संगालोखबर


धनकुटा । धनकुटामा आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म ‘प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१’ हुने भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।

धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा मेला हुन लागेको हो । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र विक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

Advertisement

मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकार गरी ३० वटा स्टल रहनेछन् । २० हजार आन्तरिक पर्यटकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।

धनकुटामा निर्माण भएको औद्योगिक ग्रामको प्रर्वद्धनका लागि मेला आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!