चूडामणि रेग्मी

प्रिय काली,
हेर न समय कति बदलिएछ । पोहोरको प्रणय दिवशसम्म म हरेक दिन स्कूलबाट आएर फोन गरेर “के छ खबर ? के गर्दैछौं ? सन्चै हो ? दिन कस्तो रह्यो ? के खाजा खायौ ?” भनेर नसोधिकन बस्न सक्दिनथे । मान्दैनथ्यो मेरो मन, विहान उठेर “शुभ प्रभात काली, सपना कस्तो देख्यौ ? के छ आजको कार्यक्रम ?” भनेर तिमीलाई मेसेज नगरी चिया पिउनलाई । सक्दिनथे खाना खान तिमीलाई एक कल फोन गरेर “तिमीले खाना खायौ ?” भनेर एकपल्ट पनि नसोधिकन । अटेर गथ्र्ये मेरा पाइलाहरु कोठा छाड्नलाई तिमीलाई स्कूल जाने बेलामा “काली, कस्ती देखिएकी छौं, स्कूल पोशाकमा ? हेर्न मन लाग्यो । एउटा फोटो पठाउन ।” भनेर नजिस्किकन । मान्दैनथ्यो मन लिजर समयमा कतै तिमी अनलाइन पो छौं कि भनेर मेसेन्जर नचिहाइकन बस्न । रोकिन्नथे औंलाहरु स्कूलबाट फर्कने बित्तिकै तिम्रो मोवाइल नम्बर नथिचि रहन । पाक्दैनथ्यो खाना तिमीसँगै भिडियो कल नगरिकन । अनि फकिन्नथे मेरा आखाँहरु चिम्लिनलाई, तिमीलाई “काली, आइ मिस यु सो मच ! गुड नाइट । ” भन्नु अगाडि तिम्रो मधुर बोली नसुनिकन । अनि तिम्रो मिठो हाँसोमा सार मिलाएर नहासिकन । अनि कहाँ झुल्कन्थ्यो र घाम हरेक बिहान तिमीसँग एक सरो मेसेज सेयर नगरिकन । अडिन्नथे मेरा पाइलाहरु हरेक बिदाका दिनमा तिम्रो डेरासम्म नपुगिकन । थामिन्नथे मेरा हातहरु तिम्रो मायालु स्पर्षको अनुभूत नगरिकन फर्कनलाई । अनि कहाँ छुट्न मान्थ्यो र मेरो मन कोठा फर्कन तिम्रो मनको धड्कन ननापिकन ।

Advertisement

तर अचेल, मेरो मन तिमीलाई बगैँचामा ढकमक्क फुलेको सन्दर फूल सम्झन्छ । मेरो मन अस्ताउन लागेको सूर्य बनेर बगैँचाको फूललाइ देख्ने बित्तिकै क्षितिजभित्र बिलाउन चाहदैन । मन त, उदाउदै गरेको घाम बनेर दिनभरी त्यही फूललाई चिहाइरहन चाहन्छ । आफ्ना रंगीन किरणहरु त्यही फूलका पत्र–पत्रभित्रका अनेक रंगहरुसँगै घुलाउन चाहन्छ । आफ्नो प्रकाशले दिनभरी फूलका पातहरुलाई खाना बनाउन सघाइरहन चाहन्छ । तिनै फूलका पातलाई स्पर्ष गर्दै जरा–जरासम्म बग्न चाहन्छ, मेरो मन, घामको किरण बनेर । काली, तिमी सागर हो । मलाई त्यो सागरको किनारमा उभिएर त्यसको सून्दरता अवलोकन मात्र गरेर पुग्दैन । अचेल मलाइ त त्यही सागरको गहिराइसम्म पौडिएर डूब्न मन लाग्छ । मलाई त्यही सागरका सबभन्दा गहिरो भागमा हाम फालेर लामो समयको खडेरीले सूकेर पराल जस्तै खरङ्ग भएको सुख्खा मेरो मनलाई अञ्जूलीका अञ्जूली पानी उघाएर भिजाउन मन लाग्छ । त्यही पानी पिइरहन मन लाग्छ । सके पनि नसके पनि त्यही सागरको गहिराइ र विसालता पौडिएर नाप्न चाहन्छ मन अचेल । तिम्रो मिठो बोली सुन्न पाउँदा संसारकै सबैभन्दा राम्रो, मिठो र दुर्लभ चिज पाएको अनुभव गर्ने मेरो मन तिम्रो मायालु स्पर्षको आस गरिरहन्छ अचेल । मोवाइलमा तिम्रो तस्बिर हेरेर चित्त बुझाउने मेरा आँखा तिम्रो साच्चैको सुन्दर शरीर हेर्ने चाहना गर्छ हिजोआज । तिमीलाई भेटेर कसैले नदेख्ने मौका मिलाएर तिमीसँगै टासिएर बस्ने रहर गर्छ, स्वार्थी मेरो मन । पिपलको रुखको फेदमा आफ्नो काखमा तिमिलाई बसाई मेरा दुबै हातहरुले तिम्रोपेटमा च्याप बेरेर तिमिलाई आफूसँग बेस्सरी कस्न पनि त रहर गर्छ, कालि, मेरो मन । तिमी मेरो आम्नेसाम्ने भएर उभिएको बेला तिम्रो काखी मुनिबाट मेरा दुबै हातहरु तिम्रो पिठिउसम्म पुर्याएर तिमिलाई आफ्नो समीप राख्दा तिम्रो छातीले मेरो छातीलाइ गहिरो स्पर्ष गर्दाको आनन्द पनि त गुमाउन चाहदैन मेरो पापी मन । तिमीसँगको मेरो साथलाई मान्छेले मात्र होइन घाम र जूनले पनि देखेको छैन भन्ने निश्चित भएको बेला, मेरो उत्ताउलो मनले मेरा लोभी ओठहरुलाई तिम्रो चाहना बुझेर, तिम्रा कञ्चन गाला र निदार भरी, तिमिलाई आँखा बन्द गर्न लगाएर तिम्रा गुलाबी ओठ भरी चुम्बनको वर्षा गराउन आदेश दिदैन भन्ने के ग्यारेन्टी छ र, काली ?……
उही तिम्रो
काले

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!