटन २८ गते विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने तय भएको छ । उद्घाटनपछि उत्सवमा समेटिएका साहित्य र कलाका विभिन्न विधाक...
आमा (कविता)

आमा (कविता)

आमा आज तिम्रो मुहार हेर्ने दिन तिम्रो दुःख होइन सुख हेर्ने दिन । लहर नै चलेको छ आमा सन्तानहरूले यहाँ देश छोड्ने, जिउँदै फर्किए ठिकै थियो, बाकसमा आउँछन् आमा को छ र यहाँ कसले देख्ने । वृद्धाश्रम हुँदैछ दिनदिनै आमा तिम्रो आफ्नो जन्म दिने देश, लास ढल्दा उठाउनलाई विदेशी सन्तानहरू पर्खँदैंछ आमा कस्तो भयो विचित्रको यो परिवेश । डाँडामाथिको जुन–घाम तिमी कतिखेर के हुन्छ आमा पीडा कसलाई ...
गोप्य कोठा (कविता)

गोप्य कोठा (कविता)

गोप्य कोठामा ताला लगाउनु पर्छ अथवा पर्खाल उभ्याएर ढोका टाल्नु पर्छ गोप्य कोठामा बस्न हुन्न तपाईं पनि छिर्न हुन्न हामी पनि गोप्य कोठा साह्रै खतरनाक हुन्छ । गोप्य कोठा अरूले सुन्न नहुने कुरा गर्नका लागि हो गोप्य कोठा अरूले थाहै नपाइ काम तमाम् गर्नका निम्ति हो गोप्य कोठामा खापाहरू हुन्न सिसी क्यामेराहरू हुन्न गोप्य कोठामा भएका कामहरूको अभिलेख रहन्न प्रमाण हुन्न दशी हुन्न गोप्य कोठाभित...
बरालको ‘चेतनाको विराट यात्रा’ पाठकमाझ

बरालको ‘चेतनाको विराट यात्रा’ पाठकमाझ

विराटनगर । साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रह लोकार्पण गरिएको छ । विराट साहित्य संगमले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा–११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले संग्रहको लोकार्पण गरे । ‘चेतनाको विराट यात्रा’ निबन्धस...
भट्टराईले ल्याए मुक्तकसंग्रह ‘मनोभिराम’

भट्टराईले ल्याए मुक्तकसंग्रह ‘मनोभिराम’

विराटनगर । साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, मीनकुमार नवोदित, तारानाथ पो...
धेरै कुरा के भनौँ…

धेरै कुरा के भनौँ…

धेरै कुरा के भनौँ आफैँ बुझ न लाजले सर्माएको रहेछौ यता हेर न बाँचुन्जेल मिठो बोली बोल न धेरै कुरा के भनौँ आफैँ बुझ न दिलमा भएको मायाको बयान कसरी गरूँ म आँखाहरू सर्माउँछन् कसरी हेरूँ म कसरी जाउँ कुराकानी अधुरो हुन्छ मेरो कुनै उपाय बताइदेऊ तिमी के हुन्छ मेरो ओठहरूले पनि धेरै कुरा बोल्छन् धेरै कुरा के भनौँ आफैँ बुझ न मुटुको धड्कन कसरी सुनाउँ म आँखाहरू सर्माउँछन् कसरी हेरूँ म ...
पाख्रीवासमा अछामका सङ्गमको एकल गजल साँझ हुने

पाख्रीवासमा अछामका सङ्गमको एकल गजल साँझ हुने

धनकुटा । धनकुटाको पाख्रीवासमा आज अछामका गजलकार लक्ष्मण सङ्गमको एकल गजल साँझ हुने भएको छ । पाख्रीवास ४ नम्बर वडा कार्यालयको प्रायोजनमा पाख्रीवास कला साहित्य समाजले ‘पाख्रीवास गजल साँझ’ गर्न लागेको हो । पाख्रीवासस्थित संसारी सिमसार पर्यटकीय क्षेत्रमा साँझ ५ बजेपछि कार्यक्रम सुरुहुने पाख्रीवास कला साहित्य समाजका सचिव ध्रुव पौडेलले जानकारी दिए । साहित्यिक क्षेत्रको प्रवर्द्धनका लागि आयोजना गरिएको क...
लघुकथा : डमीसँग बिहे  

लघुकथा : डमीसँग बिहे  

मागी विवाहको लागि केटा केटी देखभेट गरी एकआपसको मन्जुरीपछि पहिलो पटकको सम्पर्कमा जुनले आलोक लाई भनी, 'हजुर म सँग बिहे गर्ने हो ? वेड्डिङ गिफ्टमा के दिनु हुन्छ स्पेसल मलाई’ ? के चाहिन्छ भनन म दिन्छु नी , आलोक ले भन्यो । खुसीसाथ जुनले भनी' डायमन्ड रिङ्ग' दिनु हुन्छ मलाई ? आफ्नो मोबाइल म तिर फर्काउदै,  टिकटकमा डायमन्ड रिङ्गको विज्ञापनको भिडियो देखाउदै जुनले भनी, यो हेर्नुस् त डायमन्ड रिङ्ग कति रा...
धनकुटामा रामायण वाचन

धनकुटामा रामायण वाचन

धनकुटा । धनकुटामा रामायण वाचन कार्यक्रम गरिएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसर पारेर सल्लेरी साहित्य संगमले कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागि अधिकांशले रामायण वाचन गरे, केहीले आफ्ना स्वतन्त्र सिर्जना पनि प्रस्तुत गरेका थिए । उनीहरूले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसंगति विरुद्ध कविता मार्फत खबरदारी गरे । गर्गाचार्य सामुदायिक विश्वभाषा ...
जुनु घिमिरेको ‘पसिनाको घर’ लोकार्पण

जुनु घिमिरेको ‘पसिनाको घर’ लोकार्पण

धनकुटा । कवि जुनु घिमिरेको कविता कृति पसिनाको घर धनकुटामा लोकार्पण गरिएको छ । सल्लेरी साहित्य संगमको आयोजना र ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका ७ समितिको संयोजनमा कृति लोकार्पण कार्यक्रम गरिएको हो । अग्रज साहित्यकार टिकाप्रसाद लामिछाने, साहित्यकार डा. यज्ञप्रसाद गुरागाईँ, शिक्षाविद् दामोदर दाहाल, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्य...
कविता : जिन्दगी 

कविता : जिन्दगी 

कसैको साथबिना खास हुन्न रहेछ जिन्दगी सधै भरी एकै नास हुन्न रहेछ जिन्दगी क्षण भरमै यहाँ सपना बिलाउँछन् समय हामी कसैको दास हुन्न जिन्दगी  यो मनले त भन्छ प्रेम देउ प्रेम लेउ सबैको दिलमा प्रेमको बास हुन्न जिन्दगी टुट्छन् जब कलिला रहरहरू मनैदेखि जोडी–गासी पलाउने आश हुन्न जिन्दगी  आत्मा अमर छ भने व्यर्थै यो शरीर मरेर यो देह लास हुन्न जिन्दगी जलन र पीडा छातीभित्र राखी चल्छ जिन्दगी...
यो दिलमा राज गर्यौ…

यो दिलमा राज गर्यौ…

यो दिलमा राज गर्यौ मेरो मन रमायो आशा गरेर भए पनि जिन्दगी चलिरह्यो यि नयनले एकपल्ट तिमीलाई हेर्नुपर्यो यो खुसी, यो उमङ्ग मेरो मन डुलिरह्यो समीपमै रहु लाग्छ मलाई यो जिन्दगीमा तिमी नै हौ मेरो भन्नु यो जगतमा रमाइ रह्यो मेरो मन खुसि नै खुसीमा भन्नुपर्ने धेरै कुरा थियो केही बोल्छु यो समयमा खोज्दै हिड्छु तिम्रो याद आई सम्झना बस्दा आफ्नो मान्छे तिमी मेरो मनको चाहनामा रहँदा तिमीसँग रोकिए ...
कविता : शिक्षा 

कविता : शिक्षा 

शिक्षा हो धनको श्रेष्ठ भविष्य बनाइदिने। शिक्षा हो चम्किलो ज्योति आँखा प्रष्ट खुलाउने।। शिक्षाले चरित्र साथै , राम्रा काम सिकाउँछ , नराम्रा कुलत फाली असल मान्छे बनाउँछ। शिक्षा हो भाग्यको रेखा लक्ष्यमा पुर्याइदिने शिक्षा हो डाक्टर पाइलट वैज्ञानिक बनाउने ।। शिक्षा आर्जनमा लागौँ सच्चा मान्छे हुने भए स्वदेश विदेशमा राम्रो नाम कमाउने भए।। शिक्षाले बासना दिन्छ, विश्वमै मगमगाउने । आफ...
कविताः आमा

कविताः आमा

नौ नौ महिना गर्भमा राखी हामीलाई यो सुनौलो संसार देखाउने पुजनीय नारी हो आमा माता, जननी, सहनशीलता हौ तिमी माया र ममताको खानी हौ तिमी आफ्ना सबै दुःख र पीडा लुकाई आफ्ना सन्तानलाई खुसी राख्ने व्यक्तित्व हौ तिमी सन्तानका हितका लागि कर्म गर्छौ यो धर्ती भर मर्म छर्छौ सधै अनुशासित बन्न सिकायौ सधै असल हुने प्रेरणा दिलायौ आमा तिमी मेरो पुजनीय देवी आशीर्वाद देउ आमा मलाई सधैँभरि सिमा ढ...
कविता: बालअधिकार

कविता: बालअधिकार

न त बाबा नत आमा नत दाजुभाइ कस्ले देला खाना अनि नाना तिनीलाई सडकमा हिडेका छन् साना साना नानी बोकेका छन् सडकका झोला बोतल तानी नाना छैन खाना छैन हातमा किताब छैन तिनीहरुलाई देखे देखि यो मन खुसि छैन तिनी पनि साना नै छन् छैन परिवार संघ सस्था ठुला बडा बनौ जिम्मेवार सुनिश्चित गर सरकार बालअधिकार सडकका बालकालिकाको पारौ सपना साकार आयुसा खनाल कक्षा ४ पाथिभरा सेकेन्डरी विधालय इटहरी
पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा भण्डारी

पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा भण्डारी

धनकुटा । पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा प्रेम भण्डारी निर्वाचित भएका छन् । समाजको दोस्रो साधारण सभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनन्त अनुराग, सचिबमा ध्रुब एलेक्स र कोषाध्यक्षमा इन्दु केसी चयन भएका छन् । सदस्यहरूमा ईश्वर दाहाल र रोजा घिमिरे चयन भएका छन् । संरक्षकमा रोशन परियार र सल्लाहकारमा मुकुन्द प्रयास, ओम प्रकाश निरौला र सन्तोष...
कविताः झमक

कविताः झमक

बिक्रम सम्वत २०३७ असार २१ थियो गते जिल्ला धनकुटा, गाउँ थियो कचिँडे पिता हुन, श्री कृष्ण बहादुर, माता थिइन् आशादेवी प्रथम सन्तानका रुपमा पैदा भइन् झमक कुमारी मनमा पीडाको खेती गर्दै, रूँदै-रुँदै बस्थिन् भाइ, बहिनी, साथीसंगी पढ्न जाँदा धैर्यताको सीमा छोड्थिन् असक्त भएपनि अद्भूत प्रतिभा थियो उनमा त्यही माला उन्दै-उन्दै दृढता भयो मनमा गोडाका बुढी र चोरी औँला थिए साथमा । मसी बन्यो रातमा...
झोराहाटमा वृहत कविता प्रतियोगिता हुने

झोराहाटमा वृहत कविता प्रतियोगिता हुने

विराटनगर । कोशी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आगामी जेठ २८ र २९ गते खल्ला कविता प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । देशका कुनैपनि स्थानबाट प्रतियोगितामा जेठ २४ गतेसम्ममा कविता पठाउन आयोजकले आव्हान गरेको थियो । उक्त आव्हान अनुसार ५१ जनाले कविता प्रतियोगिताका लागि आवेदन दिएको कार्यक्रम संयोजक भरत गुरागाईं बर्बरिकले जानकारी दिए । प्रतियोगितामा सबैले सहभागी हुन पाउने उनको भनाइ छ ।...
कथा : जन्तर

कथा : जन्तर

मैले झल्यासैं बुबाले दिएको जन्तर सम्झें । अन्तिम सास लिदा उहाँले मलाई भन्नु भएको कुरा झल्झली याद आयो । “यो जन्तर जतन गरेर राख्नु । तैले बिहे गरेर जब तेरो छोरा/छोरी हुन्छ तब मात्र यो जन्तर भित्र मैले केही महत्वपूर्ण कुरा राखेको छु, खोलेर हेर्नु ।” बुबा रहुन्जेल र मैले बिहे नगरुन्जेल मलाई जन्तरपटी कहिल्यै ध्यान गएन । बुबाको वचन काट्दिन भनेर मैले जन्तर सुरक्षित रुपमा सन्दुकभित्र हालेर राखेको थिए । ...
लघु कथाः भाषण

लघु कथाः भाषण

‘आउनुस् आउनुस् एक युवा नेत्रृ तपाईँको घर दैलोमा आउनु भएको छ । उहाँको भाषण सुन्नुहोस घर–घर बाट आमा, दिदी, बहिनी, छोरी, चेली निस्कनुहोस्’ भन्ने आवाज टोलमा घन्किरहेको थियो । सबै गाउँलेहरु कुनै जात्रामा जान लागेझै हुलका हुल सडकमा देखिन्थे । म पनि बेर पो हुने होकी भनी हत्तनपत्त खाना नपकाई ढोका बन्द गरी त्यतै तिर दौडिएँ । जनसागरको माझमा उभिएकी एउटी साधारण महिला देखें । उनका विचारहरु सुनेर सबैको मुहारम...
दार्जिलिङ र विराटनगरका श्रष्टा सम्मानित

दार्जिलिङ र विराटनगरका श्रष्टा सम्मानित

विराटनगर । विराटनगरस्थित बबरसिंह–देवकुमारी थापा सेवा गुठीले शनिवार दुई चर्चित श्रष्टालाई सम्मान गरेको छ । सम्मान समारोह आयोजना गरी भारतको दार्जिलिङकी कवि तथा आख्यानकार विन्दया सुब्बालाई देवकुमारी थापा स्मृति सम्मान र विराटनगरका कवि तथा गीतकार सुमन पोखरेललाई बबरसिंह थापा स्मृति सम्मानबाट नगदसहित सम्मानित गरिएको हो । कार्यक्रममा प्रजातन्त्र सेनानी तथा समाजसेवी तोरेन्द्रमान सिंह प्रधान, गुठिका अध्...
कविता: नयाँ वर्ष

कविता: नयाँ वर्ष

क्यालेन्डर फेरिने छ साल फेरिनेछ महिना र दिन, रात अनि गते उही छन् । आमाका गालामा चाउरिएका पत्र थपिनेछन् स्नेह, वात्सल्य र अटुट आशा उही छन् फाटेका कुर्कुच्चाका चिरा थपिनेछन् बाबुका पाइला, गन्तव्य र विश्वास उही छन् सुकोमलता उही छ सुवास उही छ गुलाब उही छ मखमली उही छ गुराँस उही छ भोगाइ थपिनेछन्, सोचाइ बदलिने छन् फूल फक्रिने छन् अतृप्त सपनाका नयाँ वर्ष आउने छ सपना देखाउने छ उडाउने ...
आरोहण गुरुकुलको काव्यरोहणको नवौं शृङ्खलामा श्रवण मुकारुङ

आरोहण गुरुकुलको काव्यरोहणको नवौं शृङ्खलामा श्रवण मुकारुङ

विराटनगर । आरोहण गुरुकुलको काव्यरोहण कविता यात्रामा अग्रज कवि श्रवण मुकारुङ प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिवार आयोजित काव्यरोहणको नवौं शृंखलामा अग्रज कवि मुकारुङ प्रस्तुत भएका हुन् । कवि मुकारुङले ‘आवाज नआइपुग्ने मेघको उज्यालो’, ‘मेडम गीता’, ‘डिप्रेसनमा राम’, ‘हुमानसिंह भुजेलको भैंसी’, ‘गाउँ र आमा’, ‘मोहन कोइराला’, ‘मानिसको मृत्यु’ र ‘बिसे नगर्चीको बयान’ शीर्षकका...
गायन प्रतियोगितामा स्विकृति बनिन् प्रथम

गायन प्रतियोगितामा स्विकृति बनिन् प्रथम

धनकुटा । पाख्रीबास नगर स्तरीय गायन प्रतियोगितामा स्विकृति राई प्रथम भएकी छन् । २१ जना प्रतिष्पर्धीलाई उछिन्दै पाख्रीवासकी स्विकृतिले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा सीता सिग्देल दोस्रो, आवन राई तेस्रो र इन्द्रबहादुर श्रेष्ठ सान्त्वना भएका छन् । त्यस्तै, स्विकार राई उदयमान गायक छनौट भएका छन् । बिजयी हुनेहरुले क्रमश ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय नगद पुरस्कार पाएका छन् । उन...
कविता : म र मेरो प्रणय दिवश

कविता : म र मेरो प्रणय दिवश

आज प्रणय दिवश, म एक्लो प्रेमी प्रेमिकाको पर्खाइमा तड्पिएको प्रेमी मेरी प्रेमिका पृथ्वीकी सुन्दरी स्वर्गकी अप्सरा, उ मलाई अति प्रेम गर्छे, पढ्छे अनि बुझ्छे । उत्तिकै प्रेम गर्छु म उसलाई जति म लेख्न सक्दिन । आज प्रणय दिवश, म दिल फुकाएर प्रेम गर्दैछु मेरी प्रेमिकालाई म भन्दैछु, ‘आई लभ यु’ प्रिया । म लेख्दैछु प्रेम पत्र उसलाई खोल्दैछु म दविएका इच्छाहरु, चाहनाहरु मेरो प्रेम पत्रमा ...
प्रेम पत्र

प्रेम पत्र

प्रिय काली, हेर न समय कति बदलिएछ । पोहोरको प्रणय दिवशसम्म म हरेक दिन स्कूलबाट आएर फोन गरेर “के छ खबर ? के गर्दैछौं ? सन्चै हो ? दिन कस्तो रह्यो ? के खाजा खायौ ?” भनेर नसोधिकन बस्न सक्दिनथे । मान्दैनथ्यो मेरो मन, विहान उठेर “शुभ प्रभात काली, सपना कस्तो देख्यौ ? के छ आजको कार्यक्रम ?” भनेर तिमीलाई मेसेज नगरी चिया पिउनलाई । सक्दिनथे खाना खान तिमीलाई एक कल फोन गरेर “तिमीले खाना खायौ ?” भनेर एकपल्ट ...
धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटा । धनकुटामा शुक्रबार काव्य गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ प्रदेश नं.–१ को सचिवालय बैठकको अवसर पारेर प्रगतिशील लेखक संघ धनकुटाले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा प्रदेश १ का कवि तथा साहित्यकारहरु सहभागि थिए । उनीहरुले गोष्ठीमा आ–आफ्नो रचना प्रस्तुत गरे । प्रगतिशील लेखक संघ प्रदेश–१ का अध्यक्ष डा.देवी क्षेत्री दुलाल, धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि राजेन्द्र सर्वाहारा, म...
लघु उपन्यासः नैना–रेशम (भाग–एक)

लघु उपन्यासः नैना–रेशम (भाग–एक)

कुरा आज भन्दा लगभग चार/पाँच बर्ष अगाडिको हो । रेशम आफ्नो जन्मथलो छोडेर पढाइको शिलशिलामा सदरमुकाम डेरा गरी बस्थे । सामान्य परिवारमा हुर्केका रेशम दुख–सुख गरी पढ्दै थिए, पढाई पनि राम्रै थियो । गाउँमा घर भएका कारण तथा आर्थिक रुपमा पनि कमजोर भएका कारण डेरामा चाहिने दाल चामल घरैबाट लैजान्थे किनकी पढ्न डेरा गरी बसेको मान्छेसँग पर्याप्त रुपमा पैसा पनि त हुँदैन थियो । बेला–बेला घर आउँथे घरमा केही कामहरु...
व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण

व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण

मोरङ । मोरङको बेलबारीमा व्यङ्ग्य निबन्ध संग्रह मुखास्त्र लोकार्पण गरिएको छ । व्यङ्ग्य निबन्धकार भैरव अर्यालको ४५ औं स्मृतिको अवसरमा एक कार्यक्रमकाबीच मुखास्त्र लोकार्पण गरिएको हो । साहित्यकार इरान राईबाट सम्पादन गरिएको मुखास्त्रलाई छावा प्रकाशन बेलबारीले बजारमा ल्याएको हो । पुस्तकको भैरव अर्याल पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, साहित्यकार तथा अन्वेषक अनिल पौडेल, प्राज्ञ नरनाथ लुइटेल, सिस्नोप...
लघुकथा–अनमोल माया

लघुकथा–अनमोल माया

शिकारीले दिनभर भौंतारिदा पनि आफूले भने जस्तो शिकार भेटाउन सकेको थिएन । ऊ थकित भई खोलाको किनारमा बसिरहेको थियो । ऊ खोला वारिबाट पारितर्फ जाने विचार गर्दै थियो । त्यति नै बेला एउटा बुढो बाख्रो लरखराउँदै नजिकै आयो र बस्यो । शिकारीले मुन्टो बटार्दै हेर्यो । आहा ! आज पनि राम्रै शिकार फेला पर्यो, धन्य प्रभु तिम्रो लिला अपरम्पार भन्दै मनमनै निकै खुसी भयो । शिकारीले उसलाई राम्रोसँग नियालेर हेर्यो उसक...
कविताः भाईको पुकार

कविताः भाईको पुकार

तिमी त ! बाल विधुवा रे हैन त ! दिदी ? तिमीले त रातो रंग छुनै हुन्न रे हैन त ! दिदी ? तिम्रो नशा–नशाको रातो रगतले त तिमीलाई हर स्वासमा स्पर्श गरिरहेकै छ त दिदी ! यसपालिको तीजमा रातो सारी किनिदिन्छु, ईन्कार नगर है दिदी ।। रातै चुरा तिम्रा डोला हातमा छमछम बजाउ है दिदी, रातै फुर्के धागो लगाइ चुल्ठो कसन है दिदी । कोष निकालेर नयन भरी परेली छपक्क पारेर, रातै लाली लगाइ, टलक्क टिकी, शिरै उच्च...
error: Content is protected !!