- चूडामणि रेग्मी

आज प्रणय दिवश,
म एक्लो प्रेमी
प्रेमिकाको पर्खाइमा तड्पिएको प्रेमी
मेरी प्रेमिका पृथ्वीकी सुन्दरी
स्वर्गकी अप्सरा,
उ मलाई अति प्रेम गर्छे,
पढ्छे अनि बुझ्छे ।
उत्तिकै प्रेम गर्छु म उसलाई
जति म लेख्न सक्दिन ।

आज प्रणय दिवश,
म दिल फुकाएर प्रेम गर्दैछु
मेरी प्रेमिकालाई
म भन्दैछु, ‘आई लभ यु’ प्रिया ।
म लेख्दैछु प्रेम पत्र उसलाई
खोल्दैछु म दविएका इच्छाहरु, चाहनाहरु
मेरो प्रेम पत्रमा ।

मेरो उसलाइ भेट्ने चाहनालाई
वसन्त ऋतुमा कोसीको गड्तिरमा आउने
हावाको झोक्काको वाहान चडाउदैछु
अनि पुर्याउदैछु उसको डेरासम्म ।

म सजाउदैछु मेरी प्रेमिकालाई
उदाउदै गरेको सूर्यको रातो किरणसँग,
पिपलको रुखबाट चलेको मन्द हावाले
उडाएको उसको रेसमी केससँग,
सजाउदैछु म उसलाई नजिकै
हामफाल्दै गरेको झरनासँग ।

आधा अञ्जुली पानी पिलाउछु म उसलाई,
बाँकी म पिउछु
सझाउछु म उसलाई पानीको छ्यापाइले
निथ्रुक्क भिज्ने गरी
ओठको लाली पखालिने गरी
आखाँको गाजल बग्ने गरी
हिमाल झै सेतो कुर्थाभित्र
उसको छाती टल्कने गरी ।

आज प्रणय दिवश,
चिसोबाट जोगाउन
कुखुरीले आफ्नो चल्ला छोपे जस्तै
म छोप्छु मेरी प्रेमिकालाई
हत्तारिएको बादलले जुनलाई छोपे जस्तै,
पुषको जाडोमा कठ्याङ्ग्रीएका सर्पको जोडी जस्तै
साँच्चै वास्तविक नवप्रेमी जस्तै
गुटुमुटु हुन्छु मेरी प्रेमिकासँग
म कल्पनाको प्रेमी
यही कवितामा सीमित प्रेमी ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!