संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीवासमा आज अछामका गजलकार लक्ष्मण सङ्गमको एकल गजल साँझ हुने भएको छ । पाख्रीवास ४ नम्बर वडा कार्यालयको प्रायोजनमा पाख्रीवास कला साहित्य समाजले ‘पाख्रीवास गजल साँझ’ गर्न लागेको हो ।

Advertisement

पाख्रीवासस्थित संसारी सिमसार पर्यटकीय क्षेत्रमा साँझ ५ बजेपछि कार्यक्रम सुरुहुने पाख्रीवास कला साहित्य समाजका सचिव ध्रुव पौडेलले जानकारी दिए । साहित्यिक क्षेत्रको प्रवर्द्धनका लागि आयोजना गरिएको कार्यक्रममा गजलकार सङ्गमले गजल वाचन गर्नेछन् ।

निजामती सेवामा रहेका गजलकार सङ्गम लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । उत्कृष्ट गजलकारको रुपमा विभिन्न क्षेत्रबाट सम्मानित हुँदै आएका सङ्गमका विभिन्न गजल संग्रह पनि प्रकाशित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!